चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदानस्वरूप उपलब्ध गराउन प्रस्ताव गरेका सात वटा सवारी साधन स्वीकार गर्नेलगायत विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले त्यस्तो जानकारी दिनुभएको हो ।
बैठकले चितवन जिल्लामा निर्माणाधीन पुलको पहुँचमार्ग निर्माण गर्न करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र सैनिक गट्टाघर, भक्तपुरका लागि मध्यपुर ठिमी नगरपालिकामा करिब सात सय ६९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो । त्यस्तै, सेती राजमार्गअन्तर्गत डोटी जिल्लास्थित ठुलीगाड–सेती–बुढीगङ्गा दोभान सडकखण्ड निर्माणका लागि रा...
