सम्पर्क

Author: लोकप्रिय समाचार

चौतारामा कम्युटरमा आँखा जाँच गर्ने प्रविधीको सुरुवात

ब्रेकिङ न्युज १, स्वास्थ्य
तिलगँँगा आँखा केन्द्रको सहयोगमा सिन्धुपाल्चोकको चौतारामा रहेको सामुदायीक आँखा केन्द्रमा कम्युटरमा आँखा जाँच गर्ने प्रविधी ल्याईएको छ । जिल्ला समन्वय समितिको हलमा गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रको सामाजिक लेखापरिक्षण कार्यक्रममा उक्त कुराको जानकारी गराईएको हो । तिलगँगा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाईटी , चौतारा साँगाचोकगढी नगरपालिका र द फ्रेड होलवज फाउण्डेसनको सँयुक्त आयोजनामा उक्त सामाजिक लेखापरिक्षण गरिएको हो । सामाजिक लेखापरिक्षण कार्यक्रममा दुर शिक्षा प्रविधि सिन्धुपाल्चोकमा ल्याउन सरोकारवाला निकायसँग पहल गरिने समेत बताईएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगरभित्रका बालवालिकाको निशुल्क आँखा परिक्षण गरी चस्मा आबश्यक हुनेहरुका लागी चस्मा समेत वितरण गर्ने भएको छ । सामुदायिक आँखा अस्पतालले १० वजेदेखी २ वजेसम्म दिदै आएको सेवा अवदेखी ९ बजेदेखी ६ बजेसम्म दिने पनी जानकारी गराईएको छ ।...

सिन्धुपाल्चोकका सबै विद्यालयमा कोरोना विरुद्धको खोप

ब्रेकिङ न्युज २, स्वास्थ्य
सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा कोरोना विरुद्धको खोप कार्यक्रम सञ्चालने भएको छ । स्वास्थ्य कार्यालयद्धारा सँचालित स्वास्थ्य सम्बन्धी गतिविधी विषयक अन्र्तक्रिया कार्यक्रममा १२ वर्ष देखि १७ वर्ष उमेर समुहका सबै बालबालिकालाई सो खोप दिन लागिएको बताईएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाँईका अनुसार सिन्धुपाल्चोकका करिब २८ हजार बालबालिकालाई तेस्रो चरणको खोप अभियान अन्तर्गत तीन दिन भित्रमा मोडर्ना खोप लगाई सक्ने योजना छ । उहाँका अनुसार विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समुहका बालबालिकाले समेत नजिकको खोप केन्द्रबाट खोप सक्नेछन् । माध्यमिक रुपमा सञ्चालित निजी विद्यालयबाट पनि खोप सेवा लिन सकिनेछ । यो खोप पहिलो डोज लगाएपछि २८ पछि दोस्रो डोज लगाउनुपर्दछ । नेपालमा यो खोप नयाँ प्रयोग हो । मोडर्ना खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको विस्व स्वास्थ्य संगठन ( डब्लुएचओ ) ...

सिन्धुपाल्चोकका ३२ वटा एम्बुलेन्समा अनलाइन जिपीएस ट्राकिङ्ग सुरु

ब्रेकिङ न्युज १, स्वास्थ्य
सिन्धुपाल्चेकमा रहेका ३२ वटा एम्बुलेन्सहरुलाई अनलाइन जिपीएस ट्राकिङ्ग सुरु गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको र फोन नउठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भनेर जवाफ आउने गरेको प्रसस्तै उदाहरणहरु छन् । सोही वाध्यता अन्त्य गर्नको लागि वागमती प्रदेश प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले यो अभियान सुरुवात गरेको हो । एम्वुलेन्स सेवालाई प्रभावकारी, गुणस्तरीय र भरपर्दो बनाउन एम्वुलेन्सको बास्तविक स्थान र अवस्था पहिचान गरी आकस्मिक विरामीलाई छिटो छरितो एम्वुलेन्स सेवा उपलब्ध गराउने उद्देश्यले हाल सिन्धुपाल्चोकका ३२ वटा एम्वुलेन्सहरुमा एक्डिभाइस जडान गरी धुलिखेलमा रहेको डिप्याच सेन्टरमा जडान गरिएको हो । स्वास्थ्य कार्यालयद्धारा सँचालित स्वास्थ्य सम्बन्धी गतिविधी विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापा...

बालबालिकामा ह्याण्ड, फुट एन्ड माउथ डिजिजको जोखिम

स्वास्थ्य
‘चिसो मौसममा रुघाखोकी गराउने कोरोना भाइरसले बालबालिकालाई बढी सताउँछ’ अस्पतालका बाल रोग विशेषज्ञ डा. कृष्णप्रसाद विष्टले यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको सङ्ख्या धेरै रहेको जानकारी दिनुभयो । उहाँले भने,‘ह्याण्ड, फुट एन्ड माउथ डिजिज भन्ने बढेको छ ।’ गत वर्षको तुलनामा यो वर्ष अलि बढी देखिएको डा. विष्ट बताउनुहुन्छ । उहाँले भन्नुभयो ,‘धेरै वर्षदेखि देखिएको थियो ।’ सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. रवीन्द्र शर्मा पनि यो सँक्रामक रोग फैलिएको बताउँनुहुन्छ । केही दिन अघिसम्म यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको धेरै नै रहेको डा. शर्माले जानकारी दिनुभयो । तर, केही दिन यता भने त्यस्ता बालबालिकाको सँख्या कम भएको उहाँ बताउनुहुन्छ । डा. शर्माले भन्नुभयो । ‘२÷४ दिन भयो शान्त हुन थालेको छ । नत्र धेरै नै स्कुले बालबालिका आएका थिए ।’ ह्याण्ड, फुट एन्ड...

भोटेकोशीद्धारा मनसुनजन्य बिपद् प्रभाबितलाई राहत

ब्रेकिङ न्युज १, समाचार
भोटेकोशी गाउँपालिकामा बिभिन्न समयमा मनसुनजन्य विपद् प्रभावित परिवारलाई राहत बितरण गरिएको छ । जिल्ला बिपद् व्यवस्थान समिति तथा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र गाउँपालिका आफैले खरिद गरेको सामानहरु बितरण गरिएको हो । झिर्पू माध्यामिक बिद्यालयको प्राँगणमा प्रभाबितहरुलाई भेला गरेर राहत प्रदान गरिएको थियो । बितरण गरिएको सामग्रीले पीडितले राहत महसुस गरेका छन् । गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले राहत सामाग्री बितरण गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष दावुटी शेर्पा, प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो । आर्थिक बिपन्न भएर पनि बिपद्वबाट पीडित भएकाहरुले यो सहयोग पाएपछि खुशी ब्यक्त गरेका छन् । वडा नम्वर १ देखि ५ सम्मका प्रभावितहरुलाई नुन १ केजी,तेल १ लिटर, चालम ३० केजी, मैदा १० केजी प्रदान गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।...

बाल अधिकार तथा बाल संरक्षण सम्वन्धि कार्ययोजना कार्यान्वयनका लागि पालिका अध्यक्ष समक्ष ज्ञापन पत्र पेश

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाँउपालिकाको वडा नं १ देखि ५ मा रहेका ९ वटा विद्यालयमा गठन भएका बाल समुहको भेला यही मिति २०७८ पौष ५ र ६ गते सुकुटेमा सम्पन्न भएको छ । उक्त बाल समुहको भेलाले बाल अधिकार तथा बाल संरक्षण सम्बन्धि कार्ययोजना तयारी गरी सो कार्ययोजना कार्यान्वयनका लागि माग गर्दै सुनकोशी गाँउपालिकाका अध्यक्ष श्री श्रबण कुमार जि. सी.समक्ष ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझिसकेपछि गाउपालिका अध्यक्ष जि.सि ले उक्त ज्ञापन पत्रमा उल्लेखित कार्ययोजना प्रति आफ्नो ध्यान आकर्षण भएको र उक्त कार्ययोजनालाई गाँउ पालिकाले प्राथमिकतामा राखी कार्यन्वयनमा लैजाने प्रतिबद्धता जाहेर गर्नुभयो । ज्ञापन पत्र बुझाउनु अघि ९ वटा विद्यालयबाट छनौट भइ आएका ३५ जनाभन्दा बढी बाल समुहका प्रतिनिधि तथा ९ वटै बिद्यालयका बाल सँरक्षक शिक्षकको सहभागितामा कार्ययोजना सम्बन्धी छलफल भएको थियो । भेलामा बिद्यालय, समुदाय तथा घरपरिवारतहमा हुने बा...

राप्रपाको विभिन्न तहमा विजयी हुनेहरुलाई स्वागत तथा सम्मान कार्यक्रम

ब्रेकिङ न्युज १, राजनिती
राष्ट्रीय प्रजातन्त्र पार्टी चौतारा साँगाचोकगढी नगर समितिको आयोजनामा पार्टीको विभिन्न तहमा विजयी हुनुभएकाहरुलाई स्वागत तथा सम्मान गरिएको छ । केन्द्रीय सदस्य दईन्द्र ब ठकुरि , निर्मला श्रेष्ठ, यस्मिन ढुङगाना, जिल्ला अध्यक्ष निलध्वज थापा , क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष रामेश्वर खड्का , २ नम्बर क्षेत्रीय अध्यक्ष कुमारि तामाङ , क्षेत्र नम्बर १ को प्रदेश (ख) को अध्यक्ष जित बहादुर भारति ,क्षेत्र नम्बर २ को प्रदेश (क ) को अध्यक्ष बाबुराम खड्का , प्रदेश (ख)को अध्यक्ष गोबिन्द गरुङ लगायतलाई स्वागत गर्दै केन्द्रीय सदस्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै राष्ट्रीय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष निल ध्वज थापाले जिल्लाका सबै कार्यकर्ताको सँरक्षण जिल्लाको नागरिकको हितका लागि राप्रपा सधैं लागिपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी नगरका वडा प्रतिनिधिहरुलाई आगामी निर्बाचनमा राप्रपा ...

माओवादी केन्द्रको बागमती प्रदेशको अध्यक्षमा सरल सहयात्री पौडेल

ब्रेकिङ न्युज २, राजनिती
नेकपा (माओवादी केन्द्र) बागमति प्रदेश कमिटिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित हुनुभएको छ । सोमबार बेलुका भएकोे निर्वाचनमा पौडेलले अर्का प्रतिद्वन्द्वी दिननाथ गौतमलाई पराजित गर्नुभएको हो । बागमति प्रदेश निर्वाचन समितिको अन्तिम मत परिणाम अनुुसार ३ उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुङ्गाना र प्रेमबहादुर पुलामी (छिन्तु) निर्वाचित हुनुभएको छ । त्यसैगरी सचिवमा ईन्द्रबहादुर थिङ( छिनताङ) , सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेक्ष्ठ र कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनुभयो । अध्यक्षमा निर्वाचित अध्यक्ष पौडेल सिन्धुपाल्चोकका नेता हुनुहुन्छ । अर्का प्रतिश्पर्धी दिननाथ गौतम भने काभ्रेका नेता हुनुहुन्छ । २ सय ७५ मतदाता रहेकोमा २ सय ५७ मत खसेको थियो । जसमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयमो । खसेको मध्ये ९ मत बदर भएको केन्द्रीय निर्वाचन आयोग बागमत...

पाँचपोखरीमा पशु विमा बापत प्राप्त रकम किसानलाई हस्तान्तरण

ब्रेकिङ न्युज १, समाचार
पशु विमा कार्यक्रम अन्र्तगत पशुको विमा गर्ने किसानहरुलाई विमा बापत प्राप्त रकम पाँचपोखरी थाङ्पाल गाउँपालिकाले हस्तान्तरण गरेको छ । गाउँपालिका अध्यक्ष टासि लामाले पशुपालन गर्दै आएका र विमा गरेका किसानहरुलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । रकम प्राप्त गर्नेहरुमा चौरी पालन गर्दै आउनुभएका गुन्साका सानु कान्छा तामाङ्गलाई ५४०००, बाख्रा पालन गर्ने गुन्साका साइँला साङबो तामाङ , ९००० , चौरी पालन गरोका गुन्साका प्रदीप तामाङ लाई ४९ हजार ५०० हस्तान्तरण गरिएको हो । गुन्साका बाख्रा पालन गर्ने तारा लामा तामाङाई १४हजार ४०० , लक बहादुर बम्जनलाई १४ हजार ४०० वितरण गरिएको गाउँपालिका बाट जानकारी प्राप्त भएको छ । त्यस्तै भोताङका आइत तामाङलाई १६ हजार २ सय, डोल्मा तामाङलाई ३६००० , लाक्पा सिंगी झाग्री तामाङलाई १६ हजार २०० , बब्लु तामाङलाई ४० हजार ५०० ,जगत कुमारी चापागाईं लाई १३ हजार ५००र अशोक खड्का लाई ९०००० गरी ...

नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसनद्धारा प्रदेश राज्यमन्त्रीलाई ज्ञापन पत्र

ब्रेकिङ न्युज १, समाचार
नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन, जिल्ला कार्य समिति सिन्धुपाल्चोकले मेलम्चीमा एक समारोहका बिच बागमति प्रदेश कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री इन्द्रमाया गुरूङ लाई बधाई तथा शुभकामना ब्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ । नव नियुक्त राज्यमन्त्रीलाई सिन्धुपाल्चोक जिल्लाका कृषि तथा पशुपन्छी विकासको सम्भावना र चुनौतिको बारेमा समेत जानकारी गराई प्रदेश सरकार अन्तर्गतका कृषि र पशुपन्छी विकासका कार्यालय सिन्धुपाल्चोक जिल्लामा नभएकाले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संचालनमा ल्याउन ज्ञापन पत्र समेत बुझाएको नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसनका जिल्ला सचिव दिपक थापाले जानकारी दिनुभयो । सचिव थापाका अनुसार ज्ञापन पत्रमा एक वडा एक कृषि तथा पशु सेवा प्राविधिक जनशक्ति व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराईएको छ ।...