सम्पर्क

#

सिन्धुपाल्चोकमा  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तालिम सम्पन्न

सिन्धुपाल्चोकमा  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि आधारभूत तालिम सम्पन्न

#, ब्रेकिङ न्युज १, शिक्षा, समाचार, स्वास्थ्य
  सिन्धुपाल्चोक जिल्लाका  राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले  सञ्चालन गरिएको १० दिने आधारभूत तालिम सफलतापूर्वक सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको नेतृत्व तथा सिन्धु स्वास्थ्य परियोजनाको प्राविधिक र व्यवस्थापन  सहयोगमा सुनकोशी गाँउपालिकामा आयोजित तालिममा जिल्लाका विभिन्न स्थानीय तहबाट  महिला ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। तालिममा अवधिभर सनुदाय स्तरमा स्वास्थ्य सेवा प्रवाह, मातृ तथा शिशु स्वास्थ्य, पोषण, परिवार नियोजन, खोप, सरसफाइ तथा स्वस्थ्य सचेतजा सम्बन्धी विभिन्न विषयमा सहभागीहरुलाई प्रशिक्षण् प्रदान गरिएको थियो । तालिमले स्वयंसेविकाहरुको ज्ञान, सीप र कार्यक्षमता विकासमा सहयोग पु¥याएको आयोजकको भनार्य छ । समापन कार्यक्रममा जनासवास्थ्य कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्र...
जिल्ला प्रशासन कार्यालयका अगुवाइमा बाह्रबिसेमा बजार अनुगमन, अखाद्य सामाग्री नष्ट

जिल्ला प्रशासन कार्यालयका अगुवाइमा बाह्रबिसेमा बजार अनुगमन, अखाद्य सामाग्री नष्ट

#, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक, – उपभोक्ताको स्वास्थ्य र हित संरक्षणका लागि सिन्धुपाल्चोक जिल्लको बाह्रविसे नगरपालिकाभित्र सञ्चालित विभिन्न व्यवसाय तथा सेवा प्रदायक संस्थाहरूमा आइतबार संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको समन्वयमा सम्पन्न अनुगमनमा स्थानीय तह, उद्योग तथा वाणिज्य कार्यालय, जनस्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, उपभोक्ता अधिकारसम्बन्धी संस्थाका प्रतिनिधि तथा सुरक्षा निकायको सहभागिता रहेको थियो। अनुगमन टोलीले खाद्यान्न पसल, होटल, औषधि पसल, मेडिकल तथा निजी स्वास्थ्य संस्थासहित ३९ वटा व्यवसायिक प्रतिष्ठानको निरीक्षण गरेको जनाएको छ। निरीक्षणका क्रममा म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त ठहरिएका करिब ६ हजार ३ सय ३३ रुपैयाँ बराबरका सामग्री फेला परेपछि नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालयले जनाएको छ। अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नवीकरण नगरेका, सरसफाइमा प...
भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री सहयोग

भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री सहयोग

#, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, जेठ १४ — पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा रहेको श्री भूमेश्वरी आधारभूत विद्यालयका विद्यार्थीहरूले ट्र्याकसुट तथा विद्यालयले विभिन्न शैक्षिक सामग्री सहयोग प्राप्त गरेका छन्। सामाजिक उत्तरदायित्व अन्तर्गत Global Inclusive Adventure Organization ले उक्त सहयोग उपलब्ध गराएको हो। आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यालय परिवारले संस्थाका प्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै संस्थाकी प्रतिनिधि रञ्जिता ढुंगानाले संस्थाले शिक्षा, वातावरण संरक्षण र महिला सशक्तीकरणलाई प्राथमिकतामा राखी विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले छात्रवृत्ति, पर्यटनसम्बन्धी सीपमूलक तालिम तथा समुदाय केन्द्रित गतिविधिहरूमार्फत स्थानीय स्तरमा सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो। संस्थाका प्रतिनिधिहरू मनमाया तामाङ र...
समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

समाजसेवी खड्काको सहयोगमा सुनकोशीका ४ विद्यालयलाई महावीर पुनका पुस्तक वितरण

#, कृषि, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
 महावीर पुन का आविष्कार र आत्मकथासम्बन्धी पुस्तकहरू सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका अन्तर्गतका चार विद्यालयमा वितरण गरिएको छ। सुनकोशी गाउँपालिका–५ स्थित बर्दानेश्वर महादेव मन्दिर संरक्षण संस्था को पहलमा वडा नं. १ को बाघ भैरव माध्यमिक विद्यालय, वडा नं. ४ को गणेश माध्यमिक विद्यालय तथा वडा नं. ५ का भुमेश्वरी माध्यमिक विद्यालय र रतनकोट आधारभूत विद्यालय मा पुस्तक वितरण गरिएको हो। संस्थाका अध्यक्ष कुमार बस्नेत ले पुस्तक वितरण कार्यक्रममार्फत विद्यार्थीहरूमा अध्ययन, अनुसन्धान र नवप्रवर्तनप्रति रुचि जगाउने उद्देश्य रहेको जानकारी दिनुभयो। उक्त पुस्तक खरिदका लागि आवश्यक आर्थिक सहयोग सुनकोशी गाउँपालिका–५ सुनखानी निवासी समाजसेवी व्यक्तित्व रत्नबहादुर खड्का का कान्छा सुपुत्र तथा हाल अष्ट्रेलियामा वकील पेशामा आबद्ध एवं गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सचिव कल्याण खड्काले व्यवस्थापन गर्नुभएको हो। आव...
श्रम अधिकार र मानव बेचबिखनविरुद्ध सचेतना फैलाउन सिन्धुपाल्चोकमा कार्यक्रम आयोजना

श्रम अधिकार र मानव बेचबिखनविरुद्ध सचेतना फैलाउन सिन्धुपाल्चोकमा कार्यक्रम आयोजना

#, ब्रेकिङ न्युज २, विचार, शिक्षा, समाचार
सिन्धुपाल्चोक । अन्तर्राष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा श्रमिक अधिकारको संरक्षण तथा मानव बेचबिखनविरुद्ध समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सुनिता फाउण्डेशनले मेलम्ची नगरपालिका–४ थकनी, बसेरीमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा श्रमिकका अधिकार, सुरक्षित वैदेशिक रोजगारीका प्रक्रिया, वैदेशिक रोजगारीसँग जोडिएका जोखिम तथा मानव बेचबिखनबाट जोगिने उपायबारे सहभागीहरूलाई जानकारी गराइएको थियो। विशेषगरी बदलिँदो सामाजिक परिवेशसँगै मानव बेचबिखनका स्वरूपहरू कसरी परिवर्तन भइरहेका छन् भन्ने विषयमा पनि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूलाई वैदेशिक रोजगारीका क्रममा हुने ठगी, प्रलोभन र शोषणका घटनाबाट सतर्क रहन आग्रह गरिएको थियो। साथै लैङ्गिक असमानता, घरेलु हिंसा, सामाजिक विभेदजस्ता समस्याले मानव बेचबिखनको जोखिम बढाउने भएकाले समुदायस्तरबाटै सचेतना आवश्यक रहेकोमा जोड दिइएको थियो। ...
सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँचबुँदे सहमति, २३ औँ दिनमा अनशन तोडियो

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ६ जेठः बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनाको निष्पक्ष अनुसन्धानलगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहनुभएकी अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मङ्गलबार पाँचबुँदे सहमति भएको छ । सहमति भएसँगै उहाँले आफ्नो २३ औँ दिनको अनशन अन्त्य गर्नुभएको छ । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले पानी खुवाएर अनशन तोडाउनुभएको हो । बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो । उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्ले र प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दाहाल हुनुहुन्थ्यो । उक्त टोलीले सोमबारदेखि नै अधिकारकर्मी ...
गोल्मादेवी माध्यामिक विद्यालयमा आधुनिक वर्षा पानी शुद्दिकरण प्रणाली हस्तातन्तरण

गोल्मादेवी माध्यामिक विद्यालयमा आधुनिक वर्षा पानी शुद्दिकरण प्रणाली हस्तातन्तरण

#, खानेपानी, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक, जेठ  ०५- चौतारा साँगाचोकगढी नगरपालिका–९, जितपुरस्थित श्री गोल्मादेवी माध्यामिक विद्यालयमा जडान गरिएको आधुनिक आकासीय पानी संकलन तथा शुद्दिकरण प्रणाली को औपचारिक हस्तान्तरण सम्पन्न भएको छ। Gravity Water Nepal को  सहयोगमा स्थापना गरिएको उक्त प्रणाली विद्यालय तथा स्थानीय समुदायलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी उपलब्ध गराउने उदेश्यले सञ्चालनमा ल्याइएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा पिद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवी तथा विभिन्न सरोकारवाला निकायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुले विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तार हुनु सकरात्मक उपलब्धि भएको बताएका थिए । कार्यक्रममा Gravity Water Nepal का प्रतिनिधिहरूले वर्षाका पानी संकलन गरी आधुनिक प्रविधिबाट शुद्दिकरण गरेर प्रयोगमा ल्याइने प्रणालीबारे जानका...
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति

#, ब्रेकिङ न्युज २, विचार, समाचार
काठमाडौँ, ३ जेठ : आर्थिक वर्ष २०९२/९३ सम्म खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चुल्होमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत बृद्धि तथा निर्यात रणनीति, २०८३ सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आम जनताको सुझावका लागि सार्वजनिक गरेको सो रणनीतिले खाना पकाउने एलपी ग्यासको प्रयोग क्रमशः घटाउँदै न्यून गर्ने लक्ष्य राखेको छ । विद्युतीय चुल्होमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढाउने लक्ष्यका साथ सरकारले सो रणनीति सार्वजनिक गरिएको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा रु ४१ अर्ब ६५ करोड बराबरको खाना पकाउने ग्यासको आयात भएको छ । सो अवधिमा कूल ४१ लाख मेट्रिक टन ग्यास आयात भएको छ । आव २०८१/८१ मा कूल रु ६२ अर्ब ५८ करोड बराबरको ग्यास आयात भएको थियो । सो आवमा ५५ लाख मेट्रिक टन ग्यास आयात भएको थियो । ...
‘एभरेष्ट  म्यान’ कामीरिताले फेरी बनाए विश्व कीर्तिमान

‘एभरेष्ट म्यान’ कामीरिताले फेरी बनाए विश्व कीर्तिमान

#, ब्रेकिङ न्युज १, विचार, समाचार
नेपाली पर्वतारोही कामीरिता शेर्पाले विश्वको स्र्वौच्च शिखर सगरमाथा ३२ औँ पटक आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई थप अचाईमा पुर्याएका छन् । उनी विश्वभर ‘एभरेष्ट म्यान’ का रपमा परिचित छन् । अभियान आयोजकका अनुसार ५६ वर्षीय कामीरिताले आईतबार बिहान सफलतापूर्वक सगरमाथाको चुचुरोमा पाईला टेकेका हुन् । यससँगै उनले संसारमा सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नो कििर्तमानलाई अझ बलियो बनाएका छन् । सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । त्यसयता उनी सगरमाथा, केटू, मनास्लु, ल्होत्से लगायतका ८ हजार अग्ला हिमालहरु ४५ पटक उक्लिसकेका छन् । उनी हरेक वर्ष आरोही टोलिलाई मार्गदर्शन गर्दै सगरमाथा चढ्दै आएका छन् । उनले एउटै सिजनमा पाँच पटकसम्म पनि सगरमाथा आरोहण गरिसकेका छन् ।  ...
बजार व्यवस्थापनमा मेलम्ची नगरपालिकाको सक्रियताःमूल्यसूची राख्न व्यवसायीलाई आग्रह

बजार व्यवस्थापनमा मेलम्ची नगरपालिकाको सक्रियताःमूल्यसूची राख्न व्यवसायीलाई आग्रह

#, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
मेलम्ची नगरपालिकाले उपभोक्ताको संरक्षण, बजार अनुशासन कायम तथा व्यवसायिक पारदर्शिता सुदृढ गर्ने उद्देश्य सहित तीनदिने बजार अनुगमन सम्पन्न गरेको छ। नगरपालिकाको नेतृत्वमा सञ्चालन गरिएको उक्त अनुगमन कार्यक्रममा नगर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गत २९ देखि ३१ गते सम्म सञ्चालन गरिएको अभियान अन्तर्गत मेलम्ची, बाहुनेपाटी, भोटेचौर, तालामाराङ, दुवाचौर, सिन्धुखोला लगायतका प्रमुख बजार क्षेत्रमा सञ्चालित खाद्य पसल, होटल, ग्यास डिलर, बेकरी तथा अन्य व्यवसायहरूको स्थलगत निरीक्षण गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा व्यवसायहरूलाई वस्तु तथा सेवाको स्पष्ट रुपमा देख्नेगरी मूल्यसूची अनिवार्य राख्न आग्रह गरिएको छ। बजारमा हने अस्वाभिक मूल्यवृद्दि,उपभोक्ता ठगी, नियन्त्रण उदेश्यले अभियान सञ्चालन गरिएको जनाएको छ ...