सम्पर्क

जिबनशैली

दालचिनीको अनेकौ फाइदा

जिबनशैली
दालचिनी अधिकांशको भान्सामा सहजै पाईन्छ । खानामा दालचिनी मिसाएर बनाउँदा खानेकुराको स्वाद बेग्लै हुन्छ । स्वादको लागि मात्र नभई दालचिनी कयौ रोगका घरेलु उपचार पनि हो । दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ र यो कुरा कमैलाई मात्र थाहा छ । सीलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी । सिलोन दालचिनी अन्य दालचिनीभन्दा फरक हुन्छ । यो दालचिनी वर्म रुखबाट उत्पादन हुन्छ । सिलोन दालचिनीका विभिन्न फाइदाहरु छन्, जुन यहाँ उल्लेख गरिएका छन् ः मधुमेहका लागी फाइदाजनक मधुमेहका बिरामीका लागि सिलोनको दालचिनी निकै फाइदाजनक मानिन्छ । यसले इन्सुलिनको गतिविधिलाई उत्तेजित गरी शरीरमा इन्सुलिन प्रतिरोधलाई कम गर्दछ। त्यसैले सिलोन दालचिनी मधुमेहका बिरामीका लागि लाभदायक मानिन्छ । क्यान्सरको जोखिम घटाउँछ क्यान्सर रोगको अहिलेसम्म कुनै उपचार छैन । तर सिलोन दालचिनी क...

जाडोमा कोठा न्यानो बनाउँदा हुनसक्ने यी गल्ती, जसले ज्यान समेत जान सक्छ

जिबनशैली
गत वर्ष हिउँदमा काठमाडौंको कलंकीस्थित खड्का गाउँका ८४ वर्षीय एक पुरुषको आगलागीबाट मृत्यु भयो । कोठामा हिटर बालेर सुतेका ती पुरुषको निदाएकै अवस्थामा ओछ्यानमा आगो सल्किएपछि घटनास्थलमै मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष नै जाडो मौसममा उपत्यका बाहिर पनि आगलागी र निसासिएर मृत्यु भएका धेरै घटना सार्वजनिक भएका छन् । कैलालीको धनगढीस्थित भन्सार रोडकी एक महिलाको घरभित्रै आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर ज्यान गयो । गत वैशाखमा भक्तपुरमा झ्याल–ढोका थुनेर कोइला बाल्दा निसासिएर एक सुत्केरीको ज्यान गयो । यी त सार्वजनिक भएका घटना हुन् । दूरदराजमा यसरी निसासिएर ज्यान गएका कैयौं घटना समाचार बन्दैनन् । यो हानिकारक ग्यासले मान्छेमा वान्ता हुने, मुटुको धड्कन असामान्य हुने एवं मस्तिष्कमा असर गर्नेजस्ता लक्षण देखिन्छ । तर सुतेको बेलामा मान्छेले यस...