राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं २ को नियमित मासिक बैठकमा खल्तीबाट टिकट पाउने प्रचलनको अन्त्य गर्ने सहमती भएको छ । क्षेत्रिय अध्यक्ष कुमारी तामाङको अध्यक्षतामा क्षेत्रिय पार्टी कार्यालय मेलम्चीमा भएको बैठकमा क्षेत्रीय कमिटी पदाधिकारी तथा सदस्यहरु प्रदेश सभा क र ख अध्यक्ष निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेको पाँच वटा स्थानीय तह मध्य ३ पालीका प्रमुखहरुको उपस्थिति रहेको थियो । बैठकले आसन्न स्थानीय चुनाव केन्द्रित कार्यक्रम आक्रमक रुपमा अगाडि बढाउनेबारे पनि छलफल गरेको क्षेत्रिय कमिटी सचिव देवराज गुरुङले जानकारि दिनुभयो । राप्रपा क्षेत्र नं २ अन्र्तत पर्ने पाँच वटा स्थानीय निकायको निर्वाचन लक्षित अभियान सुरु गर्ने, यही फाल्गुन २० गते भित्र सबै ४९ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरु गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष मेयर तथा उप मेयरको उम्मेरद्धारी नामावली उपलब्ध गराउन पाँच वटै स्थानीय तहलाई निर्देशन दिनुका साथै फाल्गुन महिना भित्र सबै तहको उम्मेदवार घोषणा गर्ने निर्णय पनि भएको सचिव गुरुङले जानकारि दिनुभयो । त्यस्तै बैठकले प्रत्यक्ष वडा भेला गराएर भेलाले छनोट गरी निर्णय गरेको उम्मेदवारले मात्र टिकेट पाउने र खल्ती बाट टिकट पाउँने प्रचलनको अन्त्य गर्ने निर्णय गरेका छन् । साथै घर फर्क अभियान सुरु गर्ने निर्णय गरी पुनः पार्टीमा आबद्ध भए उचित स्थान सहित जिम्मेवारी प्रदान गर्ने निर्णय गरीएको छ । निर्वाचन क्षेत्र अन्तर्गतका सबै निकायको निर्वाचनको परिणाम जित्ने गरी सबै नेता कार्यकर्ता भूगोलमा खटिन आग्रह गर्दै बैठक सम्पन्न भएको पनि गुरुङले जानकारि दिनुभयो ।
