सम्पर्क

Month: २०७८ माघ १८ मंगलवार

मेलम्चीमा मृत अवस्थामा चितुवा फेला

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिका वडा नं. ११ दुलालटोल स्थित खोल्सामा चितुवा मृत्त अवस्थामा फेला परेको छ । मृत अवस्थामा फेला परेकोले चितुवालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरि सव–डिभिजन वन कार्यालय मेलम्चीलाई हस्तान्तरण गरिएको सुचना अधिकारी प्रनाउ दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । चितुवाको मृत्यु कसरी भएको भन्ने अहिले नखुलेको प्रनाउ वस्नेतले जानकारी दिनुभयो ।...

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन सुरु

ब्रेकिङ न्युज २, समाचार
रासस मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो । वर्षामा बाढी र पहिराका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौं उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत शुक्रबारदेखि कम्पनीले दुई चरणमा काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । केही दिनमा नै तीन सिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी तीन ठाउँमा काम गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनतीनवटा डोजर राखेर काम भइरहेको जानकारी आएको छ ।” संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने सूचना अधिकारी पन्तले बताउनुभयो । त्यो खोल्नासाथ सुरुङको ‘डिवाटरिङ’ गर्न सकिन्छ । सुरुङ खाल...

चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको भनाई

बिदेश, ब्रेकिङ न्युज १
तिब्बत स्वशासित क्षेत्रका नवनियुक्त अध्यक्ष यान चिनहाईले तिब्बतले विभिन्न कठिनाइका बाबजुद नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिइरहेको बताउनुभएको छ । दुई वर्षदेखि तिब्बती नाकामा अवरोध भइरहेको गुनासो आइरहेका बेला चिनहाईको यस्तो धारणा आएको हो । तिब्बतको अध्यक्ष पदमा नियुक्त भएपछि त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासका पदाधिकारीसँगको भेटमा उहाँले नेपालसँग राम्रो सम्बन्ध बनाउने विषय उठाउनुभएको थियो  । दक्षिण एसिया छिर्ने चीनको गेटवे भएकाले नेपालसँगको सम्बन्धमा चीनले सधैं नै उच्च प्राथमिकता दिँदै आएको बताउने गरेको छ । कोभिडबाहेक अन्य कुनै कारणले पनि नेपाल–चीन नाकामा आयातनिर्यातको काम प्रभावित नभएको नेपाली महावाणिज्यदूत नवराज ढकालले बताउनुभयो । ‘उचाइमा रहेको तिब्बतमा अक्सिजनको आपूर्ति एकदम कम हुन्छ । कोभिड छिरेमा स्वास्थ्य प्रणाली डामाडोल हुने भएकाले यस विषयमा चीन चिन्तित छ । त्यसैले नाकामा कडाइ...

चोरी डाँका अभियोगमा पक्राउ परेका ४ अभियुक्त पुर्पक्षका लागि थुनामा

ब्रेकिङ न्युज २, समाचार
गत पौष १२ गते नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा अध्यक्ष जीवन श्रेष्ठको चौतारा पूरानो बजारस्थित घर फोडी चोरीडकैती गरेको अभियोगमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत सिन्धुपाल्चोकले आदेश जारी गरेको छ । अभियुक्तहरुले दिउँसोको समयमा नै नगद एक लाख र सुन चाँदीको गरगहना गरि झण्डै १३ लाख बढी चोरीडकैती गरेका थिए । थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले डाँका चोरीको आरोपमा पक्राउ परेकी सुनकोशी गाउपालिका वडा न ६ कि २० बर्षिया कन्चन पराजुली, इन्द्रावती ९ का अनिल तामाङ, बुद्ध तामाङ, र इन्द्रावती १० का मनिष सुन्दासलाई पुर्पक्षका लागि थुनामा राख्न आदेस दिएको हो । चोरीडाँका गरि अभियुक्तहरुले ल्याएको सुनको स्वरुप परिबर्तन गर्ने मेलम्ची र बाहुनेपाटीका सुनचाँदी ब्यबसायी राजेश नगरकोटी र बिजेश श्रेष्ठलाई धरौटीमा रिहा गरिएको छ । घटना लगत्तै अनुसन्ध...

काँग्रेस जिल्ला सभापति लामाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

ब्रेकिङ न्युज २, स्वास्थ्य
नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले ईन्द्रावती गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासुँघका महासचिव वँशलाल तामाङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । विश्वब्यापी महामारीको रुपमा चलिरहेको कोरमोना भाईरसको तेस्रो लहर ओम्रिकोन रोकथाम तथा नियन्त्रणको लागी आबश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जिल्ला सभापति लामाले जानकारी दिनुभयो । हस्तान्तरित स्वास्थ्य सामग्री ग्रहण गर्दै तामाङले महत्वपूर्ण समयमा महत्वपूर्ण स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।...

मरणमा

साहित्य
घनश्याम नेपाल बाबा म संम्झि तिथि श्राद्ध छु गर्न खूशी बैकुण्ड बास रहि देह हवोस मुर्ति । त्रायोदशी तिथि र कृष्ण परेछ पक्ष मेरा यि पितृहरुको सव होस मोक्ष । छोरो भएर सब कर्म छ गर्नु मैले मेरै छ भाइ संगंमा भई भक्ति ऐले । पानी समाइ भिमसेन छ पाति दिन्छृ पारी छ जात फुलको अनि पिण्ड दिन्छु । चोखो गरेर भइ तित्य छ कर्म गर्नु बोकेर भारि ऋणको अति नै छ तिर्नु । सन्तान एक हुन छाेिर नदेख्नु टाढा उद्धारका पथ दुबै सुनका ति कांटा भक्त्तालु भै सब छ कर्म गरोस जस्ले त्यै हुन्छ उच्च स्तरको गुण कर्म छोए ।    ...

लागुऔषध नियन्त्रणमा प्रहरीको सक्रियता

ब्रेकिङ न्युज १, समाचार
लागु औषध नियन्त्रणमा प्रहरीको सक्रियता पछिल्लो समय बढ्दै गइरहेको छ । ‘विगतको भन्दा प्रहरीको सक्रियता बढ्दो छ ।’ केही प्रकरणमा अनुसन्धान गर्न चुकेको आरोप खेप्न बाध्य नेपाल प्रहरीको साख पछिल्लो समय वढ्दै गएको छ । २० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित औषध सहित ५ जनालाई विभिन्न मिति र ठाउँबाट लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिफल बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका–१ ठेगाना भएको २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पा, काठमाडौं गोकर्णेश्वर बस्ने बझाङ चैनपुर नगरपालिका–८ ठेगाना भएको २९ वर्षीय उमेश कुमार केसी, काठमाडौं चाबहिलस्थित कल्याणकारी मेडिकल हलका संचालक संखुवासभा पाँचखपन गाउँपालिका–७ ठेगाना भएका ३० वर्षीय पेम्वा शेर्पा, नुवाकोट म्यगङ गाउँपालिका–५ ठेगाना भएको ३४ वर्षीय राजाराम दवाडी र काठमाडौं टोखा बस्ने लमजुङ मध्यनेपाल नगरपाल...