तीज गीत प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो
मौलिक संस्कृतिको जगेर्ना एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेलम्ची नगरपालिका वडा नम्बर ७ द्धारा आयोजित गायन प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो पहिलो भएको छ । उक्त प्रतियोगितामा सहभागी भएका ५ समूहबीच प्रतिस्पर्धा गराइएको थियो ।
नेपाली महिलाहरूको पर्व हरितालिका तीजको अवसरमा मेलम्ची नगरपालिका ७ वडा कार्यालय प्राङ्गणमा आईतबार भएको प्रतियोगितामा सुन्दरीदेवी आमा समूह पहिलो, बालसुधार माध्यमिक विद्यालय–दोश्रो, भारतिथोक आमा समूह तेस्रो तथा देविस्थान आमा समूहले सान्त्वना स्थान प्राप्त गरेको वडा सचिव मधुबिलास देवकोटाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार ,द्रोश्रोलाई ४ हजार ५ सय ,तेस्रो हुनेलाई ३ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । गायन प्रतियोगितामा गायक पदम दुलाल,गायिका सीता दुलाल र शिक्षिका रूक्मणी भट्टराईले निर...
