टोलटोलमा पुगे जुगलको माओबादी,
निर्मल बस्नेत
ढाँडे (२०८० भाद्र १६) नेकपा (माओबादी केन्द्र) जुगल गाउँपालिकाको पार्टी कार्यकर्ता टोलटोलमा पुगेका छन् । गाउँपालिकाको ६ वटा वडामा पुगेर स्थानीय गारेटो बाटो मर्मत र बजार क्षेत्र सरसफाई गर्दै ३ महिने अभियानको शुभारम्भ गरेका छन् ।
पार्टी केन्द्रले निर्धारण गरेको जनतासंग माओबादी बिशेष रुपान्तरण अभियान नाम दिएर ३ महिने अभियान अन्तरगतको पहिलो दिनमा पालिकाको प्रत्येक वडाको मूख्य गोरेटो बाटोहरुको सरसफाई र मर्मत गरेका हुन् ।
माओबादीले देशैभर एकसाथ अभियान सञ्चालन गरेको छ । पार्टीकेन्द्रको सर्कुलर अनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भने गाउँगाउँमा सडक निर्माण पछि ओझेलमा परेको गारेटो बाटो मर्मत र सरसफईलाई प्राथमिकता दिएको छ ।
दैनिक जनजीवनसंग सम्वन्धित कामहरु गरेर जनबिस्वास संगाल्ने पक्षमा माओबदी अघि बढेको देखिन्छ ।
यसरी अभियानको सूरुवाती दिनमा गाउँपालिकाको वडा नम्बर १ सेलाङको म...
