सम्पर्क

जिबनशैली

कालोबजारी नियन्त्रणका लागि प्रधानमन्त्रीलाई ज्ञापन

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार, स्वास्थ्य
चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाली उपभोत्ता संरक्षण महासंघका अध्यक्ष चन्द साउदको नेतृत्वको टोलीले आईतबार जिल्ला प्रसाशन कार्यालय काठमाडौं प्रजिअ घनश्याम उपाध्याय मार्फत प्रधानमन्त्री शेरबहादुरलाई ज्ञापनपत्र बुझाएको हो । देशमा ठूला ठूला राजनितीक परिवर्तन भए पनि देशमा राजनितिक नेता तथा मुट्ठीभर व्यवसायी वाहेक आम नेपाली उपभोक्ताका जीवनस्तरमा समय सापेक्ष परिवर्तन नसकेको भन्दै महासंघले कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहिन सेवा अखाद्य–विषादी खाद्य पदार्थले आम उपभोक्ताको स्वस्थ बाँच्ने र स्वच्छ प्रतिस्पर्धा गर्न पाउने संबैधानिक अधिकार समेत हननु् भएकोले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जनाएको छ । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याले महासंघले उठाएको माग जायज भएको भन्दै ...

कृषी पकेट बन्दै मेलम्ची,ढकालथोक

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका मा कृषी घुम्ती शिविर भएको छ । मेलम्ची नगरपालिकाको कृषि विकास शाखाको आ.व. २०७९÷०८० को स्कविकृत कृषि विकास कार्यक्रम अनुसार १ दिने स्थलगत घुम्ती शिविर भएको मेलम्ची नगरपालिका कृषि विकास शाखाकाकृषि प्राविधिक हरिगोपाल श्रेष्ठ ले जानकारी दिनु भएको छ ।उँहाका अनुसार २०७९ साल असोज ९ गते मेलम्ची नगरपालिका वडा नं १२ ढकालथोकमा रहेको श्री आधुनिक कृषि सहकारीको समन्वय तथा मेलम्ची नगरपालिका कृषि विकास शाखाको आयोजनमा सम्पन्न गरिएको हो । जसमा ५५ जना कृषकहरुको माटो परीक्षण गरिएको थियो ।उक्त माटो परीक्षण प्रतिवेदनको आधारमा निशुल्क रुपमा कृषि चुन वितरण गरिने श्रेष्ठ ले बताउँनु भएको छ । मेलम्ची नगरपालिका कृषि विकास शाखाले मेलम्ची नगरपालिका ढकालथोकका कृषकहरुले ब्यवसायिक रुपमा तरकारी खेती गर्दै आइरहनुभएकाले ढकालथोक लाइ तरकारी पकेटको रुपमा विस्तार गरिने लक्ष्य राखिएको र सोहि...

सिन्धु राप्रपाको प्रशिक्षण कार्यक्रम चौतारामा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम चौतारामा प्रशिक्षण कार्यक्रम गरेको छ । पाटीको पूर्व अध्यक्ष तथा पूर्व जलश्रोत मन्त्री पशुपति शमसेर जबरा को प्रमुख आतित्यथा र राप्रपा जिल्ला अध्यक्ष निल ध्वज थापाको सभापतित्वमा कार्यक्रम भएको हो । केन्द्रीय प्रशिक्षण विभागका सदस्य तथा प्रवक्ता भक्ति सिटौला र केन्द्रिय सदस्य तथा प्रशिक्षण विभाग सदस्य खुस्वु ओली को बिशेष अतिथ्यतामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल््ला स्तरिय एकदिने प्रशिक्षण कार्यक्रम तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको पाटीका कार्यलय सचिब ध्रुब कुमार थापाले जानकारी दिनु भएको छ । उँहाका अनुसार नजिकिदै गएको चुनावी कार्यक्रमलाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा बोल्दै प्रमूख अतिथि पशुपति शम्सेर जबराले सिन्धुपाल्चोक मेरो अत्यान्तै प्रिय घर हो यहाँका सबैजना मेरा प्रिय तथा प्यारा हुनुहुन्छ ...

चेतना मातृशिशुको अध्यक्षमा गुणकेशरी श्रेष्ठ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
चौतारा । चेतना मातृशिशु बचत तथा ऋण सहकारी संस्था, चौताराको अधिवेशनले गुणकेशरी श्रेष्ठको अध्यक्षतामा ९ कार्य समिति चयन गरेको छ । शनिबार चौतारामा सम्पन्न संस्थाको १३ औं साधारणसभा तथा चौथौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश ः रोजिना घतानी, गीता श्रेष्ठ र अप्सरा भूजेल र गीता विक चयन गरेको छ । सदस्यहरुमा झुना घले, मैती तामाङ, , रशिला श्रेष्ठ, लालुमाया श्रेष्ठ र लेखा समितिको संयोजकमा बिमला सापकोटा र सदस्यहरुमा कल्पना श्रेष्ठ र शर्मिला श्रेष्ठ चयन भएको निर्वाचन मण्डलका संयोजक नरमान श्रेष्ठले जानकारी दिनु भयो । सिडिइसिएफ सिन्धुपाल्चोकका उपाध्यक्ष इश्वरीप्रसाद अधिकारीको प्रमुख आतिथ्यता र चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्व उपप्रमुख जानूका पराजुलीको विशेष आतिथ्यतामा भएको अधिवेशनको उदघाटन सत्रमा नेपाल पत्रकार म...

चाडपर्वमा सुरक्षाका लागि कर्णालीमा चार हजार प्रहरी

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, समाचार
ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी जनशक्ति खटाइने जनाएको हो । यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ । प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा एक सय २५ नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ । त्यसैगरी ट्राफिकसहित संयुक्तरुपमा ५३ स्थानमा आकस्मिक जाँच तथा चोरी, तस्करी, लागुऔषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ । झैँझगडा, जुवा तास, चोरी, लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने ...

फेरी पाउन थाल्यो ईन्द्रावती खोलामा माछा

जिबनशैली, बिजनेस, समाचार
सिन्धुपाल्चोकको जिल्लाको मेलम्ची, हेलम्बु, इन्द्रावती, तिपेनी लगायत खोलाका माछाले बाढी आउनु अघिसम्म राम्रो बजार पाएको थियो । मेलम्चीको बाढिपश्चात भने माछा पाउन छाड्यो । माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेको थियो तर अहिले भने ती पाउन थालेपछि खुशी लागेको स्थानीय शम्भु माझीले बताउनुभयो । बाढिअघि उहाँको दैनिक गुजारा माछा बेचेर चलाउनुहुन्थ्यो । उहाँ बताउनुहुन्छ मैले दैनिक दुई किलोसम्म माछा मारेर बिक्री गर्दै आएको थिए । मारेका माछा सहजै बिग्थ्यो । प्रतिकिलो एक हजार एक सयसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो । मेलम्ची, इन्द्रावती, तिपेनी लगायत खोलामा असला, कत्ले, काभ्रेजस्ता माछा पाइन्छन् । त्यहाँ दैनिक २० किलोसम्म माछा फेला पर्ने गरेको स्थानीय माझीहरू बताउँछन् । माछा पुनः पाउन थालेपनि खाने ग्राहक भने पहिला जस्तो आउने गरेका छैनन”, होटल व्यवसायी चन्द्रमाया नेवार्नीले बताउनुभयो ।...

भिभोद्वारा लोकप्रिय एवं बजेट–मैत्री वाई सिरिजअन्तर्गत – वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक

जिबनशैली, बिजनेस, बिदेश, विचित्र संसार, समाचार
काठमाडौं, ७ असोज २०७९ः भिभोले लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू – वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन् । भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको छ र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरू विकास गर्दै आइरहेको छ । पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई२२एस र वाई१६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरुका लागि उपयुक्त स्मार्टफोन हुन् । भिभो नेपालका सीईओ माइकलले भन्नुभयो, “नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउँन सफल भएको छ । प्रयोगकर्ताहरुले दिनुभएको मायालाई बर्करार राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरे...

डेगींको बासस्थान खोज र नष्टगर अभियान सञ्चालन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धु सिन्धुपाल्चोक जिल्ला स्थित सबै स्थानीय तहका सरकारले डेंगी नियन्त्रणकालागी डेंगीबास स्थान नष्ट गर्नका लागी खोजी गरेका छन । जिल्लामा मा २८ जनामा संक्रमण पुष्टि भए पछी यसको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय, स्थानिय तह, विभिन्न सघंसस्थाहरुले पनि अभियान सञ्चालन गरिरहेका छन ।  बिहबिार चौतारासाँगाचोकगढी नगरपालिका बाह्र्बिसे नगरपालिका मेलम्ची नथगरपालिका क्ष्न्द्रावती गाँउपालिका भमोटेकोशी गाउृँपालिका लगाएतका १२वटै स्थानीय तहबाट मेलम्चीमा डेंगी नियन्त्रणका लागि स्प्रे अभियानका साथै सचेतना अभिमुखिकरण कार्यक्रम समेत गरिएकोे छ । स्वास्थय कार्यलय सिन्धुपाल्चोकको सहयोग तथा पालिकाहरुको सहयोगमा यसका साथै खोज र नष्ट गर अभियानमा समेत गरिएको छ । बाह्र्बिसेमा नगर प्रमुख बालकृष्ण बस्नेतको नेतृत्वमा यस सम्बन्धी सचेतना फैलाउँदै बजार परिक्रममा गरेर बासस्थान देखीएका स्थानहरुमा तत्काल प्रालष्टीकका ...

सरकारी जागिर छाडेर बाख्रापालन

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
मेलम्ची, ५ असोज (रासस) ः ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाउनुभएको छ । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुनुहुन्छ रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उहाँले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहनुभएको छ । इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उहाँको दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उहाँले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गर्नुभएको छ । व्यावसायिकरुपमा सञ्चालित फाममा उहाँले केही सहयोगीहरु राख्नुभएको छ । तर पनि उहाँलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उहाँलाई फार्ममै भेट्न सकिन्छ । सशस्त्र प्रहरीमा कार्यरत...

राससका कार्यकारी सम्पादक बस्नेत सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ । सम्पादक बस्नेत विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय प्रेस क्लब, नेपालको ३८औँ वार्षिकोत्सवको अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्पादक बस्नेतसहित विभिन्न क्षेत्रमा योगदान गर्नुहुने ४२ जनालाई सम्मान गर्नुभयो । सम्मानित हुनेमा पूर्वमन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले, गायक तथा सञ्चारकर्मी कृष्ण कँडेल, समाजसेवीद्वय पदम उप्रेती र लोकबहादुर टण्डन, सामाजिक अभियान्ता रामशरण न्यौपाने, व्यावसायीद्वय इ विनोद ढकाल र बेदुप्रसाद पाण्डे हुनुहुन्छ । सम्मानित व्यक्तित्व समाजसेवी उप्रेतीले मुलुकको व्यवस्था बदलिए पनि अवस्था जस्ताको जस्तै रहेको बताउँदै आर्थिक, सामाजिक विकाससँगै सुलुकको समग्र विकासको निम्ति सरकार, राजनीत...