आँखा पाक्ने रोगबाट बच्न सरसफाइ र सामाजिक दूरी कायम गर्न सुझाव
चितवनसहितका जिल्लामा यति बेला आँखा पाक्ने रोग निकै बढेर गएको छ । कतिपय पालिका शिक्षण संस्था बन्द गरेर रोग नियन्त्रणमा जुटेका छन् । चिकित्सकले कोभिड–१९ झै हातको सरसफाइ, सामाजिक दूरी कायम गर्नसके रोगबाट बच्न सकिने सुझाव दिएका छन् ।
भरतपुर आँखा अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले आँखा पाक्ने रोग फैलिन नलिन कोभिड–१९ मा जस्तै हातको सरसफाइ र सामाजिक दूरीमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कोभिडको जस्तै समय समयमा हात धुनुपर्छ, हातले आँखा छुनु हुँदैन, सङ्क्रमित बिरामीबाट टाढै रहनुपर्छ ।” आँखा पाक्ने रोग ९पिङ्क आई डिजिज० विशेषत वर्षा मौसममा बढी देखिने जनाउँदै उहाँले सामान्यतया भाइरसले नै यो रोग फैल्याउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “एकै समयमा धेरै जनालाई हुने सरुवा रोगका रुपमा हामीले यसलाई लिएका छौँ ।” यो रोग एकबाट अर्कोमा नजिकको सम्पर्क ९क्लोज कन्ट्याक...
