नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकको प्रथम अधिवेशन सम्पन्न
नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक आदीबासी जनजाती महासंघ सिन्धुपाल्चोकको प्रथम जिल्ला अधिबेशन एक भव्य समारोहका बिच सम्पन्न भएको छ ।
नेपाली काँग्रेस बागमती प्रदेसका सह–महामन्त्री हरिशरण श्रेष्ठको प्रमुख अतिथ्यतामा सिन्धु काँग्रेसका सभापती जङ्ग बहादुर लामाको बिशेष अतिथ्यतामा सम्पन्न अधिबेशनमा नेपाली काँग्रेसको माहधिबेशनमा जिल्लाको सभापती पदका प्रत्यासीहरु डा. प्रेमध्वज लामा बंशलाल तामाङसहित सभापती जङ्ग बहादुर लामा एकै ठाउँमा बसेर सिन्धु काँग्रेस एक ढिक्का रहेको कुनै गुुट उपगुट नरहेको दाबी गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस बागमती प्रदेस सह–महामन्त्री हरिशरण श्रेष्ठले नेपाली कांग्रेसले आदिवासी जनजातीहरुको पहिचानको युद्धलाई उत्थान गर्दैन भनेर बारम्बार विपक्षीले प्रहार गरिरहेता पनि आज आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको र लाखौं आदिवासीलाई एउटै संगठनमा...
