क्षेत्री समाजको कार्यक्रममा भन्डारीले कतारबासीलाई नचाउँनु भयो
दर्शन सुनार ÷ कतार
क्षत्री समाज नेपाल,कतार शाखाले आयोजना गरेको बिजया दशमी,शुभ दिपावली साथै छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।समाजले “क्षत्री दिवसको अवसर पारेर महावीर पुनले स्थापना गरेको “राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगार्थ“ गर्ने हेतुले आयोजना गरेको “बृहत् सांस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकार लोक तथा दोहोरी गायिका सम्झना भन्डारीले कतारबासीलाई छमछमी नचाउनु भयो ।कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहनु भएकी अतिथि कलाकार भन्डारीले “न दशैको टीका न तिहारको माला परदेशमा हुनीलाई“ बोलको गित गाउदै जब स्टेज जानु भयो ,। हलको माहोल तात्यो दर्शकको हुटिङले मन जित्यो । सो अबशरमा गायिका भन्डारीले कतार सम्म आउन समाजले गरेको पहललाई मनै देखि कृतज्ञता व्यक्त गर्दै हलमा उपस्थित सम्पुर्णलाई बिजयादशमीको शुभकामना दिनु भयो । उँहाले तिम्रो मायाले मलाई ...
