सम्पर्क

ब्रेकिङ न्युज १

हेलम्बुको रातोपुलमा बेलिब्रिज निर्माणकार्य सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
मेलम्ची बाढीले पूर्ण क्षति गराएको सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बु जोड्ने रातोपुलको बेलिब्रिज निर्माणकार्य सम्पन्न भएको छ । बाढीले रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालको रूपमा रेहेको अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँको लागतमा बेलिब्रिजको निर्माणकार्य नेपाली सेनाले जिम्मा लिएको थियो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अब गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउनुमा बेलिब्रिजले महत्व राख्दछ, बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गर्नुभयो । बाढीपछि हेलम्बु पुरानै अवस्थामा फर्कन नसके पनि सडक सञ्जाल जोड्दै पर्यटकलाई सहज बनाउने काममा सुरुदेखि नै लागिपरेको अध्यक्ष शेर्पाको भनाई छ । बेलिब्रिज पुनर्निर्माणमा नेपाली सेनाका प्रविधिकसहितको टोली खटिएको थियो । पुलको निर्माणकार्य एक महिनाभित्र सम्पन्न गर्ने योजनाअनुरुप सेनाद्वारा रातारात काम गरिएको थियो । ए...

विभागीय प्रमुखलाई मन्त्रीको निर्देशन ः १५–१५ दिनमा कार्यसम्पादन रिर्पोट दिनुहोस्

ब्रेकिङ न्युज १, समाचार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय अन्र्गतका विभागीय प्रमुखलाई १५ –१५ दिनभित्रको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिनुभएको छ । शुक्रबार विभागीय प्रमुखलाई मन्त्रालयमा बोलाएर मन्त्री पौडेलले १५– १५ दिनको कार्यसम्पादनको रिर्पोट बुझाउन निर्देशन दिनुभएको हो । ‘एक हप्तामा गर्न सक्ने काम के के हुन् टिर्पोट गर्नुहोस्’ मन्त्री पौडेलले भन्नुभयो, ‘अर्को हप्ता काम गरी नतिजा नस्किने गरी काम हुनप¥यो होइन भने कारण चाहियो ।’ मन्त्री पौडेलले ५० औंं वर्षदेखि अड्किएका फाइलहरुको विषयमा अध्ययन गरी टुंग्याउन सक्ने काम तत्काल गर्न निर्देशन समेत दिनुभयो । ‘फाइलहरु अड्काएर हुँदैन, मन्त्रीहरु फेरिरहने हुन्छ, सेवा ग्राहीको पनि आशा हुन्छ,’ उहाँले भन्नुभयो ‘हप्ता दिन अध्ययन गरेर हुने नहुने निर्णय दिनुहोस् ।’ शिक्षा मन्त्रालयबाट गरिब, जेहेन्दार तथा असाहय विद्यार्थीलाई दिने छ...

नेपाली सेनाका राई र बुढाको कब्जामा मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिताको उपाधि

खेलकुद, ब्रेकिङ न्युज १
सिन्धुपाल्चोकमा भएको चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिताको खुल्ला पुरुष तर्फको उपाधि नेपाली सेनाका गजेन्द्र राई र महिलातर्फ पनि नेपाली सेनाकै विश्वरुपा बुढाले प्राप्त गर्नुभएको छ । २४ किलोमिटरको दौड राईले १ घण्टा ३६ मिनेटमा पार गरेर उपाधी कब्जा गर्नुभयो भने खुल्ला महिला तर्फ बुढाले १ घण्टा ५६ मिनेटमा पार गरेर उपाधी कब्जा गर्नुभयो । राई र बुढा दुबैले ४४ हजार ४ सय ४४ रुपैयाँ नगद, ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाको १२ नं वडाको सांगाचोकगढी देखि मानेडाडा, जल्किने,ईर्खु ,चौतारा हुदै ब्याङचेपानी पुगेर गौरती भिमसेन मन्दिर परीक्रमा गरी डुडिखेल सम्म २४ किलोमिटरको दुरी रहेको हाफ म्याराथनमा ३० जिल्लाका १ सय ७० खेलाडिहरुको सहभागिता रहेको थियो । भेट्रान्सको तर्फको सबै इभेन्टभने ईर्खुबाट सुरु भएको र दुरी १५ किलोमिटरको भएको आयोजकल...

नेकपा एमालेको अधिवेशन उद्धघाटन समारोह सम्पन्न ,५ गते नयाँ नेतृत्व चयन हुने

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमाले सिन्धुपाल्चोकको शुक्रबार बाह्रबिसेमा आयोजित नवौं अधिवेशनको उद्धघाटन सत्र सम्पन्न भएको छ भने यही माघ ५ गते नयाँ नेतृत्व चयन हुने भएको छ । बन्दसत्रले निर्वाचन प्रक्रिया अगाडि बढाए पनि निर्वाचन भने पछि सारिएको छ । अधिवेशनको बन्दसत्रले यही २७ गते पालिका कमीटीबाट तोकिएको कोटाबाट छनोट भएर आउने र २९ गते जिल्ला कार्यसमितीकोलागि मनोनयन दर्ता गरिने भएको छ । त्इसलाई अध्यक्ष मण्डलले अन्तिम रुप दिएपछी माघ ५ गते मेलम्चीमा घोषणा तथा सपथ खुवाउने कार्यक्रम रहेको एमाले प््चार विभागले जानकारी दिएको छ । नवौं जिल्ला अधिवेशनको उद्घाटन नेकपा एमाले, सल्लाहकार परिषदका केन्द्रीय अध्यक्ष अमृतकुमार बोहराले गर्नुभएको थियो । बार्हबिसेमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बोहराले अहिले नेकपा एमालेमाथि चौतर्फी घेरा बन्दी भएको बताउँदै एमालेको लोकप्रियताले तर्सेका अन्य दलहरूले घेराबन्दी गरे पनि जनता...

नेकपा एमाले अधिवेशन देशभर आज सिन्धुपाल्चोकको बाह्रबिसे मा हुने

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमालेको आज देशभरका ७७ ओटै जिल्लामा एकसाथ जिल्ला अधिवेशन उद्धघाटन हुने भएको छ । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले विहान साढे ११ बजे भर्चुअल माध्यमबाट देशभरको अधिवेशन एकसाथ उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । यसैविच नेकपा एमाले सिन्धुपाल्चोककोे नवौँ जिल्ला अधिवेशन आज बार्हविसेमा हुँदैछ । आज विहान ११ बजे उद्धघाटन सत्रमा नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृत कुमार बोहोरा, स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ लगायत एमाले नेताहरु सहभागी हुने कार्यक्रम रहेको नेकपा एमाले प्रचार विभागले जानकारी दिएको छ । नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । यसपटक जिल्लाभरका १९ हजार सँगठित सदस्यअधिवेशनको प्रतिनिधी रहने समेत उहाँले जानकारी दिनुभयो । नेकपा एमालेको दशौँ महाधिवेशनको कार्यनिती अनुसार यो पटक सिन्धुपाल्चोक एमालेले सर्वसम्मत रुपमा न...

सुरक्षा चुनौतिका विषयमा गृह मन्त्रालयमा छलफल

ब्रेकिङ न्युज १, समाचार
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बिहीबार गृह मन्त्रालयमा बसेको छ । बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतिका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । ‘समसामयिक सुरक्षा अवस्था र आगामी दिनमा हुने सुरक्षा चुनौतिका विषयमा केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भयो,’ प्रवक्ता कोइरालाले भन्नुभयो । त्यस्तै बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आशन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे अध्यावधिक छलफल भयो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सुरक्षा व्यवस्था तथा द्धिपक्षीय सुरक्षाका विषयमा पनि छलफल भएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनु पर्ने सुरक्षा रणनीतिबारे जानकारी गराउनु भएको थियो...

पदयात्राका लागि उत्कृष्ट लाङटाङ राष्ट्रिय निकुञ्ज

ब्रेकिङ न्युज १, समाचार
२०३२ साल चैत्र नौ गते स्थापना भएको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रफलका आधारमा नेपालको दोस्रो ठुलो राष्ट्रिय निकुञ्ज रहेको छ । भौगोलिक विकटता अबैधानिक रुपमा निर्माण भएका विकासका पुर्वाधारहरु वन पैदावरको अबैध संकलन तथा ओसार पोसार वन्यजन्तुको चोरी शिकार तथा तिनका अङ्गहरुको अबैध ओसार पोसार सुख्खा मौसममा आगलागी तथा स्थानीय जनता र बन्यजन्तु बीच समय समयमा उत्पन्न हुने द्धन्द्ध यस निकुञ्ज संरक्षणका लागि समस्याहरुको सामना गर्दै आएको छ । एक हजार सात सय १० वर्ग कि.मि मा फैलिएर रसुवा( ५७%) नुवाकोट (७%) सिन्धुपाल्चोक ३६ प्रतिशत भुभागलाई समेटेर वि.स. २०५५ बैशाख १४ गते चार सय १८.३० वर्ग किलो मिटर निकुञ्जको मध्यवर्ती क्षेत्र उपभोक्ता समुहहरु नुवाकोट रसुवा र सिन्धुपाल्चोक गरि तिन जिल्लाका १० वटा गाउपालिका मा गठन भएका छन् । स्थानीय तहको निर्बाचन पश्चात साविक ३४ गाउँ विकास समितिहरुमा फैलिएर मा तिन वटा गर...

चौतारामा काँग्रेस नवनिर्वाचित केन्द्रीय सदस्य बस्नेतलाई बधाई तथा सम्मान

ब्रेकिङ न्युज १, राजनिती
सिन्धुपाल्चोकको चौतारामा नेपाली काँग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई बधाई तथा शुभकामना कार्यक्रम गरिएको छ । सिन्धुपाल्चोक प्रतिनिधी सभा क्षेत्र नंम्बर २ प्रदेशसभा (क) र चौतारा साँगाचोकगढी नगर कार्यसमितिको सँयुक्त आयोजनामा केन्द्रीय सदस्य बस्नेतलाई सम्मान गरिएको हो । सम्मानपछी मन्तब्य राख्दै केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी बस्नेतले नेपाली काँग्रेसको स्थानिय , प्रदेश र केन्द्रीय सरकार बन्न आबश्यक रहेको बताउँदै काठमाडौं केन्द्रीत नेताहरुलाई लक्षित गर्दै स्थानिय तहको चुनाब नजिक आएकाले सबै नेताहरुलाई गाउँ केन्द्रीत हुन आग्रह गर्नुभयो । बस्नेतले काँग्रेस जनताको माझमा कार्ययोजना सहित केही गर्छु भन्ने कार्यक्रम लिएर जनतामा जान आवश्यक रहेको बताउनुभयो । सवै पार्टी एकजुट भएपनी काँग्रेस चुनाव जित्नेगरी अगाडी बढ्न सवै पार्टीका कार्यकर्तालाई वस्नेतले निर्देशन दिनुभएक...

सरस्वती माविको ५९ औं वार्षिकोत्सव सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
कृष्ण ढुंगाना हेलम्बु गाउँपालिका ४, ग्याल्थुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयको ५९ औ वार्षिकोत्सव सम्पन्न भएको छ । बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवं प्रदेस सभा सदस्य माननीय युवराज दुलालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । सिन्धुपाल्चोक जिल्लाकै पुरानो विद्यालय मध्येको एक मानिने उक्त विद्यालय असार १ पछि आएको बाढीका कारण उच्च जोखिममा समेत रहेको छ । कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथी दुलालले बाढीका कारण जोखिममा रहेको मेलम्ची नदी आसपासका निजी तथा सार्वजनिक सम्पत्तिहरुको संरक्षण र पुनःनिर्माणको लागि केन्द्रदेखि स्थानीय तहसम्म समन्वय गरी नेतृत्वदायी भूमिकामा आफू क्रियाशिल रहेको बताउनुभयो । मेलम्ची पुननिर्माण राज्यको दायित्वभित्र रहेकोले सबै तहका सरकार आफ्नो जिम्मेवारीबाट पन्छन नमिल्ने उहाँको भनाइ थियो । साथै उहाँले सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालयका सम्...

अपराध नियन्त्रणमा प्रहरीको सक्रियता

ब्रेकिङ न्युज १, समाचार
पछिल्लो समय नेपाल प्रहरी अपराध नियन्त्रणमा सक्रियता बढाउन थालेको छ । प्रहरीले तनहुँ, ब्यास नगरपालिका–६ किरियापानी बस्ने भगवती श्रेष्ठलाई ३ किलो ४ सय ग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उहाँको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले तलासी गर्दा बोरामा लुकाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उहाँलाई पक्राउ गरेको हो । कैलाली, बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरबाट करिब १० ग्राम अवैध लागूऔषध चरेश र नगद ३९ हजार ४ सय ३० रुपैयाँ सहित सोही ठाउँ बस्ने ३० वर्षीय नरेन्द्र प्याकुरेललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी उहाँलाई पक्राउ गरेको हो । झापा, मेचीनगर नगरपालिक...