सम्पर्क

Month: २०७९ बैशाख २६ सोमबार

वर्षा सुरु हुनु अघि मेलम्चीको पानी रोकिने

#, ब्रेकिङ न्युज १, समाचार
वर्षा सुरु हुनुभन्दा पहिले मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ । दुई हप्ता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौँ ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो । हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ । गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । “सुरुङभित्रै बाढी नपरोस् भन्ने उद्देश्यले वर्षा सुरु हुनुअगावै बन्द गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकाबासी खुसी भएका छन् । कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरेपनि गत वर्षभन्दा वितरणसम्बन्धी गुनासो कम भएको जनाइएको छ । वर्षाक...

बैशाख ३० गते पानी पर्ने विभागको अनुमान

ब्रेकिङ न्युज २, समाचार
स्थानीय निर्वाचनको दिन ३० वैशाखमा वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले चुनावको दिन पानी पर्न सक्ने महाशाखाको अनुमान छ । मौसम पूर्वानुमान महाशाखाले वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गरेको छ । बुलेटिनका जनाईए अनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन÷ चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउने गरेको महाशाखाले आजनै ३१ गतेसम्...

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगीबारे स्पष्ट

ब्रेकिङ न्युज १, समाचार
स्थानीय निर्वाचन नजिकिदै जादाँ निर्वाचन आयोगले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भर्ई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत संकेत गर्ने गोप्य स्थानमा आपूmसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा मत संकेत गर्ने गोप्यस्थनमा प्रवेश गर्न अनुमति दिनुपर्ने प्रावधानबारे थप स्पष्ट पारेको छ । दृष्टिविहीन वा शारीरिक अशक्त भएको मतदाताको साथमा परिवारको सदस्यलाईसँगै जान अनुमति दिँदा एक्लै मतदान कक्षमा गई आफैँ मतदान गर्न असमर्थ व्यक्ति हो होइन एकीन गरी अनुमति दिनुपर्ने, दृष्टिविहीन मतदाता वा मतपत्रमा मत संकेत गर्न नसक्ने मतदाताको साथमा जाने व्यक्तिले मतदान अधिकृतको रोहवरमा सम्बन्धित मतदाताले भने बमोजिमको निर्वाचन चिह्नमा मत संकेत गर्नुपर्ने व्य...

एमाले माओबादी बिच झडप देषी माथी कार्बहीको माग

#
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार शुक्रबार निर्बचन प्रसार प्रचारका क्रममा झडप भएको जनाइएको छ । इन्द्रावती गाँउपालीका –१० झोलुङ्गे माझी बस्तीमा झडप भएको नेकपा माओवादी केन्द्र को इन्द्रावती गाउँपालिका कमिटीले निकालेको विज्ञप्तिमा जनाइएको छ ।बिज्ञेप्तीमा झडपमा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार विनोद आचार्यसहित केही घाइते भएका जनाइएको छ । नेकपा (माओवादी केन्द्र), इन्द्रावती गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्षका उम्मेदवार बिनोद आचार्य, अन्य सदस्यहरु र कार्यकताहरु माथि भौतिक आक्रमण भएको नेकपा (माओवादी केन्द्र), इन्द्रावती गाउँपालिका द्वारा जारि गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।झडप हुँदा माओवादि कर्याकर्ता राजु दङ्गालको टाउकोमा गहिरो चोट लागेको र उपचारको लागि काठमाडौ ...

चुनावी प्रचारप्रसारलाई अतिरञ्जना नगर्न काउन्सिलको अपिल

ब्रेकिङ न्युज २, समाचार
प्रेस काउन्सिल नेपालले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न र नगराउन आमसञ्चारसँग अपिल गरेको छ । काउन्सिलले कुनै दल वा उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना गर्र्दारगराउँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरीत हुन गई आमपाठक, स्रोता र दर्शकमा भ्रम पर्ने भएकाले यस्तो कार्य नगर्नरनगराउन अपिल गरेको हो । काउन्सिलले पत्रकार आचारसंहिता पालनामा थप संवेदनशील हुन सम्पूर्ण सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जालका प्रयोगकर्तामा अनुरोध छ ।‘आमसञ्चार माध्यममा कुनै राजनीतिक दल, उम्मेदवारको निर्वाचन प्रचारप्रसारका लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशनरप्रसारण गर्दारगराउँदा, सःशुल्क विज्ञापन प्रकाशनरप्रसारण गर्ने क्रममा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान नदिँदा, आमपाठक स्रोतामा भ्रम पर्न गएको छ’, काउन्सिलद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । स्थानीय तह निर्वाच...

विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न

मनोरन्जन, समाचार
मुना न्यौपाने काठमाडौँ, २५६६औँ बुद्ध जयन्ती समारोहको उपलक्ष्यमा विविध भाषाभाषी बौद्ध कवि गोष्ठी सम्पन्न भएको छ । विश्व शान्ति विहार बौद्ध कवि गोष्ठी उप–समितिको आयोजनामा सम्पन्न कार्यक्रम विश्व शान्ति विहार भिक्षु बोधीज्ञान महास्थरविरको सभापतित्व तथा पूर्व मन्त्री एवम् वरिष्ठ साहित्यिकार दिनबन्धु अर्यालको प्रमुख आतिथ्यतामा बानेश्वर शान्तिनगरस्थित बिहार परिसरमा गत शुक्रबार सम्पन्न भएको हो । प्रमुख अतिथि दिनबन्धु अर्यालले यस्ता किसिमका कार्यक्रम आयोजना बुद्ध धर्म र दर्शनका बारेमा अझ बढी जान्न र बुद्ध थप टेवा पुग्ने विश्वास गर्दै आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले बुद्ध दर्शन र ज्ञान अध्ययन गरी कहिल्यै नसकिने बताउँदै भगवान् बुद्धले दिनुभएको सन्देशबाट जीवन परिवर्तन गर्दै लैजान सबैलाई अनुरोध गर्नुभयो । बौद्ध धर्म तथा संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ विगत ५–६ दशकअघिबाटै यो कार्यक्रमको ...

बैशाख ३० गते सार्वजनिक सबारी साधन नचल्ने , अत्यावश्यकलाई पास लिनुपर्ने

समाचार
चुनावको मुख्य दिन आउँदो ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् । प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ लागू गरेको छ । उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले मतदानको दिन गाडी चलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ । उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा गाडी नम्बर, प्रयोगकर्ताको नामसहित पासका लागि २८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ । हवाई उडानको यात्रामा पासपोर्ट, भिसा र टिकटका आधारमा विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवागमनको सहजीकरण काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले मिलाउने उल्लेख छ । मतदानको दिन अशक्त व्यक्तिको लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनु...

एनसिसि बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

समाचार
लक्ष्मण बिष्ट नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमको आयोजना गरी बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । चौतारा सागाँचोकगढी नगरपालिका ७ सानोसिरुवारी स्थित सिद्धिगणेश माध्यामिक बिद्यालयमा स्थानियहरुसँग बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रशिक्षक एवं नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले पहिलो चरणमा बचतको ऋण लिने कारणहरु,बजेट ,बिमाको महत्व बैंक तथा कार्यक्रमका बिषयमा प्रस्ट पार्दै बैंकका सेवाहरुका बारेमा जानकारी दिनुभयो । दोश्रो सत्रमा सोही बैंकका मार्केटिङ अफिसर बिबेक राजकणिकारले बैंकको इतिहास बताउदै बित्तीय साक्षरता तर्फ अग्रसर बन्नु पर्ने कुरामा जोड दिदै बैंकका दिरहेको सेवासुबिधा सम्बन्धी जानकारी गराउनुभयो । अहिले बैंकले पाँच लाख सम्मको दुर्घटना बिमा,दुइ लाख सम्मको घातक रोग बिम...

‘के हामी भोट बैंक मात्रै हौँ ?’

ब्रेकिङ न्युज २, समाचार
पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ का ५२ वर्षीय माईला तामाङलाई भेट्न आजकाल दिनहुँ कुनै न कुनै दलका नेता आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपाङ्गता हुनुभएका उहाँलाई यसअघिका चुनावमा पनि विभिन्न पार्टीका उम्मेदवारले धेरैथरीका आश्वासन दिएका थिए । “चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भनेका थिए”, उहाँले दुःखेसो पोख्नुभयो, “तर जितेर गएपछि एउटा वैशाखी पनि दिएनन् । निर्वाचनका बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरेपनि जितेर गएपछि गाउँ फर्केर नआएको तामाङले बताउनुभयो । “हामी त भोट बैंक मात्रै भयौँ, मत माग्नका लागि चुनावैपिच्छे झुटो आश्वासन दिन्छन्, जितेपछि गाउँलाई फर्केर पनि हेर्दैनन्”, उहाँले भन्नुभयो । यसपटक ऋण तिर्ने गरी आयआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उहाँको भनाइ छ । वर्षौँदेखि दलहरूले सपना मात्रै बाँडिरहेको तामाङ बताउनुहुन्छ । “गाउँमा मजदुरी न...

माओवादी कार्यकर्ताबाट काँग्रेस कार्यकर्तामाथि कुटपिट

ब्रेकिङ न्युज १, राजनिती, समाचार
चुनावको मौन अवधि सुरुसँगै राजनीतिक पार्टीबीच झडप सुरु भएको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिका–५ बिज्याल आपँबोटेमा नेकपा (माओवादी केन्द्र) कार्यकर्ताले भोट माग्न नपाउने भन्दै काँग्रेसका कार्यकर्तालाई निर्घात कुटपिट भएको छ । निर्वाचनको दौडानमा बिहीबार घरदैलो कार्यक्रम सकेर आराम गरी बसेका काँग्रेस कार्यकर्तालाई माओवादी कार्यकर्ताले सल्लाह गर्नु छ भन्दै बोलाएर कुटपिट गरेको घाइते कुमार तामाङले बताउनुभयो । बलेफी गाउँपालिका–५ माओवादी वडाअध्यक्ष रामबहादुर तामाङ र रमेश तामाङको नेतृत्वका २० जना समूहले सल्लाह गर्नु छ भनेर बोलाई काँग्रेसलाई भोट नमाग्न दबाब दिंदै कुटपिट गरेको कुमारले आरोप छ । बियरको बोतल, ढुङ्गा, लाठी प्रयोग गरी कुटपिट गरेको अर्का घाइते खड्गबहादुर तामाङले बताउनुुभयो । काँग्रेस कार्यकर्ता बयानबहादुर तामाङ, सुवास तामाङ कुटपिटबाट घाइते भएका छन् । कुटपिटबाट घाइतेको नजिकैको अस्पताल उपचार सु...