सम्पर्क

समाचार

अत्यावश्यक पेट्रोलियम ढुवानीमा हडताल

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ३ असार : नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि उपत्यकाका पेट्रोलपम्पहरुमा सवारी साधनको चर्को लाइन देखिएको छ । सोमबारदेखि पेट्रोलियम पदार्थको ढुवानी रोकिएपछि अभाव सिर्जना भएको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ तथा आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७ ले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सेवाभित्र राखेको छ भने यी सेवामा बन्द तथा हडताल गर्न बर्जित छ । ट्याङ्कर चालक सङ्घमा आवद्ध चालकहरुले भने विद्यमान कानुनी व्यवस्थाको उल्लङ्घन गर्दै आन्दोलनमा उत्रिएका हुन् । नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घको आह्वानमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने चालक तथा सहचालक आन्दोलिन भएपछि आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलका लागि बोलाइएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले राससलाई जानक...

दुव्र्यसन बिरुद्धको सचेतना कार्यक्रम र लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम बाह्रबिसेमा

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कर्थली र बाहबिसे ३ पँलातीमा रहेको क्षेमादेबी माध्यमिक बिद्यालयमा “दुव्र्यसन बिरुद्धको सचेतना कार्यक्रम“ र लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । दुबै बिद्यालयको कार्यक्रम बाह्रबिसे नगरपालिकाका उप–प्रमुख तथा बाह्रबिसे न्यायिक समितिको संयोजक मञ्जु तामाङको प्रमुख अतिथ्यतामा भएको हो । नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख तथा न्यायीक समितीका संयोजक मन्जु तामाङले समाजमा रहेका हरेक मानिसको सोच सकारात्मक भयो भने कुनै पनि बिबाद झैझगडा नहुने, लागुऔषधको प्रयोग नहुने भएकाले पहिलो प्राथमिकता भनेकै समाजलाई सहि र सत्यको सोचमा राख्नु भएकाले यो कार्यक्रमको आबश्यकता भएकाले बिद्यालय स्तरबाट सकारत्मक सन्देस प्रबाह गर्न लागिएको बताउँनु भयो । उहाँले कानुनमा गल्ति...

विश्वकप क्रिकेटः नेपालले बङ्गलादेशसँग खेल्ने

खेलकुद, समाचार
आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ । अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर बङ्गलादेशका लागि भने निकै महत्वपूर्ण मानिएको छ । समूह डि बाट दक्षिण अफ्रिका आठ अङ्कका साथ शीर्ष स्थानमा रहँदै विश्वकपको दोस्रो चरणमा प्रवेश गरिसकेको छ । अब समूह डि बाट सुपर आठमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी छ । नेपाललाई पराजित गरेमा बङ्गलादेश समूहको दोस्रो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गर्नेछ । अङ्क तालिकामा बङ्गलादेशको चार अङ्क छ । विश्वकपमा एक अङ्क बटुलेको श्रीलङ्का भने प्रतियोगिताबाट बाहिरिसकेको छ । नेदरल्यान्ड्सको सम्भावना भने कायमै छ । ...

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम सुरु

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाउँपालिकाको आयोजना तथा प्राकृतिक श्रोत द्वन्द रूपान्तरण केन्द्र नेपाल सिन्धुपाल्चोकको सहजीकरणमा मेलमिलाप कर्ताहरूको लागी  तिन दिवसीय पुनर्ताजगी तालिम सुरु भएको छ । आईतबारबाट टुकी संघ सुनकोशीको भवनको सभा कक्षमा तालिम थालिएको हो । तालिममा बोल्दै न्यायिक समितिको संयोजक सुनकोशी गाउपालिकाको उपाध्यक्ष कान्छी लामाले, स्थानीय विवाद निरुपणका लागि वडा स्तरमा छुट्टै मेलमिलाप कक्षको स्थापना भइरहेको जानकारी दिनुभयो । ‘मेलमिलापकर्ताहरुमा विवादको गाँठो फुकाउन सक्ने क्षमता हुनुपर्छ । विवादलाई वडामा समाधान गर्नु भनेको नागरिकको समय बचाइदिनु हो । खर्चमा वचत गरि दिनु हो । त्यसैले मेलमिलापकर्ताको कुरा सुनेपछि विवादका पक्ष विपक्षहरु मेलमिलापका लागि प्रोत्साहित हुनुपर्छ ।’ उपाध्यक्ष लामाको भनाइ थियो । उद्घाटन तालिमलाई सम्बोधन गर्दै गाउँपालिकाको अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले सानातिना कुराबाट विव...

डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घट्यो

ब्रेकिङ न्युज २, समाचार
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य घटेर आएपछि निगमले सोही अनुसार समायोजन गरेको निगमले जनाएको छ ।...

बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन

कृषि, खानेपानी, खेलकुद, ब्रेकिङ न्युज १, मनोरन्जन, राजनिती, विचार, समाचार, स्वास्थ्य
हेटौँडा (मकवापनुर), १ असार : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन गरेको छ । Budget-Baktabya प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गर्नुभएको वक्तव्यअनुसार आगामी आर्थिक वर्षका लागि उक्त बजेट विनियोजन गरिएको हो । आर्थिक मामिला तथा योजनामन्त्री थपलियाले प्रस्तुत गर्नुभएकोे बजेटमा चालुतर्फ रु २६ अर्ब १० करोड १७ लाख ८२ हजार छुट्याइएको छ । त्यसैगरी पुँजीगततर्फ रु ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रहेको छ । वित्तीय व्यवस्थातर्फ भने रु एक अर्ब ५० करोड विनियोजन गरिएको मन्त्री थपलियाले बताउनुभयो । कुल बजेटमा चालुतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट छुट्याइएको मन्त्री थपलियाले जानकारी दिनुभयो । गत वर्ष प्रदेश सरकारले रु ६२ अर्ब र ७० करोड ९० ...

ठूलो वर्षा भएमा मेलम्चीको खानेपानी बन्द गरिने

खानेपानी, ब्रेकिङ न्युज १, समाचार
मनसुन सुरु भएसँगै ठूलो वर्षा भएमा सरकारले मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भएको छ । बिहीबारदेखि आयोजना बन्द गर्ने तयारी गरिएको भएपनि तत्काल मनसुन सक्रिय नहुँदा बन्द नगरिएको हो । मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरेको छ । मनसुन सुरु भए पनि मुलुकको पूर्वी क्षेत्रमा मात्रै सक्रिय भएको र अन्य भू-भागमा सक्रिय भएको छैन । मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो । “हिजो नै मेलम्ची खानेपानी आयोजना बन्द गर्ने तयारी थियो, तर वर्षा सुरु नभई किन बन्द गर्ने भनेर सुचारु गरिरहेका छौँ,” उहाँले भन्नुभयो, ...

सदस्य सचिवका कारण तेक्वान्दोमा विवाद, उच्च अदालत पाटनले माग्यो लिखित जबाफ

समाचार
नेपाल तेक्वान्दो संघमा सदस्य सचिवको द्वैध चरित्रका कारण तेक्वान्दो संघमा विवाद उत्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको बिषयमा बिबाद निकालेर नयाँ अर्को राष्ट्रिय तेक्वान्दो यूनियन जन्माएपछि तेक्वान्दोमा विवाद आएको कुमार बस्नेतले जानकारी दिनु भएको छ । एउटै प्रकृतिको दुईवटा संस्था दर्ता भएको भनी ६ महिना अगाडि पाटन उच्च अदालतले यो बिषयको मुद्दामा एउटै प्रकृतिको दुईवटा संघ दर्ता गर्न नपाइने र आधिकारिक सघं भनेकै नेपाल तेक्वान्दो संघ भएको भनी फैसला गरिसकेको र उक्त संघ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त संघ हो । अहिले आएर छ महिना पहिले नै उच्च अदालत पाटनले मुद्दाको छिनोफानो गरिसकेको अबस्थामा पुन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक घिसिङले संघलाई राजनीतिक प्रतिसोध साँध्ने उद्देश्यले दुई हप्ता अगाडि आफ्नो कार्य कक्षमा सदस्य सचिव स्तरिय निर्णय गर्दै पुन राष्ट्रिय तेक्वान्दो खोल्ने नि...

स्थानीय स्काउट परिषद प्रमुख आयुक्त तथा सदस्यहरूलाई सपथ ग्रहण

ब्रेकिङ न्युज १, समाचार
स्थानीय स्काउट परिषद प्रमुख आयुक्त तथा सदस्यहरूलाई सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । मेलम्ची नगरपालिका प्रमुख तथा स्काउट संरक्षक आइतमान तामाङको प्रमुख आतिथ्यता, बागमती प्रदेश प्रमुख आयुक्त शिवकुमार त्वायना, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख भगवती तिमल्सिना, स्थानीय प्रमुख आयुक्त, स्थानीय स्काउट परिषद सदस्यहरू लगायतको उपस्थितिमा कार्यक्रम मेलम्चीमा सम्पन्न भएको हो । कार्यक्रममा सम्पुर्ण स्थानीय स्काउट परिषदका सदस्यहरूलाई आफ्नो मर्यादामा प्रतिवद्द हुने गरि सत्य निष्ठा र सधै परोपकार गर्दै समाज र राष्ट्रका लागि काम गर्ने प्रेरणाका साथ सपथ ग्रहण गरेका छन । सपथ ग्रहण मेलम्ची नगरपालिका उपप्रमुख तथा स्थानीय स्काउट परिषद अध्यक्ष उमा प्रधानले गराउनुभयो । कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिका प्रमुख तथा स्काउट संरक्षक आइतमान तामाङले स्काउटको संरक्षणमा आफू लाग्ने बताउनुभयो । नीति तथा कार्यक्र...

चेतनामूलक सडक नाटक प्रदर्शन

#, ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे /पिस्कर त्रिपुरासुन्दरी गाउँपालिका र नेपाल महिला एकता समाज बिचको साझेदारीमा बाल विवाह अन्त्यका लागि सडक नाटक प्रदर्शन गरिएको छ । जेठ ३० देखि ३२ गतेसम्म जनजातिको बाहुल्यता रहेको गाउँपालिकाको वडा नं. २ चोकटीको राम माबिमा , वडा नं. ३ धुस्कुनको धुस्कुन आबिमा र वडा नं. ४ पिस्करको मंगलामाई माबिमा सडक नाटक प्रदर्शन गरिएको हो । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ को मंगलामाई माबिमा शुक्रबार प्रदर्शन गरिएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालको अध्यक्षताम सडक नाटक सम्पन्न भएको थियो । बिबाह वारी, बीस वर्ष पारी भन्ने मुल नारा बोकेको सडक नाटकको मुख्य उदेश्य बाल बिबाह रोकथाम गरी न्यूनीकरण को लागि सचेतना गराउनु रहेको उपाध्यक्ष नेपालले बताउनु भयो। सानै उमेरमा बिबाह गर्दा हुने शैक्षिक, शारीरिक तथा सामाजिक क्षति बारे नाटक मार्फत सन्देश दिइएको थियो।सडक नाटक हेरेपछि अभिभावक...