चौतारा साँगाचोकगढी नपाद्धारा स्वास्थ्यकर्मीलाई तालिम
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका स्वास्थ्य कर्मीहरुलाई ६ दिने आधारभुत तालिम दिएको छ । समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन सम्बन्धी स्वास्थकर्मीहरुका लागि गत जेठ ३ गते विहिबारदेखि तालिम दिइएको नगर स्वास्थ्य शाखा प्रमुख शिव पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ ३ गते नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा उपप्रमुख सिता थापा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने लगाएतको बिशेष उपस्थितीमा सुरु भएको तालिम ८ गते मगंलबार समापन हुने भएको छ ।
सहभागी स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिदै राष्ट्रिय प्रशिक्षक विर बहादुर बोहोराले ५ बर्ष मुनीका बालबालिकाहरुको मृत्युदर कम गर्न, स्वास्थ्य कर्मीहरुको ज्ञान र सिपलाई अध्यावधिक गर्न विरामी परेका बालवालिकाहरुलाई राष्ट्रिय निर्देशिका (परिमार्जित २०७८ं) बमोजिम उपचार र प्रेषण गर्नका लागि र पा...
