सम्पर्क

Author: लोकप्रिय समाचार

गजल

साहित्य
फस बहादुर न्यौपाने विहानिमा झुल्केघाम अंधेरीमा जुन नयाँ नयाँ कुरा चल्छ पंधेरीमा सुन । गोप्य कुरा खोल्दा खेरी अर्काको सामु झलमल लाग्नुपर्छ अंधेरीमा जुन । हिमालमा हिउँ पर्छ, घरबारीमा फूल भमरा हरु आँउनु पर्छ अधेरीमा जुन । माहुरीहरु जमघट भई मह बनाउँछन् बाटोघाटो हिड्नु पर्छ अँधेरीमा जुन । रातोमाटो चिप्लोबाटो हिड्नु ठम्याएर यात्रा सफल हुनु पर्छ अंधेरीमा जुन । टोल छिमेक गाउँघर मिलेकै राम्रो सफा मन हुनु पर्छ अंधेरीमा जुन । मुर्खताले चाडै झर्छ लाग्ने हतियार चित्त राम्रो पार्नुपर्छ अंधेरीमा जुन । चेतना भरिनाले देशको हुन्छ बिकास गाउँ सहर फैलियुन अंधेरिमा जुन ।...

जाडोमा ‌ओठ फुट्नबाट जोगाउने ५ उपाय

जिबनशैली, स्वास्थ्य
लिपबाम दल्नुस् समय–समयमा ओठमा लिपबाम दल्ने गर्नुस्। भिटामिन ई र मौरीको चाकायुक्त लिपबाम लगाउनु अझ राम्रो हुन्छ। स्क्रब गर्नुस् फुटेको ओठमा मृत छालाका पत्र हुन्छन्, जसले तपाईंलाई अस्वस्थ र अनाकर्षक देखाउन सक्छ। यसका लागि स्क्रब प्रयोग गरेर यस्ता मृत छाला हटाउनुपर्छ। चिनीमा चिल्लो तरल पदार्थ हाली स्क्रब बनाएर ओठमा रगड्ने ग¥यो भने मृत छाला हट्छ र ओठ सुन्दर बन्छ। यसका लागि दाँत माझ्ने ब्रसले बिस्तारै ओठ सफा गर्न पनि सकिन्छ। यसरी सफा गरेपछि लिपबाम प्रयोग गर्न बिर्सनु हुँदैन। नकोट्याउनुस् ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नु हुँदैन। नत्र घाउ लाग्न सक्छ। बाममाथि लिपस्टिक लगाउनुस् जाडो मौसमा लिपस्टिक लगाउनुअघि ओठमा लिपबाम लगाई सुक्न दिनुपर्छ र त्यसमाथि लिपस्टिक लगाउनुपर्छ। यसले ओठमा अतिरिक्त म्वइस्चराइजर उपलब्ध गराउँछ। ओठ नचाट्नुस् जाडोमा ओठ सुखा हुने भएकाले ...

डब्ल्यूएचओले भन्यो– कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्छ

समाचार, स्वास्थ्य
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक अधिकारीले कोभिडविरुद्धका खोपले नयाँ भेरिएन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएका छन् । दक्षिण अफ्रिकाको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ भेरिएन्टले फाइजर खोपलाई आंशिक रूपमा छल्न सक्ने देखिएपछि डब्ल्यूएचओका डा. माइक रायनले यस्तो प्रतिक्रिया दिनुभएको हो । ‘हामीसँग धेरै प्रभावकारी खोपहरू छन् जुन अहिलेसम्म गम्भीर बनाउने र अस्पतालमा भर्ना गराउने सबै प्रकारका भेरिएन्टविरुद्ध प्रभावकारी सावित भएका छन् । ती खोपको प्रभाव ओमिक्रोनमा कम हुनेछ भनेर चिन्ता लिनुपर्ने कुनै कारण छैन’, डा. रायनले एएफपी समाचार संस्थालाई भन्नुभयो । प्रारम्भिक तथ्याङ्क अनुसार ओमिक्रोनले मानिसलाई डेल्टा भेरिएन्टभन्दा बढी बिरामी नपार्ने देखिएको उहाँको भनाइ छ । भर्खरैमात्र दक्षिण अफ्रिकामा गरिएको एक अध्ययनले फाइजर÷बायोएनटेक भ्याक्सिन अन्य भेरिएन्टको तुलनामा ओमिक्रोनमा ४० प्रतिशत क...

सिप सिकाएर आत्मनिर्भर बनाउन बाँस, निगालो तालिम

बिजनेस, समाचार
पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा नम्बर २ बरुवामा बाँस निगालो प्रसोधन तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत बाँस,निगालो सम्बन्धी हस्तकला सिप विकास तालिम बुधबार सुरु भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा भएको सो तालिममा आठ जना सहभागी छन् । वडा नं. २ बरुवाको विकट गाउँ डालेमा सञ्चालित तालिम एक महिना सञ्चालन हुने उद्यम विकास शाखा प्रमुख दिपेन्द्र पौडेलले जानकारी दिनुभयो । ‘आफ्नै ठाउँमा पाइने बस्तुको प्रयोग गरेर व्यापार गर्नु नै सबैभन्दा राम्रो व्यवसाय हो,’ पौडेलले भन्नुभयो,‘सधैंभरी परनिर्भर भएर बस्नाले हाम्रो गाउँको विकास हुन सक्दैन । सबैले यहीँ ठाउँको विकासका लागि लाग्नुपर्छ । त्यसका लागि यस्तै सानोसानो कुराले समेत गाउँको मुहार फेरिन्छ ।’ तालिमको उद्देश्यबारे जानकारी गराउँदै पौडेलले सिप सिकाएर आत्मनिर्भर बनाउन तथा खेर गइरहेको बाँ...

मेलम्चीमा करदाता शिक्षा तथा सम्मान कार्यक्रम

बिजनेस, समाचार
देवराज सुवेदी मेलम्ची नगरपालिकाले नगरपालिकाभित्रका व्यापारी, व्यवसायी, उद्योगी लगायतका व्यक्तिहरुका लागि करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेलम्ची नगरपालिकामा सम्पन्न कार्यक्रममा कर सम्बन्धी विभिन्न जानकारीका साथै कर तिर्नुका कारणबारे जानकारी गराइएको छ । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिव उमेशराज रिमालले राष्ट्रको विकासमा करको योगदान रहेको बताउनुभयो । कार्यक्रममा अर्थ मन्त्रालयका सहायक अधिकृत रघुनाथ पराजुलीले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । प्रशिक्षकद्वय रिमाल र पराजुलीले सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै कर तिर्नुको फाइदा तथा कर सम्बन्धी विभिन्न नियमहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा उद्यमी ...

हत्या अभियोगमा दुईजना पक्राउ

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३, गुम्बाथानमा सोमबार ३९ वर्षका छेवाङ लामाको हत्या गरेको अभियोगमा प्रहरीले निजकी श्रीमती २८ वर्षीय निमा साङ्बो तामाङ र सोही स्थानका ३६ वर्षका कान्छालाल लामालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक राजन अधिाकरीका अनुसार अभियुक्तविच अनैतिक सम्बन्ध रहेको हुनसक्ने समेत प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा हालैमात्र घर फर्कनुभएको थियो । घरमा श्रीमतीको मोबाइलमा अत्याधिक फोन आउने गरेको थाहा पाएपछि उहाँले सो फोन समेत एक दिन कब्जा गरेर सिमकार्ड फेरेर पुनः फिर्ता गरेको थाहा भएको प्रहरीले जनाएको छ । श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले दुवै मिलेर योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना बारे थाहा पाउनासाथ तत्काल प...

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी मन्दिरबाट प्राचीन मूर्ति चोरी

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको पुरानो र ऐतिहासिक स्थल त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित एक हजार वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति र कलश चोरी भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा ५ तौथलीका अध्यक्ष विष्णुभक्त श्रेष्ठका अनुसार करिब सय वर्ष पुरानो भगवतीको मूर्ति र कलश साथै १० वर्ष पुरानो विष्णूको दुईवटा कलात्मक मूर्ति चोरी भएको हो । साथै तीनवटा तामाको कलश पनि चोरी भएको बताइएको छ । मंगलबार करिब २ बजे मध्यरातमा दुईजना अन्जान युवक तीव्र वेगमा मोटरसाइकलमा मन्दिरमा आएको स्थानीयहरूले देखेको बताएका छन् । ’बेलुकी बालेको बत्ती निभाउन जाँदा पूजापाठ सुरु गर्दा मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले बताएका छन् । ‘प्राचीन महत्व बोकेका दुईवटा मूर्ति ढलोट र एकमा सुनको मन्त्र र जलप लगाइएको थियो, मूर्ति हराएपछि स्थानीय दुखी भएका छन्, स्थानीय र प्रहरी मिलेर चोरको...

शिक्षकको राजनिती गतिबिधी बन्द गर्न अदालतको आदेश

राजनिती, समाचार
उच्च अदालत पाटन आदेशले राजनीतिक दलमा आबद्ध हुने शिक्षकलाइ कार्बही हुने भएको छ । अदालतले सरकारी कर्मचारी, शिक्षक तथा प्राध्यापक लाई कारबाही गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र नीलम पौडेलको संयुक्त इजलासले विद्यमान ऐन र कानुन कार्यान्वयन गरी कारबाही गर्न आइतबार अन्तरिम आदेश दिएको हो । अधिवक्ता भण्डारीले कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका दलहरूसँग आबद्ध शिक्षकहरूको सक्रिय सदस्यता तथा दलका प्रतिनिधि रहेको प्रमाणपत्रजस्ता कागजात अदालतमा पेस गरेका थिए । उनले उल्लिखित दलका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, नेपाल शिक्षक महासंघलाई विपक्षी बनाई दर्ता गरेको रिटउपर उच्च अदालत पाटनका न्यायाधीशद्वयको आदेशमा भनिएको छ, ‘राजनीतिक दलसम्बन्धी ऐन...

बानीया बागमती प्रदेश सभापतिमा विजयी

राजनिती, समाचार
  नेपाली काँग्रेस को बागमती प्रदेसको प्रथम अत्रीबेशनबाट बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ निर्वाचित हुनु भएको छ । आइतबार भएको दोस्रो चरणको मतदान परिणाम अनुसार बानियाँले १०८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा निर्बाचित हुनु भएको हो । निकटतम प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीलाई १५८ मतान्तरले पराजित गर्दै निर्बाचीत बन्नु भएको हो । २०२६ मत खसेकोमा १४ मत बदर भएको छ । जगदिश नरसिंह केसीले ९२७ मत प्राप्त गर्नु भएको थियो । पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिनु भएको थियो । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल हुनु भएको छ। ।  ...

केक काटेर ईन्द्रावती साना किसानको साधारणसभा सम्पन्न

बिजनेस, समाचार
इन्द्रावती गाउँपालिका वडा नं २ कुञ्चोक स्थित इन्द्रावती साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कुञ्चोक जौडाँडामा रहेको महेन्द्र माध्यमिक विद्यालयको प्रांगणमा आयोजित चौथो साधारणसभाको उदघाटन नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद , पुर्व कानुनमन्त्री शेरबहादुर तामाङले चार वटै केक काटेर गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री तामाङले सहकारीको माध्यम बाटै समाजको आर्थिक र सामाजिक रुपान्तरण सम्भव हुने र समुदायले परम्परागत कृषि प्रणाली भन्दा माथि उठेर समयको माग बमोजिम आधुनिक पशुपालन तथा कृषि प्रविधिमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तामाङले सहकारी र स्थानीय कृषकहरुले समयानुकूल नयाँ तरिकाबाट आय आर्जनका कार्यक्रमको प्रस्तावना ल्याएमा माथिल्लो तहबाट अनुदान र बजेट व्यवस्थापन...