सम्पर्क

समाचार

सेवादिने कुरामा कन्जुस्याइँ नगर्न नगरप्रमुख तामाङको आग्रह

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिका वडा नं. ९ स्थित ज्यामिरे स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिका प्रमुख तामाङले भवन उद्घाटन गर्दै सेवादिने कुरामा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । उहाँले भवन निर्माण सम्पन्न पश्चात् सम्पुर्ण सेवा यहीँ स्वास्थ्य चौकी बाट हुने भएकाले संरचना बनिसकेपछि पायक अपायक भनेर नभन्न आग्रह गर्नुभयो । उहाँले ज्यामिरेलाई समृद्ध बनाउनका लागी यो पार्टी त्यो पार्टी नभनी एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले भवन बनिसकेपछि स्थानीयले नै संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य चौकीका लागी आवश्यक जनशक्ति र स्रोत साधनको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा जग्गा दाता रामचन्द्र गिरि र लिलाकुमारि गिरिलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष किरणदिप खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निब...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

ब्रेकिङ न्युज १, समाचार
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो । निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६५ कामय भएको छ । यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७१ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ । यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिलटर एक सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८२ र डिजेलको ...

जेष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई पोषिला खाद्य वितरण

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सुनकोशी गाउँपालिका– ५ नम्बर वडाले दशैंको पुर्वसन्ध्यामा वडा भित्रका जेष्ठ नागरिक, सुत्केरी महिला बालबालिकाहरुलाई विभिन्न सामग्रीहरु वितरण गरेको छ । वडा कार्यालयको लक्षित वर्ग कार्यक्रम अन्र्तगत जेष्ठ नागरिकहरुलाई हर्लिस र एक थान थर्मश,सुत्केरी महिलाहरुलाई पोषणका सामग्रीहरु अण्डा, गेडागुडी लगायत विभिन्न प्रकारका मसलाहरु प्रदान गरिएको हो । सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,वडाध्यक्ष जालबहादुर लामाले सुत्केरी र वृद्धाहरुलाई उक्त सामग्री प्रदान गर्नुभएको थियो । वडा कार्यालयको लक्षित कार्यक्रम अन्र्तगत नै सरस्वती आवि शिल्कुमा अध्ययनरत सबै विद्यार्थीहरुलाई स्कुल ब्याग,महिला समुहको कार्यालयका लागि आवश्यक फर्नीचर पनि वडाले उपलब्ध गराएको थियो । त्यस्तै युवा तथा खेलकुद कार्यक्रम अन्र्तगत भुमेश्वरी मावि, रतनकोट आवि र सरस्वती आधरभुत विद्यालयलाई खेलकुदका सामग्रीहरु पनि प्रदान ग...

मेलचौरमा ५० जनाद्धारा रक्तदान

ब्रेकिङ न्युज २, समाचार
  चौतारा साँगाचोकगढी नगरपालिका – ७ मेलचौरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आईतबार वडा दशैँ, शुभ दिपावली तथा छठ पर्वको पावनको अवसरमा मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रद्धारा आयोजित शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको मेलचौर सामुदायिक स्वास्थ्य केन्द्रको अध्यक्ष यज्ञ प्रसाद दंगालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा वडा नं. ७ कार्यालय, सुनकोशी ईन्द्रावती समाज सिन्धुपाल्चोक, नेपाल रेडक्रस सोसाईटी मेलचौर उप–शाखा, सहरी स्वास्थ्य केन्द्र मेलचौर, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुर, सिन्धुपाल्चोक जिल्ला फुटबल संघ, मालिकादेवी सामुदायिक सिकाइ केन्द्र र मेलचौर युवा जागरण समाजको सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले उद्धघाटन गर्नुभएको थियो ।...

‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन सम्पन्न

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, विचार, विचित्र संसार, समाचार, साहित्य
नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चावहिलस्थित ए वान पार्टी प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथी, जुरी एंव वरिष्ठ चलचित्र निर्देशक कमल राइले नाट्यश्वरको मुर्तिलाई पूजा गरी कार्यक्रमको उदघाटन गर्नु भएको थियो भने एनडिए डान्स स्टुडियोका विद्यार्थिहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।संस्थाका निर्देशक छिरिङ लामाको स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गर्दै श्रदान्जली अर्पण गरिउको थियो । सस्थाका सचिव प्रकाश शर्माले आमन्त्रीतहरुलाइ खादा द्वारा सम्मान गर्नु भएको थियो। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी वरिष्ठ चलचित्र नि...

तेक्वान्दो प्रतियोगितामा सोफिया र कुशल उत्कृष्ट

खेलकुद, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका – ५ छाप कभर्डहलमा तेस्रो हिराहरि तेक्वान्दो अन्तर क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता महिलातर्फ सोफिया र पुरुषमा कुशल ढुंगाना उत्कृष्ट खेलाडी भएको छ । उत्कृष्ट भए सङै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । एक दिने तेक्वान्दो प्रतियोगिताको उद्घाटन समारोहमा सभाध्यक्ष चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडा अध्यक्ष शिव श्रेष्ठ , प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका उपमेयर सीता थापा, विशेष अतिथी, जुगल बोर्डिङका सन्चालक तथा प्रधानध्यापक ओम प्रकाश उप्रेतीलगायत अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रतियोयोगिताको क्योरुगि विधातर्फ पुरुष १७ देखि २१ के. जिमा सुजल तामाङले स्वर्ण, सुबिन के सि ले रजत पदक जित्न सफल भएको छ । पुरुष २२ देखि २५ के. जि.मा रोशन कपालीले स्वर्ण प्रबिन लोप्चनले रजत र पुजन ढुंगानाले कास्य, २६ देखि २९ के. ...

गैतमद्धारा सिद्धीगणेश लाइ सरस्वती मन्दिर हस्तान्तरण

ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका – ७ माका रेशम गौतमले सोही वडामा रहेको सिद्धीगणेश माध्यमिक बिद्यालयलाइ एक समारोहका बिच सरस्वतीको मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नु भएको छ । श्री सिद्धिगणेश माध्यमिक विद्यालयलाई सरस्वती मन्दिर हस्तान्तरण गरे सँगै गौतमले पाँच वटा मन्दीर निर्माण गरी हस्तानन्तरण गर्नू भएको हो । २०७३ साल असोज २७ गते अकल्पनीय तरिकाबाट भएको दुर्घटनाबाट दिबगंत हुनु भएका उँहाका धर्म पत्नीको नाममा सिद्धी गणेश माबीमा रु एक लाखको अक्षय कोषको स्थपना समेत गर्नु भएको छ । गौतमको धर्म पत्नी निनुमाँया अक्षय कोषको स्थपना गरेर छात्रबृती सञ्चालन गरिएको छ । उँहाले यस अघी दुर्घटना स्थल साबीक भोटसिपा ५ हाल इन्द्रावती गाँउपालिका १०मा नैना देबी मन्दीर निर्माण गरि समुदायलाइ हस्तानन्तरण गर्नु भएको छ भने चौतारासाँगाचोकगढी नगरपालिका ७को पालेको थुम्कामा राधाकृष्णको मन्दीर निर्माण गरी स...

सुरक्षाको योजना साथ अगाी बढ्न नगर प्रमुख तामाङको आग्रह

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
चाडपर्वको बेला बजारमा चोरी हुने भएकाले बिशेष सुरक्षा योजना बनाएर लाग्न मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले सुरक्षा कर्मीहरु सँग अनुरोध गर्नु भएको छ । उहाँले इलाका प्रहरी कार्यालय मेलम्चीले आयोजना गरेको ६८ औँ प्रहरी दिवस अवसरमा गरिएको वृक्षारोपण तथा सरसफाई कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो ।  उँहाले २४ सै घण्टा नागरिकको सुरक्षामा खटिने निकाय प्रहरी रहेकाले प्रहरी प्रती सधै सम्मान गर्नुपर्ने बताउँदै चोरीका घटनाहरु बढ्दै गएको को ले त्यस तर्फ तर्फ सबैको धएान जान जरुरी रहेको बताउँनु भयो । उँहाले उल्लेख गर्दै हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्नेमा तामाङले जोड दिनुभयो । उहाँले बजार सुन्दर, सफा र आकर्षक बनाउने दायित्व हाम्रै भएकाले सरसफाइ लगायत बजार ब्यबस्थापनको काममा लाग्न सबै नागरिकलाइ आग्रह समेत गर्नुभयो । इलाका प्रहरी कार्यालय मेलम्चीले ६८ औँ प्रहरी दिवसका अवसरमा...

महेन्द्रोदय कपको उपाधि आयोजकलाई

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका – ६ पाटीडाँडामा सम्पन्न महेन्द्रोदय कप २०८० भलिबल प्रतियोगिताको उपाधि आयोजक महेन्द्रोदय माविले नै जितेको छ भने उप बिजेता जाल्पा मावि कोठे भएको छ । असोज २५ गते बिहिवारबाट सुरू भएको खेलमा सुनकोसीका १२ मावि विद्यालयहरू मध्य ८ वटाले प्रतियोगितामा भाग लिएका थिए । शनिबार भलिबल प्रतियोगिता समापन कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रेशम बहादुर पाख्रिनले गर्नु भएको थियो । प्रमुख अथिति सुनकोसी गाँउपालिकाका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिना, विशेष अथिति सुनकोसी – ६ का वडा अध्यक्ष चक्र बहादुर बस्नेत, सुनकोसी –७ का अध्यक्ष ईश्वर तिमल्सिना, महेन्द्रोदय माविका प्रअ कृष्ण प्रसाद दंगाल, सुनकोसी –६ का निबर्तमान वडा अध्यक्ष राम कुमार थापा, चन्दा दाताहरू शिक्षकहरू, विद्यार्थी अभिभावक लगाएतको बाक्लो उपस्थित रहेको थियो । कार्यक्र...

महभीरमा बन्यो विद्यालय, स्थानीय खुशी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–३ महभिरमा विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् । नगरकै विकट र दुर्गम तामाङ समुदायको मात्र बसोबास रहेको महभीर गाउँमा श्री आदर्श आधारभूत विद्यालय निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासिन्दा उत्साहित भएका छन् । प्राथमिक तहको पढाइकै लागि पनि डेढ घण्टा हिँडेर छिमेकी गाउँमा पुग्नुपर्ने समस्याबाट गाउँका केटाकेटीले त्यही समयदेखि मुक्ति पाएका छन् । स्कुल अभावकै कारण पढ्नबाट वञ्चित विद्यार्थीले आफ्नै गाउँमा पढ्ने अवसर पाएकोमा खुशी लागेको स्थानीय बासिन्दा बताउनुहुन्छ । नेपालहिल्फे वाइलंग्रीस इ.भी., जर्मनीको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पोडे तामाङले जानकारी दिनुभयो । शुक्रबार नयाँ भवनको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद सापकोटा र दातृसंस्था नेपालहिल्फे वाइलंग्रीस इ.भी., जर...