सम्पर्क

सिन्धुपाल्चोकमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

रुपक पुरी

सिन्धुपाल्चोककमा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले समाजसेवी कृष्ण बहादुर ठकुरी र कर्मचारी विश्वास योञ्जनलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै वितरण कार्यको सुरुवात गर्नुभयो ।
मेसिन र कम्प्युटरबाट राष्ट्रिय परिचयपत्रको सम्पूर्ण विवरण प्रमाणित गरेपछि मात्र प्रमुख जिल्ला अधिकारीले परिचयपत्र प्रदान गर्नुभएको थियो ।
सिन्धुपाल्चोकमा २०७७ साउन २१ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रम सुरु भएको थियो । हालसम्म एक लाख ९४ हजार सात सय ४९ जनाको विवरण दर्ता भइसकेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर दर्ता अपरेटर सुर्य प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
तीमध्ये पहिलो चरणमा आर्थिक वर्ष ०७७÷ ७८ मा विवरण दर्ता गराउने एक हजार तिन सय ६९ जनाको परिचयपत्र नै बनेर आएको उहाँले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र लागू भएपछि विभिन्न सरकारी एवं गैरसरकारी संस्थामा सेवा–सुविधा लिन जाने नागरिकलाई ई–सर्भिससँग आबद्ध गराउने यसको मुख्य उद्देश्य रहेको श्रेष्ठले बताउनुभयो ।