मोना कतारले आगामी शुक्रबार १२औं साधारण सभा गर्दै
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार
म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले १२औं साधारण सभा गर्ने भएको छ । “प्रवासी म्याग्देली दृष्टि,सम्बृद्ध म्याग्देली सृष्टि” भन्ने मुल नाराका साथ कतार देखि गृह जिल्लासम्म सामाजिक क्षेत्रमा सक्रिय रहेको समाजले आगामी शुक्रबार २२आंै बार्षिकोत्सवको अवसर पारेर बिविध साँस्कृतिक कार्यक्रमको साथमा साधारण सभा गर्ने भएको हो । समाजका अध्यक्ष राजु पौडेलले लोकप्रियकर्मी सगंको सवांदमा साधारण सभा तथा बिविध साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । पौडेलले अधिवेशनको अवसर पारेर डिसेम्बर १ तारिक देखी नै साधारण सदस्य र आजिवन सदस्य खुल्ला गरिएको जानकारी दिदै कतारलाई कर्म थलो बनाईरहेका म्याग्देलीहरुलाई समाजमा आवद्ध हुन सबैलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ बजे देखि कार्यक्रम सुचारु हुने कार्यतालिका रह...


