गाउँमा घर र जमिनको मूल्य घट्नुको प्रमुख कारण
आरपी गैरे
नेपाल आफ्नो सुन्दर प्रकृति र विविध सांस्कृतिक धरोहरका लागि प्रसिद्ध छ, तर अहिले गम्भीर र बढ्दो चुनौतीको सामना गरिरहेको छः गाउँहरूको जनसङ्ख्या घट्दै जानु र त्यसको बेवास्ता हुनु। कहिल्यै नथाक्ने उर्जाका साथ गुञ्जायमान हुन्थे ती उर्वरभूमिहरू, तर अहिले तिनमा मौनता र उपेक्षाको छायाँ छाएको छ। युवा पुस्ता शहरतिर दौडिरहेकोले गाउँहरूमा बुढा आमा–बुवा र साना बालबालिकाहरू मात्र बस्छन्, जसले गाउँको जीवनशैली र शहरी क्षेत्रमा स्थिरतालाई चुनौती दिइरहेको छ।गाउँहरूबाट युवाहरूको पलायनले गर्दा उर्वर भूमिहरू खालि छन्, र खेतीयोग्य जमिनमा कुनै खेतीपाती गरिँदैन। यो विडम्बना नै हो कि संसारभरि खाद्यान्नको संकट छ, तर नेपालका उर्वर फाँटहरू दिन–प्रतिदिन सुनसान हुँदैछन्। सोच्नुहोस्, पहिले सुनौला गहुँका खेतहरूमा चल्ने हावाले समृद्धिको कथा सुनाउँथ्यो, तर अहिले मौनताको प्रतिध्वनि मात्र सुनिन्छ। यो “ब्रेन ड्रेन“...
