तमु गुरुङ समाज कतारले ग¥यो चेलीबेटी भेटघाट तथा सम्मान कार्यक्रम
दर्शन सुनार / लोकप्रिय दैनिक, कतार
तमू (गुरुङ)समाज कतारको आयोजनामा आयोजित “चेलीबेटी भेटघाट तथा सम्मान“ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । तमुहरुको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथ समाजले प्रवासमा रहेका गुरुङ तथा गैर गुरुङ चेलीहरु सगं शुक्रबार फुलबारी रेष्टुरेन्टको सभाहलमा भेटघाट गर्दै चेली माईतीहरुको सम्बन्धलाई माया सद्भाव तथा दाजु बहिनीहरुको पबित्र सम्बन्धलाई आजिवन दिगो राख्न समाजले हरेक बर्ष हरेक बर्ष बिशेष धुमधामका साथ मनाउदै आईरहेको “माँङी त्हें“ पर्वको साथमा चेली माईती भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको हो । तमु गुरुङ समाज कतारकी अध्यक्ष टौमाया गुरुङको सभापतित्व तथा नेपाली महिला समाज कतारकी अध्यक्ष लोक माया केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विधिवत् उद्घंघाटन सहित दिप प्रज्वलन,ब्यानर अनावरण गरेर् अघि बढेको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष तेज गु...

