सम्पर्क

#

पाँचपोखरीको लार्के स्थित निकताता बन्यो झोलुङ्गे पुल,स्थानीयमा खुशीयाली

#, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
    देबराज सुबेदी, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३मा पर्ने निकतातामा झोलुङ्गे बनेपछि स्थानिय खुशी भएका छन् । लार्के गाउँबाट लगभग ४ घण्टा हिडेर पुगिने निकतातामा पुल बनेसँगै स्थानिले खुशियाली मनाएका छन् ।पुल निर्माणसंगै बर्षौ देखि भोग्दै आएको दुःख हटेको स्थानियले बताएका छन् । लार्के नदिमा नदीमा पुल नहुँदा स्थानीयले मात्र नभएर पर्यटकहरुले समेत धेरै समस्या भोग्दै आएका थिए । झोलुङ्गे पुल बनेपछि निकै खुशी लागेको स्थानीय बुद्धरानी तामाङले बताउनुभयो ।हिउँदको समयमा फड्के लगायत अन्य माध्यमबाट तुल तर्दै आएपनि बर्खा याममा अत्यधिक समस्या हुने गरेको थियो । आफ्नो ज्यान जोखिममा पारेर खोला तर्ने गरेका स्थानिय गाउँपालिकाले पुल बनाइदिएपछि खुशि भएका हुन् ।नवनिर्मित झोलुङ्गे पुलको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्दै...

विपत्तिबाट विस्थापित बाह्रबिसेका २२ परिवारलाई जग्गाको पुर्जा

#, ब्रेकिङ न्युज २, समाचार
कुमार बस्नेत (अधिराज) / बाह्रबिसे प्राकृतिक विपत्तिबाट विस्थापित भएका बाह्रबिसे नगरपालिकाभित्रका २२ घर परिवारले शनिबार घर निर्माणका लागि जग्गा धनी पुर्जा पाएका छन् । बाह्रबिसे नगरपालिकाभित्र बाढी, पहिरो तथा प्राकृतिक विपत्तिको मारबाट विस्थापित भएका परिवारलाई नगरपालिकाभित्र जग्गा उपलब्ध गराइ पुर्जा वितरण गरेको बाह्रबिसे नगरपालिकाले जनाएको छ । ’हामीले बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट विस्थापित भएर घरबार तथा जग्गाविहीन भएका स्थानीयको पहिचान गरी जग्गा धनी पुर्जा दिएका छौं, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले विपत्तिको मार खेप्नु परेको थियो,’ नगर प्रमुख बालकृष्ण बस्नेतले भन्नुभयो । नगरभरिको प्राकृतिक विपत्तिबाट विस्थापित भएकाहरूको पहिचान गरेर यसअघि १४ घर परिवार र शनिबार २२ घर परिवारलाई पुर्जा दिएको बस्नेतले बताउनुभयो । ’सिन्धुपाल्चोकमा स्थानीय तहमा सम्भवतः बाह्रबिसे नगरपालिका पहिलो हो...

लगानी सम्मेलनः सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

#, ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, १७ वैशाख: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा लगानीका लागि नेपाल उपयुक्त मुलुक रहेको बताउनुभएको छ । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा आज ‘सूचना प्रविधिः लगानीको उत्कृष्ट क्षेत्र’ विषयक सत्रलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधि उद्योगमा लगानी गर्न नेपालीमात्र नभई विदेशी लगानीकर्ताका लागि पनि नेपाल उपयुक्त स्थल रहेको बताउनुभयो । मन्त्री शर्माले मुनाफाआर्जनको वातावरण बनाएर लगानी र लगानीकर्ताको सुरक्षा गर्दै संसारकै उँचो हिमाली मुलुक नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय ‘हब’ बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधि क्षेत्रको लगानीमार्फत हुने डिजिटल रूपान्तरण र समृद्धिको यो महाअभियानमा सहभागी हुन र यसबाट मनग्य लाभलिन देशभित्र तथा देशबाहिरका सम्पूर्ण लगानीकर्तालाई आह्वान गर्दछु । मन्त्री शर्माले नेपालम...

आज चैते दशै रामनवमी मनाइँदै

#, ब्रेकिङ न्युज २, समाचार
आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । “मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उहाँले भन्नुभयो, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ ।”...

आगामी बजेटमा क्षेत्रीय सन्तुलन कायम गर्न पहल गर्नेछुः मन्त्री भण्डारी

#, ब्रेकिङ न्युज १, समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा बजेटको क्षेत्रीय सन्तुलन कायम गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले यसअघि सुदूपश्चिममा सधैँ कम बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै आगामी बजेटमा त्यस्तो हुन नदिनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभएको हो । सुदूरपश्चिममा समृद्धिका लागि अपार सम्भावना भए पनि तुलनात्मकरुपमा पिछडिएको उल्लेख गर्दै मन्त्री भण्डारीले त्यसका कारणको खोजी गरी समाधानमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा यस क्षेत्रको बजेट ६÷७ प्रतिशतभन्दा बढी हुन सकेन, आगामी आवमा बजेटको क्षेत्रीय सन्तुलनका लागि पहल गर्नेछु ।” सुदूरपश्चिमका पहाडी जिल्लामा रोजगारी कम हुँदा न्यून आम्दानीका लागि पनि भारत जार्नुपर्ने बाध्यता हटाउन आफ्नो मन्...

महिलाहरुका लागि उद्घोषण तालिम सञ्चालन हुने

#, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ३ दिने उद्घोषण सम्बन्धि तालिम संचालन हुने भएको छ । आईतबार चैत्र २५ गते जारी भएको सूचनाको मितिले ७ दिन निवेदन दिन समय तोकिएको छ । गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत नवराज खत्रीद्धारा प्रकाशित सूचनामा उल्लेख गरे बमोजिमका गाउँपालिका भित्र स्थायी बसोबास गर्ने ईच्छुक महिलाहरुले आवेदन दिन आव्हान गरेका छन् । आबेदन दिनका लागी निवेदन, नागरिकताको प्रतिलिपि, फोटो २ प्रति (पासपोर्ट साइज), निवेदकले लेख्न र पढ्न जानेको हुनुपर्ने पर्नेछ ।  ...

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बस्नेत निर्वाचित

#, ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धराज बस्नेत निर्वाचित हुनुभएको छ । संघको २८औ साधरण सभा तथा ११औ अधिबेशन अन्तर्गत बाह्रबिसेमा सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालको लागि अध्यक्ष पदमा बस्नेत ९ सय ५ मतले विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी सुमन खत्रीले ६ सय ८४ र शम्भु बहादुर तिमल्सिनाले दुई सय ९७ मत प्राप्त गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान ८ सय १२ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी सूर्यबहादुर कार्की ६ सय ९४ र विदुर पराजुलीले ३ सय ४६ मत प्राप्त गरेको थियो । द्वितीय उपाध्यक्षमा इन्द्रबहादुर राउत एक हजार ५२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी राजेश श्रेष्ठले ७ सय ९७ मत प्राप्त गर्नुभएको थियो । यसैगरी सदस्यहरूमा उमेश श्रेष्ठ, अशोककुमार श्रेष्ठ, गणेश नेपाल, अम्बरबहादुर श्रेष्ठ, राजकुमार बस्नेत, सुरज तिमल्सिना, चेङा शेर्...

शिक्षामन्त्रीद्वारा अनुगमन : समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन निर्देशन

#, खेलकुद, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार
भक्तपुर, १ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गर्नुभएको थियो । मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइको अवस्था र वितरणको प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । मन्त्री श्रेष्ठले भन्नुभयो, “पाठ्यपुस्तक छपाई समयमै सम्पन्न हुनुपर्यो, पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउनु होला ।” केन्द्रका प्रबन्ध निर्देशक झाले मन्त्री श्रेष्ठलाई भर्ना अभिय...

अन्तर्राष्ट्रिय महिला दिवस : सोचमा परिवर्तन आवश्यक

#, जिबनशैली, विचार, विचित्र संसार
काठमाडौँ, २५ फागुन (रासस) : “मेरो बुबाले मेरो मानसिक असन्तुलन भएको आमा र म जस्तै फरकरुपमा सक्षम (अपाङ्गतासँग रहेको) मेरो बहिनी र मलाई बेघर गरी दिनुभयो । मामाघरमा बसेर पढाई लेखाई गरेर काम गर्न सक्षम भएपछि आफ्नो परिवारलाई धान्न सरकारी विद्यालयमा पढाउन थालें । हाम्रो नेपालको संविधानले दिएको प्रावधानमार्फत मेरो फरक सक्षमता अनुसार नियमित जागिर पाउन आवेदन गरें तर विभिन्न कारणवश नेपाल सरकारको म जस्ताको लागि भएको प्रावधान पनि मैले पाउन सकिन । अब मेरो संरक्षण कसले गर्ने ?” सोध्छिन् मधेस प्रदेशको एक अपाङ्गतासँग रहेकी एक नेपाली छोरी । २०२४ मा सारा संसारभरि नै हरेक वर्ष झैँ मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । त्यसबेला, हामीले नेपालका कैयौं यस्ता छोरीहरुको जसको शिक्षा, स्वास्थलगायतका मानव अधिकार छिनिएको छ, उनीहरुको पीडालाई बुझेन आवश्यक छ । अफगानिस्तानलगायत संसारभरिकै ती मानव, जसले लिङ्ग र ल...

डडुवा बचत तथा ऋण सहकारीको १५औं बार्षीक साधरणसभा सम्पन्न

#, कृषि, बिजनेस, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १४ मा रहेको डडुवा बचत तथा ऋण सहकारी संस्थाको १५औ बार्षिक साधरणसभा एक समारोहका बिच शनिबार सम्पन्न भएको छ संस्थाका अध्यक्ष केशव प्रसाद नेपालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष उद्धव प्रसाद नेपालले उद्घाटन गर्दै सहकारीताको माध्यमबाट गरेका काम सबै सफलता हुने भएकोले सहकारीताको माध्यमबाट काम गर्नेलाई स्थानिय सरकारले पनि प्रोत्साहन गरिने बताउनु भयो ।उहाँले डडुवाका रहेका सहकारि मध्य डडुवा बचत तथा ऋण सहकारि संस्थाले वडाबासीको साना–साना समस्या समधान गर्न अग्रणी भुमिका निर्बाह गरेकोमा विशेष धन्यबाद दिनुभयो । उहाँले युवाशक्ति बिदेसिने क्रम बढेको र घरमा बुढाबुढी मात्र बस्ने गरेको प्रती दुखेसो पोख्दै उत्पादनमुखी र रोजगारमुखी काममा सहकारीहरुले प्रोत्साहन दिनपर्ने बताउँनु भयो । उहाँले १४ न...