सम्पर्क

समाचार

सिन्धुपाल्चोकमा क्याम्पस बुलेटीन आउँने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लामा सञ्चालित सामुदायिक क्याम्पसहरुको गतिविधि समेटिएको बुलेटीन प्रकाशन गरिने भएको छ । शनिबार सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा बसेको सिन्धुपाल्चोकमा सञ्चालित बाह्रवटा सामुदायिक क्याम्पसहरु सम्मिलित अन्तर क्याम्पस सञ्जाल समितिको बैठकले उक्त निर्णंय गरेको हो । बैठकमा जिल्लामा सञ्चालित क्याम्पसहरुको अवस्था, क्याम्पसमा रहेका अवसर चुनौती, समस्या तथा समाधानका उपायहरुका बारेमा गम्भिर छलफल भएको सञ्जालका सचिव एवं चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बुलेटिन प्रकाशन गर्न चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दंगालको संयोजकत्वमा इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीका प्रमुख राधाकृष्ण श्रेष्ठ र अरनिको क्याम्पस बाह्रबिसेका प्रमुख यम बहादुर बस्नेत सदस्य रहनेगरी एक समिति गठन गरेको छ । यसैगरी सोहि प्रयो...

नेकपा एसको औचित्य समाप्त भयो ः पोखरेल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकिकृत समाजवादीको औचित्य समाप्त भएको र माओबादी केन्द्र भन्ने पाटी नै नरहने अबस्था आएको बताउँनु भएको छ । पोखरेलले नेकपा माओबादी सुरुमा ३० प्रतिशत जनमत रहेको भएता पनी अहिले ११ प्रतिशतमा आएको बताउँदै आगामी निर्बाचनमा त्यो सख्या घट्ने भएकाले अब कम्युनिष्ट भनेको नेकपा एमाले मात्र रहने बताउनुभयो । शनिबार चौतारामा भएको भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । पोखरेलले मुलुुकको भविष्य निर्माण गर्न एमालेमा समाहित हुन एकीकृत समाजवादीलाई आग्रह गरेका हुन् । बिशाल चौतारी नेकपा एमालेमा समाहित हुन म आम वामपन्थी साथीहरुलाई अनुरोध गर्दछु’, नेता पोखरेलले भन्नुभयो । समाजवादी क्रान्ति माधव नेपालको नारा मात्र हो, मुलुकको कम्युनिष्ट आन्दोलनको मेरुदण्ड नेकपा एमाले हो ।’ कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन नेकपा एमाललेले माओवादी अध्यक्षलाई प्रधानमन्त्री वनाउन ...

आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् । भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दूरीमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कोभिडको जस्तै समय समयमा हात धुनुपर्छ, हातले आँखा छुनु हुँदैन, सङ्क्रमित बिरामीबाट टाढै रहनुपर्छ ।” आँखा पाक्ने रोग ९पिङ्क आई डिजिज० विशेषत वर्षा मौसममा बढी देखिने जनाउँदै उहाँले सामान्यतया भाइरसले नै यो रोग फैल्याउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकै समयमा धेरै जनालाई हुने सरुवा रोगका रुपमा हामीले यसलाई लिएका छौँ ।” यो रोग एकबाट अर्कोमा नजिकको सम्पर्क ९क्लोज कन्ट्याक...

सहकारी पिडितलाई रकम ‘सरकारले नै उपलब्ध गराउने’

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौँ, १९ साउन । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्कृय रहेको कार्यबिधि तथा ऐन कार्वान्वयनमा लैजाने बताउँनु भएको छ । ‘बचत सुरक्षण कोष भनेको यदी कुनै बचतकर्ताको रकम सहकारीमा डुबेको छ उसले सहकारी मार्फत फिर्ता पाउन सकेनन् भने यस कोष मार्फत सरकारले उपलब्ध गराउनेछ र सहकारीबाट सरकारले लिनेछ’, मन्त्री चौधरीले भन्नु भयो । मन्त्रालयले अर्थको सहमति लिएर उक्त कार्यबिधिहरु कार्वान्वयनका लागि मन्त्रिपरिषदको निर्णय गराउन लैजाने चरणमा छ । आगामी दुई महिना भित्रै आवश्यक सम्पूर्ण आन्तरिक तयारी पूरा गरेर सहकारी पिडितहरुलाई सरकारले नै पाउनु पर्ने रकम उपलब्ध गराउने मन्त्री चौधरी ले बताउँनु भयो ।सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यबस्था भएपनि निष्कृय बन्दै आएको बिभिन्न ऐन तथा कार्यबिधिहरु तत्काल कार्वान्वयनमा लैजान मन्...

दिवा खाजा व्यवस्थापनको म्याद थप

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा संचालन भएको दिवा खाजा व्यवस्थापन गर्न खाद्यान्न व्यवस्थापनको लागि सहकारीहरुलाई आवेदन दिन म्याद थप गरिएको छ । शुक्रबार नगर खाजा व्यवस्थापनका संयोजक नगर उपप्रमुख सिता थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सामाजिक विकास समिति संयोजक राम प्रसाद गौतम नगर शिक्षा अधिकृत बसन्तराज जोशी, नगर शिक्षाका अमित घिमिरे विश्व खाद्य कार्यक्रमका रुद्रा सुनार, नेत्रज्योती कृषि सहकारी संस्थाका सचिव नेत्र बहादुर बस्नेत, ठुलोसिरुवारी साना किसान सहकारी संस्था लि. का अध्यक्ष होमना चौलागाई, आलोपाले अग्रसर बहुउद्धेश्य सहकारी संस्थाका नारायण प्रसाद गौतम लगायत सहकारीका प्रतिनिधिहरुका बिच दिवा खाजा व्यवस्थापन सम्बन्धमा खाद्यान्न व्यवस्थापनको लागि पुन सुचना प्रकाशन गर्ने निर्णय गरिएको छ । सोहि अनुसार सहकारी संस्थाहरुले दिवा खाजा व...

नेत्रज्योती लोगो अङ्कीत रेडियो वितरण

ब्रेकिङ न्युज २, समाचार
सुचनाको पहुँचमा सबै नागरिकलाई पु¥याउने उद्देश्यले रेडियो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज बाह्रबिसेले बिहिबार एक कार्यक्रम बिच नगरकार्यपालिका र विभिन्न स्थानमा रेडियो बितरण गरेको छ । कार्यक्रममा नगर उपप्रमुख मन्जु तामाङले बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख लयागत वडाअध्यक्षहरुलाई रेडियो लोकप्रिय नेत्रज्योति १०६.६ मेगाहर्ज लोगो अङ्कित रेडियो १ र १ थान बितरण गर्नु भएको हो । रेडियो लोकप्रिय नेत्रज्योति सञ्चार समुहका तथा लोकप्रिय समाचार राष्ट्रिय दैनिकका कार्यकारी प्रमुख नेत्र बहादुर बस्नेतले एक मुष्ट उपप्रमुखलाई हस्तानन्तरण गर्नु भएको थियो । रेडियो बितरण गर्दै उपप्रमुख तामाङले सुचना तथा सञ्चार नै बिकासको मुख्य अधार भएको र हरेक नागरिकको मनमनमा रहन पुलको भुमिका निर्बाह गर्ने यस्को अति महत्व रहेको बताउँनु भयो । रेडियो ग्रहण गर्दै प्रमुख प्रशासकिय प्रमुख सुषमा महता केसीले बाह्रबिसे...

अपाङ्गता भएकाहरुलाई फिजियोथेरापी सेवा

समाचार
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकामा अपाङ्गताको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । बुधबार मेलम्चीमा अन्तरक्रियात्मक कार्यक्रम गरी कार्यक्रमबारे जानकारी दिइएको हो । मेलम्ची नगरपालिकासँगको समन्वयमा टुकी संघ सुनकोशी र ह्यान्डिक्याप इन्टरनेसनल फेडरेसन नेपालबिचको साझेदारीमा सो कार्यक्रम सञ्चालन हुने टुकी संघ सुनकोशीका कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेलले जानकारी दिनुभयो । ह्यान्डिक्याप इन्टरनेसनलका परियोजना संयोजक महेन्द्रविक्रम शाहले चार वर्षसम्म सञ्चालन हुने सो कार्यक्रममार्फत मेलम्ची अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गरिनुका साथै अपाङ्गता भएकाहरुको वृत्तिविकासको कार्यक्रम गरिने जानकारी दिनुभयो । उपयुक्त किसिमको जीविकोपार्जन कार्यक्रम सञ्चालन गरी परियोजना अवधि सकिएपछि स्थानीय तहलाई सो कार्यक्रम हस्तान्तरण गरिने परियोजना संयोजक शाहले बताउनुभयो । मेलम्ची नगर उपप्रमुख उमा प्रधा...

रासायनिक मलको प्रयोगले माटोको गुणस्तर घट्दै

कृषि, ब्रेकिङ न्युज २, समाचार
कञ्चनपुरका किसानले प्रयोगशालामा जाँचका लागि ल्याएका माटोका नमुनामा प्राङ्गारिक पदार्थसँगै अम्लीयपन, नाइट्रोजन, फास्फोरस र पोटासको कमी देखिएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपरपुरका निमित्त कार्यालय प्रमुख दलबहादुर खड्काले किसानले ल्याएका अधिकांश नमुनामा प्राङ्गारिक पदार्थको मात्रा दुई दशमलव पाँचदेखि तीनसम्म पिएच देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार माटोमा प्राङ्गारिक पदार्थको पिएच पाँचभन्दा बढी देखिए उपयुक्त मानिन्छ । नमुना माटोमा अम्लीयपना छ दशमलव पाँच, नाइट्रोजन शून्य दशमलव ११ देखि शून्य दशमलव १२, फास्फोरस ३२ र पोटासको पिचएमान एक सय ११ देखिएको छ । माटोको गुणस्तर कायम राख्नका लागि किसानले घरमै तयार गरिएको गोठेमल, कम्पोष्ट र हरियो मलको प्रयोगमा जोड दिनुपर्ने प्रमुख खड्काले बताउनुभयो । “माटोमा अम्लीयपन देखिएका किसानले कृषि प्राविधिकको सल्लाहअनुसार कृषि चुनको प्रयोग गर्...

सिन्धुपाल्चोकमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी सिन्धुपाल्चोककमा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले समाजसेवी कृष्ण बहादुर ठकुरी र कर्मचारी विश्वास योञ्जनलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै वितरण कार्यको सुरुवात गर्नुभयो । मेसिन र कम्प्युटरबाट राष्ट्रिय परिचयपत्रको सम्पूर्ण विवरण प्रमाणित गरेपछि मात्र प्रमुख जिल्ला अधिकारीले परिचयपत्र प्रदान गर्नुभएको थियो । सिन्धुपाल्चोकमा २०७७ साउन २१ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रम सुरु भएको थियो । हालसम्म एक लाख ९४ हजार सात सय ४९ जनाको विवरण दर्ता भइसकेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर दर्ता अपरेटर सुर्य प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये पहिलो चरणमा आर्थिक वर्ष ०७७÷ ७८ मा विवरण दर्ता गराउने एक हजार तिन सय ६९ जनाको परिचयपत्र नै बनेर आएको उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लागू भएपछि विभिन्न ...

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड

समाचार
झापामा आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको सङ्ख्या अत्यधिक रहेको छ । एउटै घरका धेरै व्यक्ति यो रोगबाट सङ्क्रमित पाइएका छन् । मेची आँखा अस्पताल बिर्तामोडकी नेत्र सहायक पुष्प अधिकारीले दैनिक पाँच सय जति बिरामी आँखा पाकेको समस्या लिएर आउने गरेको बताउनुभयो । सो अस्पतालमा दैनिक एक हजार दुई सय बिरामी ओपिडी जाँचका लागि जाने गरेका छन् । अस्पताल धाउने आँखाका बिरामीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएको उहाँले बताउनुभयो । बिर्तामोड आँखा अस्पतालका नेत्र सहायक विनोद दाहालले सङ्क्रमणको सुरूआतमा आँखा बिझाउने र चिलाउने समस्या देखापर्ने बताउनुभयो । उहाँले यसलाई ‘सिजनल भाइरल इन्फेक्सन’ भनिने जानकारी दिँदै आँखामा कचेरा आउने, आँसु बगिरहने, ...