सरकारविरुद्ध विपक्षी दलहरूको घेराबन्दी
आरपी गैरे
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको बर्तमान सरकारले सय दिन पुरा गरेको छ । सय दिनका अवधीमा सरकारले के कस्ता काम गरेर जनतालाई देखायो यो बिषयमा यतिबेला गम्भिर बहस र छलफलहरु चलिरहेका छन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत ३१ असारमा प्रधानमन्त्री बनेका थिए । एमाले र माओवादीको गठबन्धनको सरकार एकाएक भत्किएर नयाँ सरकार बनेको हो । नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिनु कुनै नौलो कुरा थिएन । नेपालको राजनीतिमा यस्तै भइरहेको छ । एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसले समर्थन गरेको थियो । अरु केही साना दलको समेत यो सरकारलाई समर्थन छ । कांग्रेस–एमालेबीच गत १७ असारमा ७ बुँदे सहमति बमोजिम यो सरकार बनेको हो ।
प्रतिनिधि सभाको पहिलो र दोस्रो दल मिलेर बिरलै सरकार बन्छन । नेपालको संसदीय प्रणालीमा यो अभ्यास कम मात्रमा भएको पाइन्छ । संसदीय अभ्यास, मान्यता र संवै...
