मेलम्ची बाढीको प्रतिवेदन तयार हुँदै, हिउँ पग्लिएर पनि माटो बग्ने खतरा छ — विज्ञ
गत असार १ गते आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा पुर्याएको क्षति र त्यहाँको भौगर्भिक अध्ययन गर्न गएको एडिविको टोलीले त्यहाँको अध्ययन गर्न एक महिना अघि टोली भ्रेमाथाङ गएको थियो । उक्त टोलीले त्यहाँको भौगर्भिक अध्ययन गरेर फर्किएको थियो ।
मेलम्ची खानेपाननी आयोजनाले भने यहि चैत्र अन्तिम साता सम्म मेलम्ची नदीको पानी काठमाडौँ ल्याउने भन्दै नदीको मुहानमा सरसफाइ गरिरहेको छ । अध्ययन गर्न गएको टोलीले तयार पारेको प्रतिवेदन सार्वजनिक नहुँदै र मेलम्चीको शिरमा पुन पहिरो जाने नजाने वा कुन रुपमा कस्तो पहिरो जान सक्छ भन्ने कुनै वैज्ञानिक आधार बिनानै मेलम्ची खानेपानी क्षेत्रको मुहान सफाई गर्दा सो क्षेत्रमा फेरि बढी नआउला भन्ने कुनै आधार नभएको भूगर्भविदको भनाइ छ ।
अध्ययन टोलीले बाढीले बगाएको माटोको थिकनेस,अहिले रहेको माटोको अवस्था र भित्रको चट्टानको बारेका अध्ययन गरेर फर्किएको थियो । अहिले उक्त टोलीले स...
