सम्पर्क

Month: २०८० पुष २१ शनिबार

सहयोगी दाताहरूलाई सम्मान

ब्रेकिङ न्युज १, समाचार
श्री जयवागेश्वरी भगवती (पाल्चोकी माई) संरक्षण समिती हेलम्बु–३ पाल्चोकद्वारा आयोजित २०८०–०१–०१ देखि २०८०–९–२१ सम्म सहयोग गर्ने दाताहरूलाई सम्मान गरेको छ । शनिवार मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिरले स्थापना गरेको अक्षय कोष , मन्दिर संरक्षणका लागि नगद तथा जिन्सी सहयोग गर्नेलाई हेलम्बु गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिपक खडका , मन्दिर संरक्षण समितिका अध्यक्ष श्यामचन्द्र श्रेष्ठ लगायतले प्रमाणपत्र सहित सम्मान गर्नुभयो । सरसफाइ व्यवस्थापन तथा मन्दिर संरक्षणका लागि हेलम्बु –३ पाल्चोक हाल युएइ रहनु भएका दावा तामाङले ४ लाख १५ रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँ सहित विभिन्न व्यत्ती तथा संस्थाबाट हालसम्म ६ लाख ७३ हजार २४ रुपैयाँ संकलन भएको समितिका सचिव रामसिङ तामाङले जानकारी दिनुभयो ।सहयोग गर्न चाहनेले सदैव सहयोग गर्न सक्ने पनि उहाँले जानकारी दिनुभयो । त्यस्तै मन्दिर संरक्षणका लागि साखु पलुव...

सुर्यमुखि साना किसान सहकारीको बार्षिक साधारणसभा सम्पन्न

समाचार
सुर्यमुखि साना किसान कृषि सहकारीको १८ औं बार्षिक साधारणसभा आज भोटेचौरमा सम्पन्न भएको छ । शनिबार कार्यक्रमका प्रमुख अतिथि पुर्व अर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अब नोट पैसाहरु बन्द हुने बताउनुभयो । उहाँले सफ्टवेयर मार्फत सबैकुरा हुने भएकाले त्यहीँ अनुसार अपग्रेड हुनपर्ने बताउनुभयो । पाण्डेले अहिले कारोबार खुम्चिएको कारण राजस्व संकलन नभएको बताउनुभयो । उहाँले देशमै युवाहरुलाई राखेर आर्थिक गतिविधि संचालन गर्नपर्ने बताउनुभयो । नेपालको विकासको लागी अब छरिएको बस्तीलाई केन्द्रित गरि सबै सेवा सुविधा पुग्ने गरि त्यसैलाई शहर बनाउने गरि योजना बनाउन पर्ने बताउनुभयो । अचल सम्पत्तिमा लगानी गर्नभन्दा पनि चल्त्तीको ब्यापार ब्यबसाय गर्नका लागी सुझाउनुभयो । आफु अर्थमन्त्री हुँदा साना किसान कृषि सहकारीको क्षेत्रमा गरेका कामको जानकारी गराउँँदै आगामी दिनमा समेत सफलताको सुभकामना व्यक्त...

लुम्बिनी प्रदेश तेक्वान्दो संघको साधारणसभा सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
 कुमार बस्नेत (अधिराज) लुम्बिनी प्रदेश तेक्वान्दो संघको चौथो वार्षिक साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । तेक्वान्दो संघका प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङको प्रमुख आतिथ्यता एवं तेक्वान्दो   संघका केन्द्रिय सदस्यहरु श्रीमान थापा र हेमन्त डागीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले खेल क्षेत्रको विकास भएमात्रै समग्र देशको विकास हुने बताउनु भएको छ । तेक्वान्दो संघलाई स्थानीय तहसंग जोड्न सकेमा खेल क्षेत्रको विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । साधारण सभमा १२ जिल्लाका प्रतिनिधिहरुको सहभमगिता रहेको छ । त्यस अवसरमा तेक्वान्दो संघका केन्द्रिय सदस्य श्रीमान थापा र बाँके जिल्ला अध्यक्ष प्रकाश लामिछानेले खेल क्षेत्रमा खेलाडीलाई उत्साहित गराउन खेल कार्यक्रम गर्नु पर्ने बताउनु भएको छ । तेक्...

सिन्धुपाल्चोकका तीन स्थानीय तहद्धारा भुकम्पपिडीतलाई सहयोग ३५ लाख सहित १५ सय थान ब्ल्याङकेट हस्तान्तरण

ब्रेकिङ न्युज २, समाचार
  सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका सहित तीन स्थानीय तहले जाजारकोट भुकम्प पिडितलाई ३५ लाख रुपैयाँ सहित १५ सय थान ब्लाङकेट सहयोग हस्तान्तरण उपलब्ध गराएका छन् । सिन्धुपाल्चोक जिल्ला, बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेत, भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पा, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहरा सहितको समुहले पूर्व घोषित अनुसार सहयोग रकम र थप १५ सय थान तातो ब्ल्याङकेट हस्तान्तरण गरेको हो । जाडोको समयमा भुकम्प पिडितका लागि न्यानो कपडा सहयोग गर्न बाह्रबिसे नगरपालिकाका प्रमुख, भोटेकोशी गाउपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष समेत मिलेर जाजारकोट पुग्नुभएको थियो । नेपाली काँग्रेसका जिल्ला सचिव तथा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहाराले त्रिपुरासुन्दरीबाट १० लाख सहीत ३५ लाख र न्यानो कपडा जाजरकोट पुगेर पिडीतलाई थारै भने पनी सहयोग गरेक...

पालिका भवनका लागि निःशुल्क जग्गा उपलब्ध

समाचार
सुनकोशी सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाँउपालिका वडा नं. ५ सुनखानिले सुनखानि डाँडामा ४ जनाबाट २÷२ रोपनि गरि ८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । सुनकोशी – ५ सुनखानि निबासी बिरबल तामाङ, ईश्वर तामाङ, श्याम तामाङले सुनकोशी गाँउपालिकाको प्रशाशकीय भवन बनाउन जग्गा उपलब्ध गराएका हुन् । पालिका भवन सुनखानी बनाउन पर्ने माग सहित पटकपटक कुरा उठाउदै आएको र सुनकोशी ५ को वडा कार्यालयसँगै अति उपयुक्त भएको र आवश्यक परे सुनखानिको वडा भवनको जग्गा पनिसँगै एकै ठाँउमा जग्गा दातासँगै रहेको २ रोपनि १० आना भन्दा माथि पनि थप गर्न सकिने वडा अध्यक्ष जाल बहादुर लामाले बताउनु भयो । केही समय अगाडि पुर्व वडा अध्यक्ष कृष्ण बहादुर खड्काको संयोजनमा जग्गा व्यवस्थापन समिति नै गठन गरेर अभियान सुरू गरिएको सुनखानिमा पालिका ल्याउन सबै राजनितीक दलहरू एक रहेको सुनकोशी ५ का काँग्रेस ईकाई सभापति कुमार बस्नेतले बताउनु भयो । ...

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजद्धारा स्वास्थ्य उपकरण हस्तान्तरण

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको संयोजनमा जिल्ला भरिका २४ वटा वडाका स्वास्थ्य स्वयसेविकाहरुलाई १ सय ५० थान ब्लड प्रेसर नाप्ने उपकरण स्फिग्मोम्यानोमिटर वितरण गरिएको छ । “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ सिन्धुपाल्चोक समाज दक्षिण कोरिया, सिन्धुपाल्चोक सेवा समाज यूएई, सिन्धुपाल्चोक अन्तराष्ट्र्रिय सेवा समाज साउदी अरब, कुवेत, सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतार लगायत विभिन्न देशमा रहेका सिन्धुवासी प्रवासीहरुले संचालन गरेको अभियानद्धारा विभिन्न दाताले दिएको सहयेगबाट स्वास्थ्य सामाग्रीहरु खÞरीद गरि उपलब्ध गराइएको सिन्धुपाल्चोक अन्तर्राष्ट्रीय समाजका महासचिव उत्सव खड्काले जानकारी दिनुभयो । जिल्लाको बलेफि ५ मा रहेको बलेफि मा. वि. को ७५ औ अभिभावक दिवसको अबसर पारेर आयोजित कार्यक्रममा सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज...

पत्रकार नवराज बजगाईलाई डेरी एसोसिएसनको सम्मान

ब्रेकिङ न्युज २, समाचार
ललितपुर सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेको छ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १०औं वार्षिक सााधारणको अवसरमा बजगाईलाई सम्मान गरिएको हो । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको नेपाल डेरी एसोसियसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा उप–सभामुख चापागाई, नेपाल डेरी एसोसियसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र कुमार यादव, डेरी एसोसिएसनका पुर्व अध्यक्ष...

सरस्वती माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर बढाउनु पर्छ : उपाध्यक्ष लामिछाने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
 श्री सरस्वती माध्यमिक विद्यालय हेलम्बु -४ ग्याल्थुमको ६१ औं बार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले शिक्षा , स्वास्थ्यमा सुधारको प्रयास गरिरहेको बताउदै पालिका बासिको सुझाव अनुसार अघि बढ्ने बताउनुभयो ।उहाँले यस विद्यालयबाट आफ्नै छोरा पनि राम्रो लेख्न , पढन नसक्ने भएपछि नजिकैको निजि स्कुलमा पढाउन बाध्य भएको बताउनुभयो । उहाँले र पालिकाले आफुले सहयोग गर्छु भन्दा पनि विद्यालयमा शिक्षा सुधार हुन नसकेको बताउनुभयो । मेलम्ची भ्याली क्याम्पसका क्याम्पस प्रमुख राजनप्रसाद लामिछानेले विद्यालय सुधारका लागी अब सबैलाग्नु पर्ने बताउनुभयो । विद्यालयको शैक्षिक स्थिति झन झन खस्किदै गएको भन्दै लामिछानेले योजना सहित विद्यालय सुधारका लागी एकजुट हुन आग्रह गर्नुभयो । दैनिक १५० जना भन्दा धेरै विद्यार्थी यो विद्यालय हुँदै अन्यत्र गएको देख्दा देख्दै पनि व...

शिक्षा र स्वास्थ्य निशुल्क: गरिनु पर्छ : अध्यक्ष शेर्पा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
देवराज सुबेदी श्री सरस्वती माध्यमिक विद्यालय हेलम्बु -४ ग्याल्थुमको ६१ औं बार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले युवा , विद्यार्थी किन बिदेसिन थाले यसको गहन छलफल जरुरी रहेको बताउनुभयो ।उहाँले देशमा युवा नरहनुको कारण यो देशका नेताहरु दोषि रहेको आरोप लगाउनुभयो । उहाँले अब भासण मात्र गरेर नहुने भन्दै स्वदेशमै बस्ने वातावरण बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।उहाँले शिक्षा र स्वास्थ्य सरकारले निशुल्क गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले विद्यालय जोगाउन स्थानीय सरकारको प्रयासले मात्र नहुने भन्दै प्रदेश , केन्द्र सरकारले पनि चासो दिनु पर्ने बताउनुभयो । उहाँले एक दुई वटा ढुङ्गा उचालेर नाटक गरेर बचाउन नसकिने बताउदै सबै मिलेर यसलाई जोगाउन आग्रह गर्नुभयो ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले शिक्षा , स...

वित्त आयोग र गाउँपालिकाका जनप्रतिनिधिबीच अन्तरक्रिया

ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
देबराज सुबेदी सिन्धुपाल्चोक, १९ पुस : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी र हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीबीच अन्तरक्रिया सम्पन्न भएको छ । आयोग र गाउँपालिकाबीचको सम्बन्ध, दीर्घकालीन योजनालगायत विषयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा वित्त आयोगको काम, कर्तव्य र अधिकारका साथै छलफलका क्रममा उठेका जिज्ञासाको आयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य जुद्धबहादुर गुरुङले जानकारी गराउनुभएको थियो । कार्यक्रममा आयोगका अध्यक्ष पौडेलले हेलम्बु गाउँपालिकाले प्राकृतिक स्रोतको संरक्षण तथा प्रवर्द्धनका लागि दीर्घकालीन योजना अगाडि सारेको देखिएको भन्दै पालिकाका नेतृत्वको कार्यशैलीको प्रशंसा गर्नुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारी मिलेर मात्र काम गर्न सम्भव हुने भएकाले यो वातावरणलाई सधैँ कायम राख्न आग्रह गर्नुभयो । अध्यक्ष पौडेलले आयोग सधैँ संवाद र समन्वयमा रहने भन्दै आयोग सहयोगक...