सम्पर्क

जिबनशैली

आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
देबराजसुबेदी महिला आत्मनिर्भरता केन्द्र (मांक) मेलम्चीद्वारा सञ्चालित आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ भएको छ । स्थानीय तहहरूसँग समन्वय गर्दै स्थानीय तहकै सहयोगमा गृह सञ्चालन गर्नुपर्ने भए पनि सम्बन्धित निकायले त्यति महत्व नदिँदा समस्या भएको संस्थाले जनाएको छ । संस्थाले सञ्चालन गरेको आपत्कालीन पुनःस्थापना गृह सञ्चालनमा कठिनाइ रहेको कार्यक्रम व्यस्थापक कृष्ण गुरुङले बताउनुभयो । विसं २०४७ मा महिलाहरूको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिला हिंसा, अन्यायवरुद्ध लड्ने र मानवअधिकारको प्रत्याभूतिका साथै राज्यको निर्णायक तहमा महिलाको पहुँच पु¥याउने उद्देश्यले संस्था स्थापना गरिएको संस्थाकी पूर्वअध्यक्ष भगवती नेपालले जानकारी दिनुभयो । संस्थाका कुल एक सय ५७ सदस्य र १० सहयोगी पुरुष सदस्य रहेका व्यस्थापक गुरुङले जानकारी दिनुभयो । महिला नेतृत...

मेलम्ची७ दुवाचौरमा भलीबल प्रतियोगिता हुने

#, खेलकुद, जिबनशैली, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाको मेलम्चीनगरपालिकामा ७ दुवाचौरमा जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता असोज १३ देखि असोज १५ गतेसम्म मेलम्चीनगरपालिकामा ७  दुवाचौर खेल मैदानमा हुने भएको हो । दुवाचौरमायोङ स्टार युवा क्लब मेलम्ची ७ को आयोजनामा हुने उक्तप्रतियोगितामा प्रथम हुनेले नगद ७० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ४० हजार, २० हजार र १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर ३ हजार लाग्ने संयोजक जय बहादुर तामाङले जानकारी दिनुभयो ।देशको राष्ट्रिय खेल भलिबल भएको तथा सिन्धुपाल्चोक जिल्लाभित्र भलिबल खेलाडीहरू धेरै रहेकाले युवा खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाइ रहेको छ ।यो प्रतियोगितामा जिल्ला बाहीर...

ठुलो सिरु्रवारी जिल्लाकै पहीलो बालमैत्री वडा घोषणा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले उक्त वडालाई बालमैत्री वडा घोषणा गर्नु भएको हो । उँहाले बाल बचाऊ,बाल संरक्षण,बाल विकास, र अर्थपुर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानिय निकायको नीति,संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिमा चौतारा साँगाचोकगढी नगरपालिका वडा १३ ले बाल मैत्री वडाका घोषणाका लागी बालबालिकाका सवाललाई सम्बोधन गर्ने नीति, रणनीति र कार्य योजनाको तर्जुमा,सार्वजनिक सांगठनिक संरचनामा बाल मैत्री इकाईको संस्थागत व्यवस्था,बालमैत्री आवधिक र बार्षिक योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वायन,बालबालिकाको हित प्रवद्र्धन गर्ने कार्यक्रममा उपयुक्त लगानी गर्ने व्यवस्था ,बालबालिका प्रति “नागरिक” स...

महिला आत्मनिर्भरता केन्द्रको ३० औं बार्षिक साधारणसभा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती
महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३० औं बार्षिक साधारणसभा बुधवार मेलम्चीमा सम्पन्न भएको छ । २०४७ सालमा जिल्लाका सचेत र सक्रिय महिलाहरुको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहिँसा,महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको ३० औं बार्षिक साधारणसभा बुधवार मेलम्चीमा सम्पन्न भएको छ । २०४७ सालमा जिल्लाका सचेत र सक्रिय महिलाहरुको सक्रियतामा स्थापित यस संस्थाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । महिलाहिँसा, अन्याय, अत्याचार विरुद्ध लड्ने र मानव अधिकारको प्रत्याभूतिका साथै राज्यको निर्णायक तहमा महिलाहरुको पहुँच पुर्याउने उद्देश्यले संस्था स्थापना गरिएको पूर्व अध्यक्ष भगवती नेपालले जानकारी दिनुभयो संस्थाका कुल १५७ सदस्य र १० जना सहयोगी पुरुष सदस्य रहेका संस्थाका कार्यक्रम व्यस्थापक कृष्ण गुरुङले जानकारी दिनुभयो । संस्थाले मेलम्ची, हेलम्बु,...

कांग्रेस नेता बस्नेत र मुख्यमन्त्रीबीच भेट ४ करोड निकाशा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका क्षेत्रको बाढीपहिरो नियन्त्रणका लागि तत्कालका लागि १० करोड बजेट विनियोजन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको विकास र बजेटका विषयमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेसँग भेटवार्ता गर्ने क्रममा मुख्यमन्त्री पाण्डले बस्नेतको मागको सम्बोधन गर्दै पाण्डेले तत्काल ४ करोड बजेट सो क्षेत्रमा गइसकेको बताउँनु भयो । पाण्डेले १० करोड तुरुन्त कार्यान्वयन गर्नका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिनुका साथै थप बजेट निकासा गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ। नेता बस्नेतले सिन्धुपाल्चोकका दुबै क्षेत्रको विकासमा बराबरी बजेट दिनुपर्ने र प्राथमिकताका आधारमा काम अगाडि बढाउनुपर्ने मग गरेको बस्नेतका स्वकीय सचिव रामेश्वर आचार्य ले जानकारी दिनु...

नेपाल र चीनबीच अन्तरसंसदीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
– भीष्मराज ओझा काठमाडौँ, २७ भदौ (रासस) : नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस (नेशनल पिपुल्स कंग्रेस) का बीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका चीनका राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा आज छ बँुदे सम्झौतापत्रमा हस्ताक्षर भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । सम्झौतापत्रअनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्ररूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् । यसैगरी दुवै पक्षले दुई...

चौसागढी१३माबालमैत्री वडा घोषणाहुने

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
बाल दिबस भदौ २९ गतेको दिन सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारी बालमैत्री वडा घोषणा हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले एक समारोहका बिच बालमैत्री वडा घोषणा हुन लागेको वडा नं १३ बाल संरक्षण समितीका अध्यक्ष हरी बिक्रम नेपालले जानकारी दिनु भयो ।यँहा पनी थिच्नुहोस अनी पढ्नुहोसबालमैत्री स्थानीय शासनको अवधारणा यो वडा लाइ बाल मैत्री वडा घोषणा भए पछी जिल्लाकै पहिलो बाल मैत्री वडा हुने भएको छ ।५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा आउँदो २९गतेका दिन बालमैत्री वडा घोषणा गर्न लागिएको बताउँदै वडा अध्यक्ष रामप्रसाल गौतमले वडाले बालमैत्री वडा घोषणा गर्न का लागी ५१ वटा सूचक पुरा गर्नु पर्ने हुन्छ । यो सुचक पुरा गरिसकेको हुँदा बाल मैत्री वडा घोषणा गर्न लागीएको गौतमले बताउँनु भयो । वडा बालसंरक्षण समितिका अनुअसार वडामा बालविबाहमा न...

प्रहरीमा भर्ना खुल्यो

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
म्यादी प्रहरीमा भर्ना खुलेको छ।myadi prahari एकलाख पन्ध्रहजार जनालाइ नियुक्त दिने गरिु म्यादी प्रहरीमा भर्ना खुलेको छ यही भदौ ३० गते  देखी असोज ६ गते  सम्ममा दरखास्त दिइ सक्नु पर्ने छ ।

एसईइमा जिल्ला उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाबाट एसइइ परिक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउन सफल दिक्षिका पराजुली र रामकृष्ण विकलाई नगद सहीत सम्मान गरिएको छ । जिल्लाबाट उत्कृष्ट परिक्षार्थिको रुपमा उतिर्ण भएकी बालशिक्षा माध्यमिक विद्यालयकि दिक्षीका पराजुली र ३ दशमलव ८ जिपिए सहित उत्कृष्ट नतिजा ल्याउन सफल सदावहार एकेडेमीका रामकृष्ण विकलार्इ जनहि ५१ हजार रुपैयाँ नगद सहित दाडीचौयरमा एक समारोहका बिच सम्मान गरीएको हो । नेपालको सिन्धुपाल्चोकमा जन्म थलो रहेर अमेरिकामा कर्म थलो बनाएका नेपाली नागरिकहरुको संस्था सिन्धु यूएसए वेलफेयर सोसाइटीले सिन्धुपाल्चोक जिल्लाबाट २०७८ सालको माध्यमिक शिक्षा परिक्षा (क्भ्भ्० परिक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रछात्रालाई सम्मान गरेको हो । सिन्धुपाल्चोकबाट ४२४० जना विद्यार्थी एसइइ परिक्षामा सहभागी थिए । शनिबार सिन्धुपाल्चोकको खाडिचौरमा आयोजित सम्मान कार्यक्रममा सोस...

एक सय ६३ जनामा सङ्क्रमण पुष्टि

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
देशभर आज एक सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार सात सय ४६ जनामा गरिएको परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज एक सय ३० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने प्रतिशत ९८.६ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ३० पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर र चितवन रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, जाजरकोट, हुम्ला, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला रहेका छन् । यस्तै होम आइसोलेशनमा दुई हजार तीन सय ४६ जना, संस्थागत आइसोलेशनमा ८४, सघन उपचार कक्ष (आइसियु)मा १७ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप चार लाख ८० हजार आठ सय १८ जनाले खोप लगाएका छन् ।रासस...