उद्घोषण तथा नेतृत्व बिकास तालिम सम्पन्न
मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा मेलम्ची नगर बाल संजालको समन्वयमा शनिवारबाट सुरु भएको उद्घोषण तथा नेतृत्व बिकास तालिम मेलम्चीमा सम्पन्न भएको छ । वाल संजालका पदाधिकारीहरुलाई उद्घोषण तथा नेतृत्व विकासका लागी आयोजना गरिएको तालिममा मेलम्ची नगरपालिका भित्रका १३ वटा वडाका बाल संजालका दुई जना पदाधिकारी र नगर बाल संजालका पदाधिकारी सदस्य गरी ४१ जनाको सहभागीता रहेको थियो ।
तालिमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सिकेका कुराहरुलाई जोस जाँगरका साथ आगामी दिनमा विद्यालय,वडा,नगरपालिका लगायतका विभिन्न कार्यक्रमहरुमा उद्घोषण तथा मन्तव्य राख्ने बानीको विकास गर्न आग्रह गर्नुभयो । उहाँले बालबालिकाको क्षमता तथा नेतृत्व विकासका लागी नगरपालिकाले विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गरिरहेको उल्लेख गर्दै समाज परिवर्तनको संवाहकको रुपमा काम गर्न सुझाउनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले ...
