सम्पर्क

Month: २०७८ फाल्गुन २२ आईतवार

खेलकुदमा गरेको लगानी अपुग– पुर्व मन्त्री बस्नेत

खेलकुद, ब्रेकिङ न्युज १
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले खेलकुद बिकासका लागि तीनै तहका सरकारको खेलकुदमा गरेको लगानी अपुग भएको बताउनुभएको छ । शनिबार रुपन्देहीमा भएको कन्चन गोल्ड कप–२०७८ को फाइनल खेललाई सम्बोधन गर्दे बस्नेतले खेलकुदमा तीनै तहका सरकारले उचित ध्यान दिन आग्रह गर्नुभएको छ । राज्यले समग्र खेल क्षेत्रमा प्रर्याप्त बजेट बिनियोजन गरी खेलकुदमा ब्यबसायीकरण गर्नु पर्ने पूर्व मन्त्री बस्नेतले जानकारी दिनुभयो । खेलकुदका लागि खेल मैदानका साथै पूर्वाधार निमार्णमा केन्द्रीय, प्रदेश र स्थानीय सरकार प्राथमिकताका साथ लाग्न पनि उहाँले आग्रह गर्नुभयो । खेलकुदले नै मुलुकलाई बिश्वमा चिनाउने हुदाँ सरकार यसतर्फ जिम्मेवार भएर लाग्नु पर्नेमा बस्नेतको जोड छ । नेपाली काँग्रेस खेलकुद बिभाग प्रमुख समेत रहेका बस्नेतले आफूले सिन्धुपाल्चोक र अन्य जिल्लामा सबै खेल क्षेत्रका लागि प...

चुनावको मुखमा योजना बोकेर गाउँ छिरे प्रदेश सांसद

ब्रेकिङ न्युज २, समाचार
गाउँ–शहरमा स्थानीय तह निर्वाचनको माहोल सुरु भयो । सरकारले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेपछि दल दर्ता सकिएको छ भने मतदाता नामावलीमा भएका त्रुटी सच्याउने अवधि चलिरहेको छ । राजनीतिक दलहरुले पनि चुनाव लक्षित संगठनात्मक कार्यक्रम चलाउन थालेका छन् । यही बेला प्रदेश सांसदहरु भने ‘निर्वाचन क्षेत्र विकास’ को बजेट बोकेर गाउँ–नगरमा पसेका छन् । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको बजेट निकासा दिने निर्णय गरेको छ । ‘सांसद विकास कोष’को नाम बदलेर ‘प्रदेश पूर्वाधार विकास कार्यक्रम’ बनाएपछि सांसदहरुका लागि बजेट दिन लागिएको हो । बाग्मतीले वर्षमा २ अर्ब ४२ करोड रुपैयाँ यो कार्यक्रमका नाममा खर्चन्छ । प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ दिइन्छ । संसदहरुले बजेटको ५० प्रतिशत भौतिक पूर्वाधार, ३० प्रतिशत शिक्षा र २० प्रतिशत स्वा...

नागरिकले घरदैलोको सरकारको आभाष गरेका छन् – वंशलाल तामाङ

ब्रेकिङ न्युज २, समाचार
सन्तोष सिग्देल मुलुकमा संघियता सुरू भएयता पहिलो पटक निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल सकिनै लागेको छ । यस अन्तरालमा केही स्थानिय तहका जनप्रतिनिधिको कार्यकाल गालि खांदैमा बित्यो भने केही जनप्रतिनिधिको कार्यकाल वाहवाहिमा सकिनै लाग्यो । संघियता पछि नागरिकले घरदैलोको सरकारको आभाष पाएका छन् । कतिपय स्थानिय तहहरूले उदाहरणीय काम गरेका छन् । नागरिकको आवश्यकता केही हदसम्म पूरा भईसकेका छन् । त्यस्तै मध्येको एउटा उदाहरण हो, सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका । इन्द्रावति गाउँपालिकाले आम नागरिकको जनभावना अनुसार योजना तथा परियोजना संचालन गरेको गांउपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो । गाउँपालिकाको कार्यपालिकामा अल्पमत भएपनि हालसम्म कुनै पनि विषयमा अवरोध सृजना हुने वातावरण नआएको अध्यक्ष तामाङको अनुभव छ । पालिकाले आम नागरिकको मागअनुसार योजनाबद्व तरिकाले बिकास निर्माणको काम गरेको अ...

भूसेवासम्बन्धी काममा स्थानीय तहको अनिच्छा

ब्रेकिङ न्युज १, समाचार
सरकारले जग्गा प्रशासन तथा भूसेवासम्बन्धी कार्य गर्न स्थानीय तहलाई अनुमति प्रदान गरे पनि स्थानीय तहले सेवा सञ्चालनमा अनिच्छा देखाएका छन् । सिन्धुपाल्चाकेकमा १२ स्थानिय तहमध्ये तिन स्थानिय तहले मात्रै भूसेवासम्बन्धी कार्य गर्न अनुमति लिएको जिल्ला मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत चण्डीप्रसाद कोईरालाले जानकारी दिनुभयो । कोईरालाका अनुसार भूसेवासम्बन्धी कार्य गर्न अनुमति लिने स्थानिय तहहरुमा पाँचपोखरी थाङपाल गाउँपालिका, ईन्द्रावती गाउँपालिका र जुगल गाउँपालिका रहेका छन् । अन्य स्थानिय तहले भने यसमा चासो देखाएका छैनन् । जिल्ला मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कोईरालाका अनुसार पालिकामै जग्गा प्रशासन र भूसेवा सञ्चालन गर्दा हालको भन्दा धेरै राजस्व सँकलन गर्न सक्ने व्यवस्था भएको भए सेवा सञ्चालनका लागि आकर्षित हुने थिए । स्थानीय तहमा जग्गा प्रशासन तथा भूसेवा सञ्चालन गर्न जनशक्ति अभाव छ । व...

मेलम्ची खानेपानिको उपत्यकामा पाँच सय ‘फायर हाइड्रेन्ट’

ब्रेकिङ न्युज २, समाचार
राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई ‘फायर हाइड्रेन्ट’ भनिन्छ । मेलम्ची आयोजनाले पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रमा अहिलेसम्म २५० स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान गरिसकेको छ । बाँकी क्षेत्रमा सो प्रविधि जडान गर्ने स्थानसमेत पहिचान भई काम अगाडि बढाइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । सहरी क्षेत्रमा आगलागी जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमै प्रभावकारी मानिन्छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले राजधानीमा पानी वितरण तयारीसँगै ‘फायर हाइड्रेन्ट’ जडानसमेत सुरु गरिएको जानकारी दिनुभयो । घना बस्ती र आवादीका कारण आगलागी जोखिम बढ्दै गएको राजधानीमा मेलम...

भोताङले चुम्यो पाँचपोखरी टि – २० क्रीकेटको उपाधी

खेलकुद, ब्रेकिङ न्युज १, समाचार
पाँचपोखरी टी–२० जिल्लास्तरीय प्रतियोगिताको उपाधी पाँचपोखरी भोताङ क्रीकेट क्लबले हात पारेको छ । शनिबार भएको फाइनलमा पाँचपोखरी क्रीकेट टोलिलाइ ६८ रनले पराजित गर्दै भोताङले उपाधी संगै नगद ७५ हजार सिल्ड मेडल प्राप्त गरेको छ । दोश्रो भएको पाँचपोखरी क्रीकेट क्लवले ४० हजार पाएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।गाउँपालिकाले २०७४ सालदेखि निरन्तररुपमा ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण सम्पन्न गरेको थियो । विश्वमै देखिएको कोरोना महामारीका कारण चौथो संस्करण स्थगित भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न उक्त गाउँपालिकाका आठवटै वडामा क्रिकेट खेलकुद सामग्री वितरण गरिएको थियो । प्रतियोगितालाई ...

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेपाली कांग्रेसबाट स्थानीय निर्वाचन २०७४ मा बाह्रबिसे नगरपालिका २ को वडाअध्यक्षमा निर्वाचित बमबहादुर तामाङ नेकपा एमाले मा प्रवेश गर्नुभएकाे छ । एमाले विभाजनपछि समाजवादीमा गएका जनप्रतिनिधि बाहेक सिन्धुपाल्चोकमा निर्वाचित जनप्रतिनिधि नै अर्को पार्टी मा प्रवेश गरेको यो पहिलो घटना हो । एमाले बाह्रबिसे नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल लगायत एमाले नेताहरुले वडा अध्यक्ष तामाङ सहित कांग्रेस कार्यकर्ताहरुलाई एमाले प्रवेश गराएका थिए ।सत्तरी उपनामले समेत बाह्रबिसे क्षेत्रमा चर्चित काग्रेस स्थानीय नेता समेत रहेका वडा अध्यक्ष तामाङ २०४० सालदेखि काग्रेस मा कृयाशिल रहजुभएकाे थियाे । माओवादी द्वन्द्वकालमा कांग्रेस भएको कारण तामाङलाई माओवादी ले गोलि प्रहार समेत गरेर घाइते बनाएको थियो । पार्टी प्रवेश गर्दै वडा अध्यक्ष त...

संसारभरिका तानाशाहलाई खुल्लापत्र

साहित्य
विमला तुम्खेवा यो सहरको जुनसुकै गल्ली, चोक चौरास्ता र होटलहरुमा भेट्न सक्नेछौ मलाई म यौनकर्मी आइमाई मरेको आमाको दूध चुसिरहेका कलिला बच्चाहरु बमले ध्वस्त बनाएको सहरको सुनसान बाटोमा नानीहरुको लास बोकेर पागलझैं बेहोसीमा दोडिरहेका बाउहरु तिम्रो डरको पराकाष्ठा हो । म शरीर बेचेर भए पनि इमानको भात खान्छु इमानको कपडा लगाउँछु इमानको जिन्दगी बाँच्छु र, दिल खोलेर हाँस्न सक्छु तिमीहरु बम बेचेर मान्छेको मासु खान्छौ मानव अधिकारको खोल ओढेर खुनको खेल खेल्छौ निमुखाहरुको आँसुको मदिरा पिउँछौ फरक यही छ हामीबीचमा । यो ओठलाई जतिपटक नेता, ठेकेदार, सन्यासी र समाजसेवीहरुले चुमेर गए त्यतिपटक घृणा गरें मैले तिमीहरुलाई म, तिमीहरु जस्तो निर्लज्ज छैन तिमीहरु जस्तो बेइमान पनि छैन आफ्नै शरीर बेचेर भए पनि इमानको भात खान्छु र, एकबारको जीवन मुस्कुराएर बाँच्छु मलाई लाग्छ मुस्कुराएर बाँच्न...

पाँचपोखरी टि ट्वान्टी जिल्ला स्तरिय प्रतियोगिताको फाइनल आज

खेलकुद, ब्रेकिङ न्युज १
मुलपानी मैदानमा जारी पाँचपोखरी टि२० जिल्ला स्तरियप्रतियोगिता फाइनलमा पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी भोताङ क्रिकेट टिम खेल्नेभएका छन । पाँचपोखरीले पहिलो सेमिफाइनल खेलमा चौतारासाँगाचोकगढी नगरपालिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । अर्कोसेमिफाइनलमा पाँचपोखरी भोताङ क्रिकेट टिमले सानु सिरुवारीलाई ७० रनलेहराउँदै फाइनलमा स्थान बनाएको छ । प्रतियोगितामा ७ टिम सहभागि थिए । फाईनल खेलआज हुने छ ।  पाँचपोखरी थाङ्पाल गाउँपालिका र सिन्धुपाल्चोकजिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यले खेलकुदको आयोजनागरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । गाउँपालिकाले २०७४ सालदेखि निरन्तर रुपमा ‘जितबहादुरखड्का स्मृति पाँचपोखरी सुपर जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको ३ वटा संस्करणसफलतापूर्वक सम्पन्न गरिसकेको छ ।विश्वमै देखिएको कोरोना महामारीका कारण चौथोसंस्क...

प्रवेशको म्यूजिक भिडियो ‘अचार तिलैको‘ सार्वजनिक

मनोरन्जन
गायिका बानिका प्रधान र गायक प्रवेश खतिवडाको युगल गीतमा बनाइएको म्यूजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्म यूट्युबको ‘थगलाइफ नेपाल’ च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । ‘अचार तिलैको’ बोलको गीतमा निर्मित भिडियो काभ्रे स्थित तीन पिप्लेमा छायाँकन गरिएको हो । म्यूजिक भिडियोमा सुमन बजगाईं र अञ्जना दुवाडीको साथमा सीताराम दाहालको समेत अभिनय रहेको छ । शर्मा जी प्यूठानको निर्देशन रहेको म्यूजिक भिडियोको गीतमा शब्द तथा संगीत भुवन सापकोटा र संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । सो म्यूजिक भिडियोको छाँयाकन तथा सम्पादन गौरव भण्डारीले गर्नुभएको हो । गायिका प्रधानले यसअघि ५० भन्दाबढि गीतमा आवाज दिइ सकेकी छन् भने गायक खतिवडाको यो पहिलो गीत हो । सार्वजनिक भएको अचार तिलैकोबाट खतिवडा बढि आशावादी हुनुहुन्छ । https://www.youtube.com/watch?v=RN26bNNn-P8&authuser=0...