नेवा देय दबु सिन्धुपाल्चोक जिल्ला कमिटिको पहिलो बैठक हेलम्बु –३ पाल्चोकमा सम्पन्न भएको छ । विभिन्न ११ वटा प्रस्ताव उपर छलफल गरि महत्व निर्णय गरि बैठक सम्पन्न गरिएको जिल्ला कार्यसमिति सचिव बुद्ध नारायण श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अध्यक्ष राधाकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा नेवा देय दबु केन्द्रिय सचीव हरिकुमार श्रेष्ठको प्रमुख आतिथ्य, राष्ट्रिय परिषद सदस्य रामशरण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि अमृतकुमार श्रेष्ठ, नेवा देय दबु बागमती प्रदेश सदस्य राम गोपाल श्रेष्ठ, एकलाल श्रेष्ठ लगाएत जिल्ला कमिटिको पदाधिकारीहरु तथा महिला नेतृ जिल्ला सचिव रिना श्रेष्ठ लगायतको उपस्थितमा बैठक सम्पन्न भएको हो । नेवा देय दबु हेलम्बु गाउँपालिक कमिटी र भिमेश्वर नेवा गुठी पाल्चोक परिवारले नेवारी संस्कृतिको प्रबद्र्धन सहित सम्पुर्णलाई स्वागत गरिएको थियो ।
