सप्तापातल पोखरीमा फेरि डुल्ने छन् माछा, ढुङ्गेधारामा बग्ने छ पानी
ललितपुर महानगरपालिका-१५ स्थित लगनखेलमा करिब दुई हजार वर्ष पुरानो अशोक स्तूपा रहेको छ । सोही स्तूपाको पश्चिमतर्फ रहेको १६०० वर्ष पुरानो ऐतिहासिक सप्तापातल पोखरीको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
वर्षौंअघि लगनखेलस्थित सप्तापातल पोखरीमा राजकुलोमार्फत टीकाभैरवको पानी ल्याएर सञ्चित गरिन्थ्यो । सोही पोखरीको पानीबाट पाटन सहरमा रहेका ढुङ्गेधारामा पानी झथ्र्यो । अतिक्रमणमा परेको यो ऐतिहासिक पोखरीलाई पुनःस्थापना गरी ललितपुर महानगरपालिकाले पुनर्जीवित गरिरहेको छ । जीर्ण अवस्थामा रहेको सप्तापातल पोखरीको १४ रोपनी १० आना क्षेत्रफल नमूना मच्छिन्द्रनाथ माध्यमिक विद्यालयको नाममा पारिएको थियो ।
यस निर्णयको स्थानीयले विरोध गरे पनि विद्यालयको नाम जोडिएकाले विरोध चाँडै थामिएको थियो । वि.सं.२०६० मा विद्यालयले व्यावसायिक परियोजना अन्तर्गत पोखरीमा ३३ वटा सटरसहितको भवन निर्माण सुरू गरेपछि स्थानीयहर...



