सम्पर्क

जिबनशैली

निःशुल्क शिक्षा भन्ने होइन काम गर्नुपर्छ ःनगर प्रमुख सापकोटा

कृषि, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाका  नगर प्रमुख   कृष्ण प्रसाद सापकोटाले निःशुल्क शिक्षा बोलेर होइन व्यवहारमा लागु गरेर देखाउँन पर्र्ने बताउँनु भएको छ ।उहाँले निःशुल्क शिक्षा भन्ने अभिभावकहरुसँग सहयोग लिनेलाई निःशुल्क शिक्षा भन्न नमिल्ने बताउँनु भयो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठुलोसिरुवारीमा रहेको श्री सेतिदेवी माध्यमिक बिद्यालयको ६३ औं वार्षिकोत्सब, अभिभावक भेला तथा भूपु विद्यार्थी पुनर्मिलन समारोह शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । उहाँले सेतीदेवी माबि सबै प्रकारले सम्पन्न भएको देखिएको भएता पनि बिद्यालयलाई थप चुनौती थपिएको बताउँनु भयो । समारोहको उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले नगरभरी १२ कक्षा सम्मको निःशुल्क शिक्षाको लागि छलफल चलिरहेको बताउँनु भयो । उहाँले विपन्न बालबालिकाको पठनपाठनको लागि नगरको केन्द्र भागमा आवशीय विद्यालय निर्माण ग...

शिक्षामन्त्रीद्वारा अनुगमन : समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशन

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
भक्तपुर, १ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गर्नुभएको थियो । मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइको अवस्था र वितरणको प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । मन्त्री श्रेष्ठले भन्नुभयो, “पाठ्यपुस्तक छपाई समयमै सम्पन्न हुनुपर्यो, पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउनु होला ।” केन्द्रका प्रबन्ध निर्देशक झाले मन्त्री श्रेष्ठलाई भर्ना अभिय...

जब शिक्षक पात र सिन्का बोकेर कक्षाकोठामा पस्नुभयो !

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार
बलेवा (बागलुङ), ३० फागुन : सधैँजसो कक्षा आरम्भ हुँदा हातमा हाजिर कपी र पठनपाठनका सामग्री बोकेर कक्षाकोठा प्रवेश गर्ने शिक्षिका सुशीला श्रेष्ठ सोमबार सालका पात र बाँसका सिन्का बोकेर पस्नुभयो । न्यू एभरेष्ट एकेडेमीको नर्सरी कक्षाकी कक्षा शिक्षक श्रेष्ठ सोमबार कक्षा ७ मा प्रवेश गर्नुभयो । उहाँसँगै अन्य शिक्षिका पनि साथमै हुनुहुन्थ्यो । सधैँजसो दिनभर कपी र किताब बेञ्चमा फिँजाएर कलम समाउने गरेका विद्यार्थी पनि सोमबार फरक भूमिकामा देखिए । सबै विद्यार्थी कक्षा कोठाको भूइँमा बसे । उनीहरुका अघि सालका पात र बाँसका सिन्का थिए । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले उनीहरुलाई व्यावहारिक सीप सिकाउने प्रयास गर्दै थियो । विद्यालयले विद्यार्थीलाई दुनाटपरी निर्माण गर्न सिकाएको हो । सरकारले सार्वजनिक बिदा दिए पनि विद्यार्थीलाई जीवनोपयोगी सीप तथा व्यावहारिक शिक्षा दिन ग्याल्पो ल्होसारको अ...

सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ३० फागुन : गृह मन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच गए राति पाँच बुँदे सहमति भएको छ । घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच उक्त सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । सहमतिपत्रमा साहको कर्तव्यज्यानसम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुनबमोजिम अदालतमा पेस गर्नेगरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने तथा अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी घटनाको विषयमा अध्ययन गर्ने उल्लेख छ । यस्तै अनुसन्धानबाट प्राप्त प्रमाणका आधार...

चालीसेको योजना थोरै लगानी धेरैलाइ रोजगार

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाका समुदायीक बन अभियान्ता हरुले वनमा खेर गएका सालको पातको सदुपयोग गरी स्थानीयलाइ रोजगारको समेत व्यवस्था गरेका छन । साम सामुदायिक बन उपभोक्ता माहासङ नेपाल सिन्धुपाल्चोकका जिल्ला उपाध्यक्ष सुनकोशी गाउँ पालिका वार्ड नम्बर –७ का शारदा प्रसाद चालिसे ले सामुदायिक दुना टपरी उत्पादन साझा केन्द्र स्थपना गरी दुना टपरी उत्पादन गर्ने काम गरिरहनु भएको छ ।सुनकोशी गाउँ पालिका, बलेफी गाउँ पालिका –६ चौतारा साङाचोकगढि नगर पालिका –१० का महिला हरु को सकृयता मा उहाले दुना टपरी उत्पादन गर्ने उद्योग नै सन्चालन गर्नु भएको छ ।  गत मङ्सिर यता दुना टपरी उत्पादन गर्न थालेको दुना टपरी को माग बढेकोले बेच्ने कार्य भ्याइ नभ्याइ छ । स्थानिय उत्पादित दुना टपरी बिक्री गर्छौ उहाले भन्नु भयो दुना टपरी स्थरिय उत्पादन भएको ले निकै रुचाइएको छ । यस्ले बाताबरण संरक्षण मा टेवा पुग्नु को साथै बजारीकरण मा माग बड्द...

सरकारलाई सफल बनाउन पाँच दलबीच सहमति

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काठमाडाँै, २९ फागुन  सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति भएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने पाँच राजनीतिक दलका शीर्ष नेतृत्वको बैठकले उक्त सहमति गर्दै राष्ट्रियसभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्यलाई थप मजबुद गर्ने निर्णय गरेको हो । दलहरुबीच नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका ल...

सरकार र मिटर ब्याजी बिच सहमती आन्दोलन स्थगित, समस्या समधान हुने गृह मन्त्रीलामीछानेको भनाइ

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भए लगत्तै अनियमितता गर्ने जो कोहिलाई पनी कानुनी कार्बाही गर्ने बताउँनु भएको थियो । उहाँले हरेक नागरिकलाई सरकारको उपस्थिती देखाउँन लागी पर्ने बताइ रहँदा आन्दोलनरत मिटर ब्याज पीडितहरूसँग सोमबार चारबुँदे सहमति गर्न सफल हुनु भएकोे छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित सरकारीवार्ता टोलीसँग आइतबार र सोमबारको छलफलपछि मिटर ब्याज पीडित संघर्ष समितिले सहमति गरेको हो । सहमतिको जानकारी गराउन गृहमन्त्री लामिछाने मिटर ब्याज पीडितहरू बसिरहेको ठाउँ भृकुटीमण्डप जानु भएको थियो । अनुचित लेनदेना (मिटर ब्याज) अपराधबाट सिर्जित समस्याको अन्त्य गरी दिर्घकालीन समाधानका लागि आवश्यक अध्ययन तथा जाँचबुझ गरी राय र सुझावसहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) विरुद्ध जाँचबुझ आयोग गठन गर्न...

५१सदस्यीय आन्दोलन समिती गठन सहीत सिन्धुमा राप्रपाको प्रशिक्षण

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
राष्टीय प्रजातन्त्र पाटी सिन्धुपाल्चोकका अध्यक्ष निलध्वज थापको संयोजकत्वमा आन्दो परीचालन समिती बनेको छ। चैत १६ गते काठमाडौंमा हुने बृहत प्रदर्शनको साथै बिभिन्न आन्दोलनका लागी सिन्धुपाल्चोकबाट ५१ सदस्यीय आन्दोलन परिचालन समिती बनेको हो । आन्दोलन केन्द्रित प्रशिक्षण कार्यक्रम प्रमूख अथिति पार्टीका केन्द्रिय सदस्य शिक्षा बिभागका प्रमुख डा राजेश गिरी ले प्रजातन्त्रमा जनता भन्दा ठुलो कोहि नहुने बताउनु हुँदै जनता भन्दा माथि उठ्न खोजे तानासाह बढ्ने बताउनु भयो । प्रजातन्त्रमा जुनसुकै अवस्थामा पनि नेताले जनताको कुरा सुन्न पर्ने र जनताको कुरा नसुन्ने नेता असफल हुने बताउनु भयो। कार्यक्रममा प्रशिक्षण बिभागका उप प्रमुख खुश्बु ओेलिले अब छिटै नेपालमा व्यवस्था परिबर्तन हुने र स्वदेसमा नै रोजगारको व्यवस्था गरिने बताउँनु भयो । उँहाले यो आन्दोलनमा सहभागी हुन सबैमा आग्रह गर्नु भयो ।अवस्था बदल्न व्यवस्था बदलौ भ...

दरबन्दीको कारणले निजि स्रोतमा शिक्षक राख्नु परेको बाध्यता छ , प्र अ ज्ञान बहादुर तामाङ

अन्तर्वाता, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला साविक कदमबास गाबिस वडा नं ९ मा पिता चन्द्र बहादुर तामाङ र माता कान्छी माया तामाङको कोखबाट पहिलो सन्तानको रुपमा २०३९ साल पौष महीना को ७ गते जन्मनु भएका शिक्षा प्रेमी सामाजिक व्यक्तित्व चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको गोल्मा देबी माध्यमिक बिद्यालयका प्र.अ. ज्ञान बहादुर तामाङसँग हामीले केही कुराकानी गरेका छौँ । प्रस्तुत छ उँहा सँँग गरिएको छोटो कुराकानी तपाइको परिचय पाऊ न मेरो नाम ज्ञान बहादुर तामाङ हो । म वि.स. २०३९ पौष ७ गते पिता चन्द्रबहादुर र माता कान्छीमायाको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएर हाल सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका ९ मा रहेको श्री गोल्मा देवी माध्यमिक बिद्यालयको प्रधानध्यापकको जिम्मेवारीमा काम गर्दे छु । मेरो घर यसै वडामा पर्छ । मेरो एक श्रीमती १ छोरा १ छोरी छन । यहाले शिक्षणा पेसा सम्हालेको कति बर्ष भयो ? म शिक्षण ...

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

जिबनशैली, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, समाचार, साहित्य
  सन्जिब दुलाल भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा  नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति पुरस्कार ११४४ बाट वरिष्ठ कथाकार सरस्वती तुलाधर र युवा साहित्यकार तर्फ प्रदान गरिँदै आएको कुमार शाखः स्मृति प्रोत्साहन पुरस्कारबाट भने युवा गजलकार अनीश शाक्यलाई सम्मान गरेको हो । नेपाल भाषामा कथा लेखन गर्दै तथा नेपाल भाषामा नै अध्यापन गर्दै आउनु भएकी तुलाधरलाई नगद दश हजार सहित यस वर्षको जरीमाया स्मृति पुरस्कारबाट सम्मान गरिएको नेपाल साहित्य मन्दिरले जानकारी दिएको छ । यस्तै युवा साहित्यकार तर्फ भने नेपाल भाषामा गजल, कविता, लघुकथा लगायत विभिन्न साहित्य रचना लेखनमा सक्रिय रहनुभएका अनीश शाक्यलाई दश हजार नगद सहित कुमार शाक्य स्मृति प्रोत्साहन पुरस्कार प्रदान गरएिको हो ।दुवै साहित्य सर्जकहरूलाई नेपाल साहित्य मन्दिरक...