बाह्रबिसे न.पा–६ महिला सञ्जालको अध्यक्षमा मिरा
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ मा बिहिबार भएको भेलाले महिला सञ्जाल गठन गरेको छ ।
बाह्रबिसे नगरपालिका वडा नम्बर ६ गातीमा महिलासञ्जाल गठन भएको छ । बाह्रबिसे नगरपालिका ६ का वडा अध्यक्ष कुल बहादुर श्रेष्ठको अध्यक्षतामा बिहिबार भएको भेलाले महिला सञ्जाल गठन गरेको हो । बाह्रबिसे नगरपालिकाको आर्थिक सहयोग र लोकप्रिय समाचारको समन्वयमा १३ सदस्यीय महिला सञ्जाल गठन गरिएको हो । १३ सदस्यीय महिला सञ्जालको अध्यक्षमा मिरा सेवा, उपाध्यक्षमा पवित्रा लामा, सचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा सञ्चमायाँ योञ्जन रहनुभएका छ । त्यस्तै सदस्यतर्फ भने लक्ष्मी कार्की, ज्ञानमाया श्रेष्ठ, पुष्पा श्रेष्ठ, ओममाया श्रेष्ठ, सिता कुमारी श्रेष्ठ, शशिकला तामाङ, करिना तामाङ, भोजकुमारी श्रेष्ठ र प्रेम कुमारी श्रेष्ठ रहनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नगरपालिकाका उपप्रमुख मञ्जु तामाङ...
