सम्पर्क

समाचार

कतारमा ६९ जना नेपालीहरुले गरे रक्तदान

समाचार
दर्शन सुनार/लोकप्रिय दैनिक, कतार कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ठकुरी सहयोग संजाल, कतारको आयोजना र नेपाली रक्तदाता संघ, कतारको समन्वयमा “३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा ६९ जना नेपालीहरुले रक्तदान गरेका छन् । “रक्तदान गरौ, मानविय तथा परोपकारी कार्यमा सहभागी हौ” भन्ने मुल नारालाई आत्मसाथ गर्दै शुक्रबार अलसाद स्थित कतार नेशनल ब्लड डोनेसन सेन्टरमा संघका अध्यक्ष खगेन्द्र शाही ठकुरीले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरिएको थियो । करिब १५० जना उपस्थिति रहेको कार्यक्रममा ९७ जनाले रक्तदान गर्नका लागी रजिष्ट्रेसन गरेका थिए। जस मध्य ६९जनाले रक्तदान गर्न सफल भएको र २८ जना रक्तदान गर्न बाट बञ्चित भएको कार्यक्रम संयोजक नमराज शाही ठकुरीले लोकप्रिय राष्ट्रिय दैनिकलाई जानकारी दिनुभयो । रक्तदान जस्तो पुण्य कार्यमा सहभागी...

शैक्षिक अभियन्ता गिरिद्वारा ईन्द्रवतीको ८ विद्यालयका ९ सय विद्यार्थीलाई न्यानो कपडा वितरण

ब्रेकिङ न्युज २, समाचार
किरन थापा/नवलपुर शैक्षिक अभियन्ता मोहन बहादुर गिरिले ९ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गर्नुभएको छ । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री ऐसेलुखर्क माध्यमिक विद्यालयमा ७ विद्यालयका विद्यार्थी र शिक्षक प्रतिनिधिको उपस्थितिमा वडा नं ५ का पाँचवटा विद्यालय र वडा नम्बर ४ का ३ वटा विद्यालय गरी ८ वटा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूका लागि पोशाक वितरण गरिएको हो । गिरिले ९०० विद्यार्थी र ६५ शिक्षकलाई एकसाथ न्यानो कपडा वितरण गर्नुभएको हो । ऐसेलुखर्क माध्यमिक विद्यालयमा संघिय सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि वडा नम्बर ५ को ५ वटा विद्यालयहरू श्री ऐसेलुखर्क माध्यमिक विद्यालय, श्री जनसुधार आधारभूत विद्यालय, श्री सरस्वती आधारभूत विद्यालय, श्री नमोबुद्ध आधारभूत विद्यालय र श्री पुष्प गङ्गा आधारभूत विद्यालय तथा वडा नम्बर ४ को श्...

श्री इर्खु मा.बी.मा भगवान

खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको इर्खु माध्यमिक बिद्यालय व्यवस्थापन समितीको अध्यक्षमा भगवान खड्का सर्बसम्मत चयन हुनुभएको छ । शुक्रबार भएको श्री इर्खु माध्यमिक विद्यालयको वि. व्य. स. तथा शिक्षक अभिभावक संघ पुनर्गठन कार्यक्रम ले अध्यक्षमा भगवान खड्कार सदस्यहरुमा युनिक तामाङ , माया श्रेष्ठ,ः डम्बर श्रेष्ठ,सदस्यः सञ्चु तामाङ ,सदस्यः कमला तामाङ ःवडा अध्यक्ष अमृत बहादुर दंगाल(वडा प्रतिनिधि ) लाइ सर्ब सम्मत गरेको छ भने शिक्षकअभिभावक संघको अध्यक्षमा धन बहादुर तामाङ र सदस्यहरुमासञ्जु तामाङ ,निमा तामाङ,गणेश कार्की,सुकमाया घिसिङ ओम कुमारी रानामगर रहनु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं– ८ का वडा अध्यक्ष अमृत बहादुर दंगाल को अध्यक्षता , नगर शिक्षा प्रमुख मातृका आचार्य को प्रमूख अतिथ्यता मा वि. नि . गोपाल खड्का को विशेष आतिथ्यमा बिव्यस पुनर्गठन भएको हो । कार्यक्रममा वडा अध्यक्ष दङ्गालले शिक्षा क्षेत्रम...

चौंथो निसान वक्तित्वकलाको उपाधि लिबर्टी एकेडेमी अत्तरखेललाई

ब्रेकिङ न्युज २, समाचार
राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल निसान को आयोजनामा तथा यन्त्र स्कुलको समन्वयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । “लागु औषध दुव्र्यसनः युवा पुस्ताको चुनौती” विषयक वक्तृत्वकला प्रतियोगितामा सफल लिबर्टी एकेडेमी प्रथम स्थान हासिल गरेको छ । त्यस्तै इष्ट पोइन्ट एकेडेमी द्वितीय र जीवनतारा एकेडेमी तृतीय तथा सान्त्वना स्थान प्राप्त गरेको छ । काठमाण्डौं जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर प्याब्सनका अध्यक्ष सुदीप अधिकारी, कागेश्वरी प्याब्सनका अध्यक्ष कृष्ण गौतम, सामाजिक अभियन्ता उत्तम पुडासैनीलगायत सम्पूर्ण सहभागीता रहेको थियो । संस्थाका अध्यक्ष सौर्यनाथ आचार्यको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव नवराज सापकोटाले गर्नुभएको थियो । उक्त अवसरमा निसानका प्रमुख सल्लाहकार ओम प्रसाद ढकालको पनि उपस्थिति रहेको थियो ।...

पश्मिना उद्योग नेपालको पहिचान होः उद्योगमन्त्री भण्डारी

ब्रेकिङ न्युज १, समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योग नेपालको पहिचान भएको बताउनुभएको छ ।  नेपाल पश्मिना उद्योग सङ्घको अन्तर्राट्रिय स्तरको पहिलो तीन दिने पश्मिना महोत्सव तथा प्रदर्शनीको उद्घाटन गर्दै उहाँले चीन र मंगोलियाजस्ता देशसँग प्रतिस्पर्धा गरेर नेपालको पश्मिनाले अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएकाले पश्मिना नेपालको पहिचान भएको बताउनुभएको हो । “नेपाली पश्मिनाको यति राम्रो बजार छ, सीप पनि छ, विश्व बजारमा चिनाइएको पनि छ, विश्व बजारभन्दा पहिला नेपालमा चिनाउन नसक्नु चिन्ताको विषय हो, युरोप, अमेरिका, जापानलगायत देशमा बजार बनाएको पश्मिनाको थप बजार सुदृढ गर्न कच्चा पदार्थ उपलब्ध गराउने चुनौती र नीतिगत सुधार गर्नुपर्ने खाँचो छ, यसमा सरकार सुधारका काममा जुटेको छ”, मन्त्री भण्डारीले भन्नुभयो । नेपालको धर्मराएको उद्योग क्षेत्रलाई माथि उठाउनुपर्नेमा जोड दिँदै उहाँले सरकारले उद्योग...

फोनिज सिन्धुपाल्चोकको अध्यक्षमा कमला पाख्रीन

#, ब्रेकिङ न्युज २, समाचार
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोक शाखा अध्यक्षमा कमला पाख्रीन सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज (बिहिबार) भएको चौथो अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी शाखाको उपाध्यक्षमा दिपेन्द्र घले, सचिवमा आईसिं तामाङ, सह–सचिवमा रविन दनुवार र कोषाध्यक्षमा कल्पना श्रेष्ठ निर्वाचित हुनुभएको छ । सदस्यहरुमा क्रमशः सरोज लामा, विपना तामाङ गोले, बरदान गुरुङ र प्रेम लामा चयन हुनुभएको छ । सोहीअनुसार संघीय प्रतिनिधिमा सुरेश कसाजु, जीवन श्रेष्ठ, अश्मी स्याङतान र फूलमान तामाङ रहनुभएको छ । त्यस्तै, प्रदेश प्रतिनिधिहरुमा मानकाजी तामाङ, प्रितम गोले तामाङ, निर्मल माझि, सुनिता रखाल र कविता श्रेष्ठ चयन हुनुभएको छ ।...

पूर्व शिक्षक दाहालद्वारा ३ सय ३७ जना विद्यार्थीलाई न्यानो कपडा स्वेटर वितरण

ब्रेकिङ न्युज २, समाचार
इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नवलपुर माध्यमिक विद्यालयमा अध्ययनरत ३ सय ३७ विद्यार्थीहरुको लागि मंगलबार न्यानो कपडा स्वेटर वितरण गरिएको छ । नवलपुरकै श्री सिदार्थ आधारभुत विद्यालयका पूर्व शिक्षक रामकृष्ण दाहालको पहलमा विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण गरिएको हो । दाहाल हाल अमेरिक बसोबास गर्दै समाजसेवा मा सक्रिय रहेका छन् । विद्यालयका प्रधानध्यपक सुरेन्द्रमान श्रेष्ठले दाहाललाई विद्यार्थीहरुलाई स्वेटर वितरण गरि सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै विद्यार्थी हरुको अध्यापन मा थप सहज हुने मा आफू विश्वस्त रहेको बताउनुभयो । विद्यालयमा स्वेटर ल्याउन विद्यालय का शिक्षिका चित्रकुमारी श्रेष्ठले पहल गरेका थिए । स्वेटर वितरण कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।...

सशस्त्र प्रहरीले गरेका कामको नेपाल सरकारले उच्च मूल्यांकन गरेको छ ,गृहमन्त्रीलेखक

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो, आगलागी, भूकम्प, दुर्घटना, महामारीजस्ता प्राकृतिक वा मानव सिर्जित विपद् उद्धारका क्षेत्रमा सशस्त्र प्रहरीले गरेका कामको नेपाल सरकारले उच्च मूल्यांकन गरेको बताउँनु भएको छ । २४ औं सशस्त्र प्रहरी दिवस ‘सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भु’मा आयोजित विशेष समारोहलाई प्रमुख अतिथीको आशनबाट सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । कार्यक्रममा गृहमन्त्री लेखकले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । उाहाले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरी बलले पु¥याएको योगदानबाट सशस्त्र प्रहरीलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभ्याउँन सफल धएको बताउानु भयो । २४औँ सशस्त्र प्रहरी दिवसका अवसरमा बुधबार हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन ...

चौतारामा खानेपानी गुणस्तरीय निगरानी सम्बन्धी अभिमुखीकरण

ब्रेकिङ न्युज १, समाचार
खानेपानी गुणस्तर निगरानी तथा वातावरणीय प्रदुषण नियन्त्रण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम चौतारामा सम्पन्न भएको छ । पानी जन्य विभिन्न रोगहरुको न्युनीकरणका लागि खानेपानी उपभोत्ता समितिका जिम्मेवार प्रतिनिधिहरुलाई जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा खानेपानी गुणस्तर परीक्षण तथा खानेपानी सुरक्षा योजना सम्बन्धी अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रममा खानेपानीको मुहान तथा वितरण प्रणालीको नियमित अनुगमन तथा मुल्याङ्कनबाट उपभोक्ताको खानेपानीको अवस्था पहिचान तथा खानेपानी गुणस्तर निगरानी गर्ने जस्ता बिषयमा छलफल भएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प्रमुख दुर्गा बजगाईंले जानकारी गराउनुभयो । उहाँका अनुसार पानी जन्य रोगहरु जस्तै हैजा जुका¸ झाडापखाला¸ आउँ¸ रगतमासी जस्ता संक्रामक रोगको प्रकोप दरलाई जिल्ला तथा स्थानीय तहमा तुरुन्त न्युनीकरण गर्ने बिषयमा पिउने पानीको परीक्षणको विष...

मृगौला पीडित कान्छा पराजुलीलाई हाम्रो जन्मभूमिको ५१ हजार सहयोग

ब्रेकिङ न्युज २, समाचार
मृगौला पीडित काभ्रेपलान्चोक जिल्ला मन्डनदेउपुर नगरपालिका वडा नं. १२ स्थायी हाल टिकाथलि बसोबास गर्ने ५१ वर्षिया कान्छा बहादुर पराजुलीलाई हाम्रो जन्मभूमि सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । पराजुलीलाई उपचारका लागी नगद ५१ हजार १ सय पाँच रुपैयाँ आर्थिक सहयोग गरेको हो । जन्मभूमि संस्थाको अध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा संस्थाका प्रमुख सल्लाहकार निमनाथ फुयाँलको प्रमुख आथित्यता, चौतारा सागाचोकगढि नगरपालिका वडा –१३ का वडा सदस्य धन बहादुर श्रेष्ठको विशेष आतिथ्ययतामा एक कार्यक्रम बिच उक्त रकम हस्तान्तरण गरेको थियो । संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता देउजा थापा, केन्द्रीय सदस्यहरू झम्क बहादुर श्रेष्ठ, प्रमीला बस्नेत थापा, हेम बहादुर अधिकारी , आजीवन तथा संस्थापक सदस्य देवकी ढुङ्गाना, बिरामी कान्छा बहादुर पराजुली लगायतका समाजसेवी सहयोगी तथा सहयात्रीको उपस्थिति रहेको थियो । आर्थ...