जितेन्द्र रसिकको ‘हनुमानको करामत’ बालकथा सार्वजनिक
बालसाहित्य क्षेत्रमा कलम चलाउदैं आउनुभएका सर्जक जितेन्द्र रसिकको नयाँ कृति ‘हनुमानको करामत’ बजारमा आएको छ ।
बालचित्र कथा कृति इर्टनल प्रकाशन प्रालिले बजारमा ल्याएको हो । उक्त चित्रकथामा बालमनोविज्ञानमा आधारीत रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । चित्रकथामा बालबालिकाले सजिल बुझिने गरि सरल भाषा र चित्रकोे प्रयोग गरिएको छ । ऐतिहासिक विषयलाई जति पढ्यो त्यति नै पढुँ पढुँ लाग्ने गरि कथा प्रस्तुत गरिएको छ ।
कथामा अयोध्याका राजा राम उपत्यका चहार्ने क्रममा समस्यामा पर्दा आफ्ना परमभक्त हनुमानले देखाएको करामतको पर्दाफास गरिएको छ । राम र हनुमानको उपत्यका यात्राका विषयलाई मिथकमा आधारित भएर कथालाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।
कथा कृति पढेपछि बालबालिकाले भरपुर मनोरञ्जनका साथै राम र हनुमानका ऐतिहासिक विषयबारे पनि जानकारी लिन सकिने कथाकार रसिकको भनाई छ । कथामा राम र हनुमान भ्रमणका क्रममा भ...
