सम्पर्क

समाचार

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
  काठमाडौँ, २१ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युएनडिपी र युएनएफपिएसँगको सहकार्यमा आयोजना गरेको “लैङ्गिक उत्तरदायी बजेट तथा यौन तथा तथा प्रजनन स्वास्थ्य अधिकारको प्रवर्द्धनका लागि सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । लैङ्गिक उत्तरदायी बजेट निर्माण प्रक्रियाका सन्दर्भमा राजनीतिक नेताहरूले केही गरौँ भनेर काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट त्यति सहयोग प्राप्त नगरेको उहाँको भनाई थियो । ‘हामी राजनीतिक नेताहरूले नेतृत्वमा हुँदा केही गरौँ भनेर योजना बनाएर अगाडि बढौँ । जनताको आशा जगाउने र फरक खालको नतिजा दिने गरी काम गर्नुपर्छ भनेर लाग्दै आएका छौँ’, मन्त्री चौध...

१५ दिने संगीत तालिम सम्पन्न

समाचार
निर्मल बस्नेत  चौतारा साँगाचोकगढी नगरपालिका –५ को सहयोगमा आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोकले किशोर किशोरीहरुको क्षमता अभिबृद्दि तालिम अन्तरगत १५ दिने संगीत तालिम सम्पन्न गरेको छ । उक्त तालिममा ३० जनाले सीप बिकासको लागि तालिम प्राप्त गर्नुभएको छ । ३० जना प्रशिक्षार्थी सहभागी रहेको गितार बजाउजे तालिममा शुनिल मल्लले प्रशिक्षण प्रदान गर्नुभएको थियो । १५ दिने तालिम बैशाख ५ गतेवाट सुरु भई २१ गते शुक्रबार सम्पन्न भएको हो । तालिम कार्यक्रमलाई प्रभावकारी बनाउन ज्वोति किशोर किशोरी समूह र प्रशंसा किशोर किशोरी समूहले व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गरेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडाध्यक्ष शिव श्रेष्ठले विभिन्न क्षेत्रमा सवैको क्षमताको उजागर र सीप बिकासको लागि वडाले वजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले आगामी दिनमा आवश्यकतालाई हेरेर कार्यक्रम निर्माण गरि वज...

जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
काठमाण्डौँ सरकारले बालबालिकालाई आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन गर्ने भएको छ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिनुभयो । उहाँले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए । खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ...

श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्छ ः शान्ति समाज

समाचार
काठमाण्डौँ श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ । यसैगरी सञ्चार जगत् राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीको स्वार्थको हतियार बन्न नहुनेमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको हो । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले जारी गरेको विज्ञप्तिमा युद्धको चपेटामा सयभन्दा बढी पत्रकारको हत्या गरिएकामा निन्दा गर्दै जस्तोसुकै अवस्थामा पनि पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड दिइएको हो । यसैगरीे लोकतान्त्रिक एवं स्वतन्त्रताको आन्दोलनमा नेपालको सञ्चार जगत्को विशिष्ट योगदान रहेको स्मरण गर्दै शान्ति समाजले अबको बाटो भनेको मर्यादित एवं व्यावसायिक पत्रकारिताकाको क्षेत्रमा अर्को मानक स्थापित गर्नु रहेको उल्लेख गरेको छ । त्यसका लागि सम्बद्धहरुबाटै समीक्षा, मन्थन र मार्ग निर्धारण आवश्...

चौतारा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा पुनः सञ्चालन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
जिल्ला अस्पताल सिन्धुपाल्चोकले ‘फिजियोथेरापी’ सेवा पुनः सञ्चालनमा ल्याएको छ । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले शुक्रबार एक समारोहकाबिच उद्घाटन गर्नु हो । केही समय रोकिएको सेवा चौतारा साँगाचोकगढी नगरपालिकाले उपकरण र जनशक्तिमा सहयोग गरेपछि सेवा पुनः सञ्चालनमा आएको छ । २०७२ सालदेखी २०७९ पौषसम्म ह्याण्डीक्याफ्ट इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा बिचमा रोकिएको थियो । चौता    रा साँगाचोकगढी नगरपालिकाको सहयोगमा फिजियोथेरापिस्ट र आवश्यक उपकरण उपलब्ध भएपछि अस्पतालले सेवा प्रवाह पुनः सुचारु गर्न सफल भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती तथा नगर प्रमुख सापकोटाले फिजियो थेरापीले आम जनताले थप स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । उहाँले सेवालाई संस्थागत गर्ने र निरन्तरताका लागि अस्पतालले व्यहोर्नुपर्ने जिम्मेवारीमा सहकार्य गर्न नगरपालिका तयार रहेक...

चार सय ३६ स्थानमा डढेलो

जिबनशैली, ब्रेकिङ न्युज २, विचित्र संसार, समाचार
काठमाडौँ, २० वैशाखः देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताउनुभयो । “आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।” उहाँका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उहाँका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरु हुन्छन् । “असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिनुभएको छ । “वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण ...

अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन

ब्रेकिङ न्युज २, राजनिती, समाचार
अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन वाइबा निर्विरोध निर्वाचित हुनुभएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुपाल्चोकको २७ औ जिल्ला अधिवेशनबाट रविन वाइबाको अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने, सचिव शुसिल लोप्चन सह–सचिवहरुमा किसन दुलाल, सविना कार्की, रामहरी कार्की, हरिशरण सुनार र उज्जवल रायमाझी, कोषाध्यक्षमा अमिर श्रेष्ठ र कार्यालय सचिवमा राजन स्याङबो निर्विरोध चयन हुनुभएको छ । अध्यक्षको जिम्मेवारी लिँदै वाइबाले संगठनलाई थप प्रभावकारी र चलायमान गर्ने बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । केन्द्रिय अध्यक्ष समिक बढालको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा एमाले केन्द्रिय सदस्य सरेश नेपाल,जिल्ला कमिटिका पदाधिकारी, अनेरास्ववियुका सचिव सञ्जिव धिताल, सचिव एवम बाग्मती प्...

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, २० वैशाख : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको क्षेत्रमा लगानी वृद्धि गर्ने गरी आवश्यक नीति, कानुन र पूर्वाधार विकासका लागि सरकार दृढतापूर्वक अघि बढिरहेको बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८१ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले ‘साइबर स्पेस’लाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको बताउनुभएको छ । “राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक तर्जुमा तथा दूरसञ्चार ऐनको पुनरावलोकन गर्ने काम भइरहेको छ”, मन्त्री शर्माले शुभकामना सन्देशमा भन्नुएको छ, “सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमाको काम अघि बढिरहेको छ ।” सञ्चार तथा सूचना प्रविधिको प्रय...

खोस्टाको फूल बनाउने तालिम सम्पन्न

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
बजारमा तिहार लगायत विभिन्न मेला महोत्सवहरुमा विदेशबाट खरिद गरिएको प्लास्टिक तथा रबरका फूलहरुलाई निषेध गर्ने अभियान आएको छ । यसै अभियानलाई मध्य नजर गर्दै सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. ३ वाफल स्थित वडा कार्यालयमा खोस्टाबाट विभिन्न किसिमका सजावटका फूलहरु बनाउने तालिम सम्पन्न भएको छ । लिसंखुपाखर गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा यहि बैशाख १७ गतेदेखि सुरु भएको तालिम बुधबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा उपस्थित लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, उपाध्यक्ष मिठुदेवी लामा लगायतको उपस्थितिमा रहेको थियो । तालिम समापनसँगै गाउँघरमा खेर जाने मकैको खोस्टाबाट आकर्षक सजावटका फूल हरु बनाईसके पछि त्यसलाई बजार सम्म जोड्ने र विभिन्न समारोहमा यस्तै प्रकृतिका फूल प्रयोग गर्न सकिने कुरालाई गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउनु भयो । यसैगरी कार्यक्रममा उपस्थित गाउँपालिक...