सम्पर्क

समाचार

जिल्ला अदालत सिन्धुपाल्चोकबाट ६ सय ८३ मुद्दा फछ्यौट

ब्रेकिङ न्युज २, समाचार
जिल्ला अदालत सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८०/०८१ मा ६ सय ८३ वटा मुद्धा फछ्यौट गरेको छ । एक आर्थिक वर्ष विभिन्न प्रकृतिका ६ सय ८३ वटा मुद्धा फछ्यौट गर्ने लक्ष्य लिएको जिल्ला अदालतले सम्बन्ध विच्छेद मुद्धातर्फ ३९९ वटा, बालबालिकातर्फ ३ वटा, थुनुवातर्फ २४ र फैसला कार्यन्वयन सम्बन्धि १ सय ५० वटा मुद्धा फछ्यौट गरेको जानकारी दिनुभएको छ । बिहिबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत सिन्धुपाल्चोकका माननीय जिल्ला न्यायधिस भगवती शर्मा ढुङ्गानाले विभिन्न मुद्धाका १ वर्ष भित्रको २ सय ५९ वटा, १ वर्षदेखी १८ महिनाभित्रको १३ वटा, १८ महिना नाघेको १ वटा मुद्धा गरी २ सय ६३ वटा मुद्धा फछ्यौट हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो आर्थिक वर्षमा ७१.६७ प्रतिशत मुद्धा फछ्यौट भएको छ । अदालतमा धेरैजसो सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेको न्यायधिस ढुङ्गानाले बताउनुभयो । त्यसमा पनि अधिकांश मह...

जनस्वास्थ्यको आयोजनामा मनायो बिश्व जनसंख्या दिवस

ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, समाचार
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा बिश्व जनसंख्या दिबस मनाइएको छ । जिल्ला समन्वय समितिको हलमा मनाइएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायहरु सरकारी तथा गैर सरकारी संघ संस्थाहरको सहभागिता रहेको थियो । जिल्ला समन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा र बागमति प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक दिपक तिवारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले प्रत्येक बिकासको सुचाङ्कमा समावेशीतालाई अंगालेर जनसंख्याको आधारमा काम गर्न सकेमात्र सार्थक हुने बताउँनु भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जीत बहादुर भण्डारीले कुनै पनि राष्ट्रको जनसंख्या कति आवश्यक, पारिवारिक, आर्थिक अवस्था कस्तो रहने भन्ने कुराले विशेष महत्व लिने बताउँनु हुँदै वर्तमान अवस्था चुनौतिपूर्ण रहेको भन्दै जनसंख...

यौन तथा प्रजनन स्वास्थ्य अत्यन्तै गम्भीर बिषय होः श्रेष्ठ

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
यौन तथा प्रजनन स्वास्थ्य अत्यन्तै गम्भिर बिषय भएको जिल्ला सम्मन्वय प्रमुख बालकृष्ण श्रेष्ठले बताउँनु भएको छ । सिन्धुपाल्चोक जिल्ला स्वास्थ्य कार्यालयले बुधबार यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो बताउँनु भएको हो । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा स्थानिय तहका उपाध्यक्ष, विद्यालय शिक्षक, विद्यार्थी लगायत सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले स्वास्थ्य शिक्षा अन्र्तगत यौन र प्रजनन स्वास्थ्य सम्बन्धि अहिले पनि बिद्यालय र समुदाय स्तरमा खुलेर बहस हुने गरेको पाइदैन, यसलाई लुकाएर लजाएर राखिने गरेको छ । यसकारण स्वास्थ्यमा गम्भीर समस्या आइपरेको छ । छात्रछात्रा दुबैमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा जानकारी आबश्यक छ । यसका लागि स्थानीय तहका सरकारबाटै सबैलाई जानकारी गराउँन पर्ने आबश्यकता भएको बताउँनु भयो । जिल्ला भित्रका गाउँपा...

चौतारा नगरमा चार पाटीको दुई कुरा

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका चार राजनितीक दलहरु दुई कित्तामा बिभाजन भएका छन् । नगरपालिकाको १६आंै सभामा दुई पाटि नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र समाजबादी पाटीहरु मध्ये नेपाली काँग्रेस र नेकपा एमाले एकतर्फ माअ‍ेबादी केन्द्र र समाजबादी पाटी एकतर्फ उभिएका छन् । नगर सभामा केहिबेर तनाबग्रस्त भएपछी दुबै पक्षले बिज्ञप्ती निकालेर एक अर्कामा दोष लगाएर दुई कित्तामा उभिएका हुन् । दुई पार्टीको विज्ञप्तीमा यस्तो भनिएको छ ।...

विवादकाबीच चौतारा साँगाचोकगढी नगरसभा सम्पन्न

ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको १६ औ नगर सभामा बिबादका बिच सम्पन्न भएको छ । नगरसभाले शिक्षा, युवा तथा खेलकुद, पूर्वाधार विकास, कृषि, पशु र स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ । नगर सभाले जम्मा १ अर्ब २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैयाँको बजेट पारित गरेको छ । आर्थिक वर्ष ०८१÷८२ को लागि एक अर्व २६ करोड ११ लाख ६१ हजार ६ सय ६१ रुपैयाँको बजेट पास गरेको छ । जसअन्र्तगत कृषि सेवा तर्फ अन्र्तगत प्राङ्गरिक मल कारखाना स्थापना साझेदारी कार्यक्रममा २० लाख, समुह मार्फत् पशुपालन कार्यक्रम संचालनतर्फ २० लाख, पशु बिमा अन्तर्गत ७ लाख, महामारी रोग नियन्त्रण तथा निदान र रोकथाम कार्यक्रम अन्र्तगत २० लाख, बाली संरक्षण कोष स्थापना ३० लाख, सामुदायिक आँखा अस्पतालसँगको समन्वयमा चश्मा व्यवस्थापन अन्र्तगत १ लाख, कफी प्रवद्र्धन कार्यक्रम अन्र्तगत १० लाख, एक घर एक बगैचा कार्यक्रम १० लाख रकम वि...

डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै, बागमतीमा पाँच सयभन्दा बढीमा डेंगु पुष्टि

ब्रेकिङ न्युज २, समाचार
बागमती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । बागमतीमा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी)अन्तर्गतको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले बागमती प्रदेशमा ५०५ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो । इडिसिडीको तथ्याङ्क अनुसार हालसम्म कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहेक ७३ जिल्लामा एक हजार ४८३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । कोशीमा ३५२, गण्डकीमा २२६, लुम्बिनीमा १७१, सुदूरपश्चिममा १६१, मधेशमा ३८ र कर्णाली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको छ । जिल्ला अन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १६५, झापामा १२३ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी, चितवनमा ८६, मकवानपुरमा ६८, डोटीमा ४९, तनहुँ ५२, सिन्धुपाल्चोकमा ४६, ओखलढुङ्गामा ५०, भोजपुरमा ४६, भक्त...

लघुकथा एउटा छुट्टै अस्तित्व भएको आख्यानको स्वतन्त्र बिधा होः वरिष्ठ लघुकथाकार नारायण तिवारी

मनोरन्जन, समाचार, साहित्य
नेपाली लघुकथालाई उचाइमा पुर्याउन हाम्रा थुप्रै अग्रजहरूको योगदान रहेको छ। धेरै अग्रजहरू मध्ये पनि अग्रपंक्तिमा आउने एउटा विशिष्ट नाम हो नारायण तिवारी। नारायण तिवारी याने कि लघुकथा कुनोका संस्थापक एडमिन, जुन पेजको स्थापनापश्चात् लघुकथाले सामाजिक सञ्जालमार्फत अझ उचाइ लिने काम गरेको थियो। लघुकथाकै क्षेत्रमा पाँच दशक लामो यात्रा पूरा गरिसक्नु भएका र यहि क्षेत्रमा उच्च योगदान पु¥याएको भनेर उहाँलाई लघुकथा समाज नेपाल र हाम्रो लघुकथा केन्द्र नेपालले आ– आफ्नो तवरबाट उच्च सम्मान अर्पण गरिपनि सकेको छ। आज उनै साधक, कुशल प्रवन्धक लघुकथाका हस्ती, नारायण तिवारीसंग लघुकथाकै सेरोफेरोमा रहेर हाम्रो लघुकथा केन्द्र नेपालका संरक्षक एवं व्यवस्थापक राजु क्षत्री अपुरोसँगको भलाकुसारी पेश गरेका छौं ।  सर्वप्रथम आफ्नो साहित्यिक यात्रा बारे बताइदिनुहोस् न ? मेरो पहिलो कविता ‘केवल रित्तो संसार छ’ शीर्षकमा वि....

उमानाथ दाहालद्वारा लिखित सनेस लघुकथासङ्ग्रहको विमोचन र विमर्शन कार्य सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
उमानाथ दाहालद्वारा लिखित सनेस लघुकथासङ्ग्रहको विमोचन र विमर्शन कार्य सम्पन्न भएको छ । असार २२ गते शनिबार कौशलटार, भक्तपुरको किङ्स क्याफेमा सो कार्यक्रम हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता के. सी. को सभापतीत्वमा सम्पन्न भयो । लघुकथा गान बजाएर कार्यक्रमको सुरू गरिएको थियो । हाम्रो लघुकथा केन्द्रका सदस्य वन्दना घिमिरेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । सभापती लगायत मञ्चासिन व्यक्तित्वहरू प्रमुख अतिथि देवी नेपाल , विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी र डम्बर घिमिरे , कृतिकार उमानाथ दाहाल , कृतिकारका धर्मपत्नी उर्मिला अधिकारी दाहाल, इन्दिरा चापागाईँ र शेखर अर्यालले कृतिको सामूहिक विमोचन गर्नु भएको थियो । उक्त अवसरमा समीक्षकद्वय इन्दिरा चापागाईँ र शेखर अर्यालले लघुकथाका सैद्धान्तिक पक्षमा आधारित रहेर कृतिगत गुण दोष केलाउनु भयो । कृतिभित्र समाविष्ट ६२ वटा लघुकथाहरुमा अधिकाँश ...

विपद् प्रभावितलाई सहयोग गर्न सांसदको माग

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ प्रतिनिधिसभा सदस्यहरुले बाढीपहिरो र डुबानलगायत मनसुनजन्य विपद् प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ  प्रतिनिधिसभाको आजको बैठकमा उहाँहरुले बाढीपहिराका कारण घाइते भएकाहरुको समयमा उपचार र प्रभावितलाई समयमा नै राहत सामग्री उपलब्ध गराउन माग गर्नुभयो ।  प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले बाढीपहिराका कारण मुलुक आक्रान्त भएको र मनसुनजन्य विपद्का कारण धनजनको क्षति हुनुका साथै सडकखण्डसमेत अवरुद्ध भएको बताउनुभयो । मनसुनजन्य विपद्मा ज्यान गुमाएकाका परिवार तथा घाइतेलाई उचित क्षतिपूर्ति एवं राहतको प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । सांसद लक्ष्मी तिवारीले मनसुनजन्य विपद् जोखिम घटाउन र जोखिम व्यवस्थापनमा सरकारको क्षमता अभिवृद्धि गर्न आवश्यक भएको बताउनुभयो ।  सांसद विद्या भट्टराईले लामाचौर क्षेत्रमा नाला व्यवस्थापन हुन नसक्दा बालकको मृत्यु भएको भन्दै सरकार गम...

कोराबाटै नागरिकको सेवा दिदै जुगलका बिक

ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
सिन्धु पाल्चोक जिल्लाको जुगल गाँउपालिकाका का प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर बिक अहीले उँहाकै पिता स्व बुद्धवीर विकको निधन भए पछी कोरामा बसेरै भए पनी कार्यलयको काम गरिरहनु भएको छ । २०८१असार १४ बाबू बुद्धवीर विकको मृत्यु भएपछि किरिया बस्नु भएका अधिकृत लोकबहादुरले आर्थिक वर्षको अन्त्यमा जनताको काम नरोकियोस् भनी कोरा भित्रैबाट सेवा दिनु भएको हो । २४गते सोमबार राती १२ बजे बाट भुक्तानी बन्द हुन्छ गाँउपालिकाका धेरै कामहरुको भुक्तानी दिन बाँकी छ नागरिकको हरेक समस्या हुन्छ त्यो समस्या समाधान गर्नु पनी दाइत्व भएको भन्दै बिकले सेवा दिनु भएको हो । असार मसान्तसम्ममा सबै कार्यक्रम सम्पन्न गरि भुक्तानी समेत गरिसक्नुपर्ने भएकोले अहिले तिनवटै तहका सरकारलाई अन्तिम भुक्तानी दिन भ्याइनभ्याई छ । यस्तो भ्याइनभ्याई हुने समयमा पालीकाको प्रमुख प्रशासकीय अधिकृत नै किरिया बस्नुपर्ने भएपछि जुगलबासी कामको भुक्तानी...