सम्पर्क

समाचार

लिसंखुपाखरको १८ किलोमा बन्यो यात्री बिश्राम स्थल

ब्रेकिङ न्युज २, समाचार
 सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाउँपालिकाको वडा नं. ५ र ७ को बिचमा पर्ने १८ किलोमा सवारी तथा यात्री बिश्राम स्थलको निर्माण गरिएको छ । नेपालीहरुको महानचाड बिजया दशमी तथा शुभ दिपावली, छठ पर्व नजिकिदै गर्दा सवारी साधनमा भिडभाड हुने तिब्र गतीमा सवारी चलाउँदा दुर्घटना हुने सम्भावना रहेको हुँदा उक्त बिश्राम स्थलको निर्माण गरिएको जिल्ला ट्राफीक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख गोपीराम भण्डारीले जानकारी दिनुभयो । शुक्रबार एक समारोहका बिच उक्त बिश्राम स्थलको निर्माण गरिएको हो । उक्त बिश्राम स्थलमा निःशुल्क शौचालयको व्यवस्था गरिएको छ भने यात्रीहरुलाई आबश्यक पर्ने खानेपानीको व्यवस्था लिसखुंपाखर गाँउपालिकाले गर्ने भएको छ । कार्यक्रमका प्रमुख अतिथी लिसखुंपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले चाडबाडको बेलामा गाडीहरु अलिबढी हतार गरेर दौडने गर्दा समस्या नपरोस् भन्नका लागि यस स्थानमा प्रहरीले ...

त्रिपुराको बजार अनुगमन गर्दा भेटियो म्याद गुज्रिएको सामग्री

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकामा बजार अनुगमन टोलिद्वारा गाउँपालिकाको विभिन्न वडामा गत सोमबारदेखि अनुगमनमा तीव्रता दिएको छ । बिहीवार सम्म पिस्कर,धुस्कुन,चोकटी, तौथली र टेकानपुरमा भएका किराना पसल तथा होटलको अनुगमन गरि आवश्यक सल्लाह सुझाव दिएको हो।म्याद नाघेका र अखाद्य सामग्री बढी बिक्री वितरण भएको र स्थानीयको स्वास्थमा प्रतिकुल असर परेको गुनासो आउने गरेकाले बजार अनुगमन कार्यलाई शुरु गरिएको र जसलाई निरन्तरता दिइने पालिका अध्यक्ष भक्तध्वज बोहराले बताउनुभयो । अनुगमनका क्रममा बिनादर्ता संचालन भएका पसलहरुलाई दर्ता प्रक्रिया पुरा गरी प्यान नम्बर लिन आग्रह गरिएको छ । त्यसैगरी अधिकाशं पसल तथा होटलहरुले सरसफाईको अवस्था सुधार गर्नुपर्ने, प्यान नम्बर ,मुल्यसुची र साइनवोर्ड लगायतका कागजपत्रहरु देखिने गरी पसलमा राख्नुपर्ने लगायतका सुझावहरु दिएको छ । अनुगमनका क्रममा म्याद गुज्...

एसईई २०८० मा उत्कृष्ट हुनेलाई अमेरिका बस्ने सिन्धुवासीको नगदसहित सम्मान

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौं सिन्धुपाल्चोकमा जन्मेर अमेरिका बसोवास गर्दै आईरहेकाहरुको संस्था सिन्धु सोसाईटीले माध्यमिक शिक्षा परिक्षा (एसईई) २०८० मा जिल्लावाट उत्कृष्ट हुने दुईलाई सम्मान गरेको छ । जिल्ला बाट परिक्षामा सामेल भएर उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई सम्मान गरिएको हो । जिल्लाबाट एसइइ परिक्षामा सामेल भएर सर्वोत्कृष्ट अंक ल्याउने भूमेश्वरी माध्यमिक बिद्यालयकी छात्रा नविना भण्डारी र ईश्ट पोइन्ट एकेडेमी गणेश जोतीलाई सम्मान गरिएको हो । जनही नगद ५१ हजार रुपैयाँसहित उनीहरुलाई सम्मान गरिएको सोसाईटीका अध्यक्ष सूर्य खड्काले बताउनुभयो । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठलगायतले बिद्यार्थीलाई सम्मान गर्नुभएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ सहआयोजक रहेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले शैक्षिक सुधारमा सोसाईटी गरेको कामको प्रशंसा...

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छः मन्त्री भण्डारी

समाचार
काठमाण्डौ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ । ‘ह्याण्डीक्राफ्ट, मेड इन नेपाल, मेक इन नेपाल’ भन्ने मूल नारा का साथ भृकुटीमण्डपमा आजदेखि सुरु भएको हस्तकलाका सामग्रीको प्रवद्र्धन गर्ने उदेश्यले आयोजित तीन दिने हिमालयन इन्टरनेशनल एक्स्पोको उदघाटन समारोहमा उहाँले नेपाली कृषकले उत्पादन गरेका हरेक वस्तुको बजारीकरणका लागि वाणिज्य मन्त्रालयबाट छिट्टै कार्यविधि बनाएर खरिद प्रक्रिया थालिने बताउनुभयो । केही समययता जुम्लालगायतका जिल्लामा स्याउको बिक्री नभएर बोटमै सड्न थालेको भनेर हल्ला फिजाइएपछि सरकारले त्यसको बजारीकरण गर्न चाँसो देखाउँदा त्यहाँका स्याउका बोट नै पहिल्यै व्यापारीले ठेक्कामा किनिसकेको जानकारी प्राप्त भएको मन्त्री भण्डारीले बताउनुभयो । “सरकारले कृषक...

चाडपर्व लक्षित बजार अनुगमन तीव्र, गाडीबाट अबैध बिक्री गर्दै हिडेको एक जना जरिवानमा

बिजनेस, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बजारमा नजिकिएको चाडबाडलाई लक्षित गर्दै बजार अनुगमन सुरु गरिएको छ । बजार अनुगमनको क्रममा बिना बिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिडेको एक जना जरिवानमा परेका छन् । उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकमा स्थानीय व्यवसायीले गुनासो गरेपछि संघको सक्रियतामा उनिहरुलाई कार्बाही गरि १५ हजार जरिवाना असुल गरेको जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव उद्योग तथा बाणिज्य कार्यालयका उद्योग अधिकृत बिश्वनाथ काफ्लेले बताउनुभयो । उनिलाई पटक पटक कानुनी प्रकृया पुरा गरेर मात्र सामान बेचबिखन गर्न आग्रह गर्दा समेत बजार अनुगमन समितिको अबज्ञा समेत गर्दै आएकोले जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ । उनलाई कारबाही गर्न बजार अनुगमन समितिमा रहेका उद्योग तथा बाणिज्य कार्यालय, चौतारा साँगाचोकगढी नगरपालिकाका,उद्योग बाणिज्य संघ, नेपाल उपभोक्ता अधिकार मञ्च, नेपाल प्रहरी र स्थानी...

थाङपालभ्याली माविमा अक्षयकोष स्थापना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ४ स्थित थाङपालभ्याली माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाको सुरुवात भएको छ । चिलाउने निवासी दावा लामा र उहाँको परिवारले स्वार्गीय च्युङगु लामाको नाममा एक लाख रुपैयाँको विद्यालय छात्रवृत्ति अक्षयकोषको स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक राजु तामाङ जानकारी दिनुभयो । त्यस्तै स्वर्गीय हजुरबा रामबहादुर तामाङको नाममा नवीन लामाले दश हजार, वडा सदस्य अङ्कमाया तामाङले स्वर्गीय बुबाको नाममा पन्ध्र हजार सहयोग गरि कोषको स्थापना गर्नुभएको विद्यालयले जनाएको छ । विद्यालयमा आयोजित विजया दशमी,शुभ दिपावली, छठ तथा नेपाल संबतको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा सो कोषको स्थापना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले कक्षा ११ र १२ मा मा अध्ययन गर्ने १०÷१० जना विद्यार्थीहरुका लागी प्रति विद्यार्थी १० हजारका दरले सहय...

आज दशैको पहिलो दिन घरघरमा जमरा राखिदै

ब्रेकिङ न्युज २, समाचार
हिन्दु नेपालीहरुको महान चाड दशैँ आजदेखी सुरु भएको छ । दशैको पहिलो दिन आज घरघरमा जमरा राखीदै छ । आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई विजयादशमीका दिन बिसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । आजैदेखि धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा बिदा दिएका छन् । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ ।...

चाडपर्वमा सुरक्षाका लागि एक हजार प्रहरीसहित तालिमप्राप्त कुकुर परिचालन

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
जानकी (बाँके), १७ असोजः चाडपर्वमा हुनसक्ने सम्भावित आपराधिक घटना नियन्त्रण र सुरक्षाका लागि बाँकेमा एक हजार प्रहरी परिचालन गरिएका छन् । भयरहित वातवरणमा दसैँ तिहारजस्ता ठूला पर्व मनाउन प्रहरीले बाँकेमा विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरी र तालिमप्राप्त कुकुर परिचालन गरिएको जनाएको छ । दसैँ, तिहार र छठलगायत चाडपर्वमा हुनसक्ने विभिन्न आपराधिक घटना रोक्ने र शान्ति सुरक्षा कायम गर्ने लक्ष्यसहित बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । “चाडपर्वको समयमा अपराध र गैरकानुनी कार्य रोक्न विशेष सुरक्षा योजना तयार गरेर लागू गरेका छौँ, जिल्लाको सुरक्षा व्यवस्थालाई ध्यान राखेर थप एक हजार प्रहरी परिचालन गरिएका छन्”, उहाँले भन्नुभयो । विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । य...

स्थलगत ‘रिपोर्ट’: बागमतीले सखाप पार्‍यो सात हजार मुरी धान फल्ने खेत

#, ब्रेकिङ न्युज १, समाचार
पाटन (ललितपुर), १७ असोजः ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा लहलह फलिरहेको धान देख्न पाइन्थ्यो । घ्याम्पे दहबाट घट्टेखोलासम्मको सुन्दर फाँटमा पाकेको धानले पहेँलपुर भएको दृश्य स्थानीय हरिप्रसाद घिमिरेका सम्झनामा मात्रै छ । “लहलह झुलेर मनमोहक देखिएका धान भित्र्याउने बेला भइरहेको थियो, बिहीबार रातिदेखि परेको पानीपछि उर्लिएर आएको बागमतीले त्यो सबै सखाप ग¥यो । सात मुरी धान फल्ने सबै खेत खाइदियो, सबै खेत बगर बनाइदियो”, उहाँ भन्नुहुन्छ । दसैँअघि थन्क्याइसक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि आश्रङका किसान निराश छन् । यहाँको फाँटमा करिब १५ सय रोपनीजति खेत थियो भन्नुहुन्छ, वडाध्यक्ष नारायण भोम्जन । “धानसहित खेत लगिहाल्यो, सबैतिर बाटो बन्द छ, बिरामी हुँदा अस्पताल लै...

दसैँको मुखमा कष्टकर यात्रा, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
काठमाडौँ, १५ असोजः वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । अन्य प्राकिृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन् । यही असोज ११ गतेदेखि नै काठमाडौँको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन् । सामान्य रुपमा सडकमा खसेको पहिरो हटाएर सवारी साधन कछुवाको गतिमा चल्न सुरु भएलगत्तै असोज १४ गते दिउँसोबाट रात्रिकालीन सवारी साधन काठमाडौँबाट छुटाउन थालिएको थियो । दसैँका यात्रु भरिभराउ ती रात्रिकालीन बस एकैचोटि निस्किए । राजमार्गमा सुस्त गतिमा मात्रै सवारी साधन चल्नसक्ने अवस्थामा यातायातको चाप अत्यधिक हुँदा ...