सम्पर्क

Month: २०७९ चैत्र १६ बिहीबार

अनुगमन टोली बाह्रबिसेमा

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको जिल्लामा बजार अनुगमनलाई तीव्रता दिएको छ । बजार अनुगमन समितिको टोली बिहीबार बाह्रबिसे बजार पुगेको छ । बाह्रबिसे नगरपालिकाभर मेडिकल, हार्डवेयर, खाद्य स्टोर, किराना पसललगायतका २१ वटा व्यवसायको भने अनुमगन गरिएको थियो । जसमा दुईमा कानुनसम्मत नदेखिएपछि १० हजार रुपैयाँका दरले जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । काफ्लेका अनुसार अनुगमन गर्दा स्टिकर नभएको बेकरी सामग्री, चलकेट, बिस्कुट, जुस, आचार, चाउचाउ, विस्कुट, पेयपदार्थलगायतको सामग्री भेटिएको छ । जिल्ला प्रशासन, घरेलु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उपभोक्ता र जनप्रतिनिधिको १४ जनाको टोली ७÷७ जनामा बाँडिएर बजार अनुगमन सुरु भएलगत्तै अधिकांश हार्डवेयर, मेडिकल, खाद्यसहित अन्य व्यापारी पसलका सटर धमाधम बन्द गरेर भाग्न थालेको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी न...

बागमती प्रदेश ः एक लाखले एसइई परीक्षा दिँदै

ब्रेकिङ न्युज १, समाचार
बागमती प्रदेशमा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई परीक्षा) मा एक लाख एक हजार सात सय ३३ विद्यार्थीले परीक्षा दिँदैछन् । गत वर्षको तुलनामा यस वर्ष परीक्षा दिने विद्यार्थीको सङ्ख्या कम रहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार गत वर्ष एक लाख सात हजार छ सय २५ विद्यार्थी परीक्षामा सहभागी थिए । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालनमा रहेको परीक्षा आजदेखि सुरु हुने र परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको निर्देशनालयका सूचना अधिकारी शारदा मैनालीले जानकारी दिनुभयो । बागमती प्रदेशको १३ वटै जिल्लामा सो परीक्षाका लागि जनशक्ति परिचालन, परीक्षा केन्द्रको निर्धारण, प्रश्नपत्र र कापी पु¥याउनेलगायतका काम भइसकेको उहाँले बताउनुभयो । यही चैत २९ गतेसम्म हुने उक्त परीक्षाका लागि बागमती प्रदेशभरिमा चार सय ३४ परीक्षा केन्द्र कायम भएको बताइएको छ । यो वर्षको एसइई परीक्...

विश्व हिन्दू परिषद् नेपालको ११ औं स्थापना दिवस मनाइयो

समाचार
विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ । परिषदको ११ औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु आयोजना गरी मनाइएको छ । विश्व हिन्दू परिषद नेपालको स्थापना विक्रम सम्वत २०६८ सालमा श्रीराम नवमीको दिन भएको थियो । सोही दिन देखि विश्व हिन्दू परिषद्ले श्रीराम नवमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । परिषदले विगतका वर्ष झै यस वर्ष पनि काठमाण्डौ, विराटनगर, उदयपुर, वीरगंज, जनकपुर, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु, नेपालगंज लगायतका विभिन्न स्थानहरुमा शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन सत्संग लगायतका कार्यक्रमहरु योजना गरी स्थापना दिवस तथा श्रीराम जन्मोत्सव मनाएको छ ।...

वनजंगलमा डढेलो लाग्न नदिन सिन्धुपाल्चोकमा सचेतना अभियान

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
गर्मी यामसँगै वनजंगलमा आगलागी तथा डढेलो लाग्न नदिन डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले डढेलो रोकथाम एवं नियन्त्रण अभियान शुरु गरेको छ । बिशेष गरी हरेक बर्ष चैत, बैशाख जेष्ठ , असार बढी डडेला्े लाग्ने महीना हो । यी महीनाहरुमा अरु महनिा भन्दा बढी सुक्खा हुने, हावाहुरी लाग्ने , कृषकले खेतबारीमा जिलौटा पोल्ने भउकाले पनी आगोको बढी जोखिम हुने गरेको छ । खाश गरि कुनै न कुनै कारणले देखि वनजंगलमा डढेलो तथा आगलागीका घटना बढी हुने गर्दछन् । यसै बिषयमा ध्यान दिदै डिभीजन बन कार्यलय सिन्धुपाल्चोकले डढेलो नियन्त्रणका लागीविल्ला स्थित सबै सामुदायिक तथा साझेदारी सामुदायिक वनसँग समन्वय गर्दै अभियान सञ्चालन गरेर सक्रियता देखाएको छ । एउटा सानो आगोको झिल्कोले वनजंगलमा हुने आगलागी तथा डढेलोका कारण वनजंगल सखाप हुने गरेको छ । यस बारेमा जनमानसमा जानकारी गराउन वन कार्यालयको सक्रियतामा सामुदायिक वन उपभोक्ता समूहले प्र...

सुनखानीमा जन्मायो कृषि सहकारी

समाचार
रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी किसानलाई खेति लगाउने समयमा सधैं रासायनिक मलको अभाव हुने भएपछि सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ५, सुनखानीमा उद्यमशील साना किसान कृषि सहकारी संस्था स्थापना गरिएको छ । कृषि सामग्री संस्थान तथा साल्ट ट्रेडिङ कर्पोरेसनबाट रासायनिक मलको आपूर्ति गरि वितरण गर्नको लागि कृषि सहकारी अनिवार्य भएपछि सो संस्था स्थापना गरिएको हो । चैत १५ गते बुधबार सहकारी संस्थाको कार्यालय स्थापना गर्दै प्रमुख अतिथि गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष होमनारायण श्रेष्ठले सहकारीबाट काम गरेका गरिबी हटाउन सकिने बताउनुभयो । बैंक तथा लघुवित्त संस्थाबाट ऋण लिँदा तिरिएको सेवा शुल्क तथा ब्याज अरुले नै पाउने तर सहकारीमा ऋण लिँदा तिरिएको ब्याज तथा सेवा शुल्क पनि आफैंले फिर्ता पाउने उहाँले बताउनुभयो । सहकारीमा जम्मा भएको रकमबाट सहकारीकै सदस्यहरुको आयआर्जन वृद्धिमा प...

चौतारामा बजार अनुगमन

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजार बजारमा बजार अनुगमन गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिका, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल उपभोक्ता महासंघको संयुक्त टोलीले अनुगमन गरेको हो । चौतारा बजारक्षेत्रका ५२ वटा पसलमा गरिएको अनुगमनको क्रममा नियम विपरित व्यवसाय सञ्चालन गरेका ३ वटा पसललाई २५ हजार जरिवाना गरिएको छ । बजार अनुगमनको क्रममा ३ हजार रुपैंया बराबरको म्याद सकिएको समाग्री जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । जिल्ला अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले अनुगमनको पहिलो चरणमा मापदण्ड नपुगेका पसलहरु र म्याद सकिएका सामग्री बिक्रि वितरण गरिरहेका व्यवसायीहरुलाई सम्झाउने बुझाउने गरिएको बताउनु...

तामाङको गोठमा आगलागी

समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–७ घुम्थाङमाा आगलागी हुदा गोठ जलेर नष्ट भएको छ । घुम्थाङमा स्थानीय पुक्टु तामाङको गोठमा आगलागी हुदा गोठ पुर्ण रुपमा जलि नष्ट भएको हो । आगोलागिबाट तामाङको ६ वटा बाख्रा र बाछा १ वटा बाछा जलेर नष्ट भएको छ भने ३ वटा गाई डढेर सिकिस्त बिरामि गाई बाह्रबिसे नगरपालिका कृषि शाखा प्रमुख पिताम्बर घिमिरेको टोलिले निशुल्क पशु स्वास्थ्य उपचार गर्नुभएको छ । त्यस्तै आगोलागि पिडितलाई बाह्रबिसे नगरपालिकाले नयाँ गोठ बनाउन सहयोग गर्ने र आर्थिक राहत समेत नगरको तर्फबाट दिने बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो । विशेषगरी चैत र वैशाखमा यस्ता अप्रिय घटना हुनसक्ने भन्दै सम्पुर्ण किसानहरुले सजकता अपनाउन बस्नेतले गर्नुभयो । भविष्यमा कदाचित यस्ता घटना हुन गएमा आवश्यक सेवा दिन नगरपालिका तत्पर रहेको समेत बताउनुभयो ।...

दुर्घटनाको जाँचबुझका लागी राखिएको सवारी साधन फिर्ता नभएको भन्दै ज्ञापनपत्र

ब्रेकिङ न्युज २, समाचार
पुर्व अरनिको यातायात प्रा.लिले दुर्घटनामा परि पीडित पक्षलाई उपचार गरि सक्दा पनि दुर्घटनाको जाँचबुझका लागी राखिएको सवारी साधान सम्बन्धित प्रहरी कार्यलयबाट फिर्ता नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सिन्धुपाल्चोकको चौतारामा पुर्व अरनिको यातायात प्रा.लिका संचालक अध्यक्ष केदार क्षेत्रीले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ । कम्पनीमा आवद्ध वा ३ ख ७११ नम्बरको भाडा बससगँ भुसाफेदाबाट क्यु लिई काठमान्डौँ तर्फ आउँने क्रममा फागुन २९ गते अरनीको राजमार्ग सडक खण्डको सुकुटे नजीक वा ७० प ६४२५ नम्बरको मोटरसाईकलमा ठक्कर खाई मोटरसाइकल चालक शक्तिराम थापा दुर्घटनामा घाइते हुनु भएको थियो । दुर्घटना पश्चात वा ३ ख ७११ नम्बरको भाडा बस प्रहरी चौकी बलेफीले नियन्त्रणमा लिएको छ । गैर कानुनी रुपमा सवारी साधन नियन्त्रणमा प्रहरी चौकी बलेफीले राख्यो भन्दै फागुन २९ देखि आज...

सहकारीका प्रमुखहरुबिच अन्तरक्रिया

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाभित्र रहेका सहकारीका प्रमुखहरु बिचको भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्था संचालन तथा व्यबस्थापन, सहकारी संस्था एकिकरण प्रोत्साहन तथा प्रर्वद्धन र विद्यमान सहकारी ऐन, नियम, कानुन र मापदण्डको कार्यान्वयन र कोपोमिस सञ्चालन र प्रयोग सम्बन्धी सहकारी संस्थाका प्रमुखहरुको भेला तथा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नगर प्रमुख आइतमान तामाङले एउटै उद्धेश्य र प्रकृतिका सहकारी संस्थाहरुलाई एकिकरण गरि सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो । उहाँले सहकारी ऐन, नियम, कानुन र मापदण्ड पुर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभयो । नगर प्रमुख तामाङले एक वडा एक नमुना सहकारी संस्था छनोट गर्ने नगरपालिकाको निति तथा कार्यक्रम रहेको हुँदा सोहि अनुसार आफ्नो गतिविधि र क्रियाकलाप अगाडि बढाउन नि...

पत्रकार दोङको अन्त्येष्टि

ब्रेकिङ न्युज २, समाचार
क्रियाशील पत्रकार दीपेन्द्र दोङको आज स्वयम्भू भगवानपाउ नजिक तामाङ संस्कार र परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका समूह सम्पादक तथा रेडियो जनताका स्टेशन म्यानेजर ४४ वर्षीय दोङको शनिबार उपचारका क्रममा निधन भएको थियो । करिब दुई साताअघि उहाँलाई मस्तिष्कघात भएपछि उपचारका लागि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । दोङ नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) एशियाका महासचिव हुनुहुन्थ्यो । तामाङ भाषाका कतिपय चलचित्रका परिकल्पनाकार र लेखक उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।...