बाल सुधार माविको भूतपूर्व बिद्यार्थी समाज तदर्थ समिति गठन
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची –७ दुवाचौर स्थित रहेको श्री बाल सुधार माध्यमिक विद्यालयमा अध्ययन गरि हाल विभिन्न ठाउँमा रहेका भुतपुर्व विद्यार्थीहरुको पहिलो तथा ऐतिहासिक भेला आयोजना गरेको छ ।
भुतपुर्व विद्यार्थी भेला आह्वान मुल समितीको आयोजनामा भएको भेलाले प्रदिप पुरीको अध्यक्षतामा बाल सुधार माध्यमिक विद्यालय भूतपूर्व बिद्यार्थी समाज तदर्थ समिती गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिपा श्रेष्ठ, सचिवमा नवीन श्रेष्ठ, कोषाध्यक्षमा नवीन गिरी सदस्यहरुमा देवराज सुवेदी, कृष्ण ढुंगाना, सोनाम तामाङ, कमला श्रेष्ठ, सुस्मिता गिरी चयन हुनुभएको छ । साथै भेलाले बिद्यालयका पूर्व प्रधानाध्यापक ज्ञानेन्द्र श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ ।
प्रमुख अतिथि वडा अध्यक्ष पासाङ तामाङले भूपू विद्यार्थीहरुको सक्रियतामा भेला आयोजना हुनु खुशिको कुरा रहेको बताउँदै सबै मिलेर दुवाचौरलाई नमुना ...
