सम्पर्क

Author: लोकप्रिय समाचार

जनगणनाको छ महिनाभित्र डाटा इन्ट्री , एक वर्ष भित्र नतिजा

ब्रेकिङ न्युज २, समाचार
मङ्सिर ९ गतेदेखि फिल्डबाट सुरु गरिएको राष्ट्रिय जनगणना सम्पन्न भएपछि केन्द्रीय तथ्याङ्क विभागले छ महिनाभित्र डाटा इन्ट्री गरी एक वर्षभित्र अन्तिम नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको छ । तथ्याङ्क प्रशोधन गर्न आन्तरिक तयारी शुरु गरिएकाले २०७९ कात्तिकभित्र जनगणनाको अन्तिम नतिजा प्रकाशन गर्ने विभागका निर्देशक डुण्डीराज लामिछानेले जानकारी दिनुभयो । विभागले २०७९ जेठ महिनाभित्रमा सबै डाटा इन्ट्री गरिसक्ने छ र त्यसपछि विभिन्न शीर्षकका नजिताहरु क्रमश सकेर कात्तिकभित्रमा राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक प्रशासन गर्नेछौं, लामिछानले भन्नुभयो । विभिन्न चुनौतीका साथ फिल्डबाट जनगणनाको तथ्याङ्क सङ्कलन गर्न सफल भएको विभागले जनाएको छ । विभागले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गरी १५ दिनमा फिल्डमै पुगेर तथ्याङ्क सङ्कलन गरेको थियो । विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना का...

ईन्द्रावतीमा भु– सेवा केन्द्र स्थापना हुने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोको ईन्द्रावती गाउँपालिकावासीलाई सेवा सुविधा दिन गाउँकार्यपालिकाको कार्यालयमा भु–सेवा केन्द्र स्थापना गरिने भएको छ । केन्द्र सञ्चालनका लागी सोमबार अनुमति पत्र प्राप्त गरिएको गाउँपालिका अध्यक्ष बँशलाल तामाङले जानकारी दिनुभयो । केन्द्रबाट जग्गा राजीनामा, अंशबन्डा, नामसारी लगायतका जग्गा प्रशासन सम्बन्धी लिखत तयार पारिने छ । र उक्त लिखत मालपोत कार्यालय कुस्मामा पठाइने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले बताउनुभयो । स्थानीय तहबाट भु सेवा केन्द्र स्थापना गरी सेवा दिने ईन्द्रावती तेस्रो स्थानीय तह भएको छ । यसअघि पाँचपोखरी गाउँपालिका र जुगल गाउँपालिकाले अनुमति लिईसकेको छ । केन्द्र स्थापना भएपछि कारोबार गर्न चाहेको विवरण भरी आबस्यक कागजपत्र अपलोड गर्ने अनि लिखत प्रिन्ट गरी सहीछाप सहित सेवाग्राहीलाई मालपोत कार्यालय पठाउने , कारोवारको व्यहोरा अनलाइनमा इन्ट्री गर...

१९ वर्षकै उमेरमा कांग्रेसको महाधिवेशन प्रतिनिधि

राजनिती, समाचार
१९ बर्षको कलिलो उमेरमा करीना पुरी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ अन्तर्गत भएको निर्वाचनमा पुरी महिला खुलातर्फबाट(४०९ मतसहित) महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो । उहाँ कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत निर्वाचित सबै भन्दा कम उमेरकी महाधिवेशन प्रतिनिधि बन्नुभएको छ । यसअघि सोलुखुम्बुबाट २१ वर्षकी पूजा फुयाँल महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको थियो ।...

रोपौँ नवयुगका बीजहरु

साहित्य
साहित्य प्रेमी (निर्मला पुरी ) पकाएर भरे खाउला भनी साँच्दैछ ढुङ्गा पनि, एकदिन त सुख् आउला भनी काट्दैछ दुख् पनि चुहिन्छ धुरीबाट बर्षादको पानी पिएर पसिना नुनिलो हरदम बित्दछ गरिबको जिन्दगानी ।। लुटिन्छ मध्य दिनमै अस्मिता चाहिदैन् त्यो भयानक रात ! उठाई घुम्टो चिहाए मात्रै बाहिर, लाग्दछ अनेकौं लालछना र बात ।। मौलाए यो देशमा राष्ट्रघाती झार युवाकै काँधमा छ राष्ट्रियताको भार । गरीबको भोक र शोकमा गरेर राजनीति देशै बेचेर खादैछन् हेर बिगारेर मति ।। हे ! युवा हो चलाउ पाखुरी अब, वीरताले नै हो सहिदले परिवर्तन ल्याका यो राष्ट्रले खोज्दैछ तिमीलाई, गाउँदैछ उन्नतिको भाका ।। फालिदेउ सामन्तीका झन्डाहरु ! आऊ हामी हातेमालो गरौँ उजाडीएका जिन्दगीमा नयाँ रङ्ग भरौँ रोपौँ नवयुग आऊ चेतनाका बीजहरु छरौँ ।। ( उदयपुर)...

एक आपसमा बस ठक्कर खाँदा २१ घाईते

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा सागाँचोक गढी नगरपालिका १० सुकुटे स्थित अरनिको राजमार्ग सडक खण्डमा बस एक आपसमा ठक्कर खादा २१ घाईते भएका छन् । खाडीचौरबाट बन्देउतर्फ जादै गरेको बा ३ ख ४८३४ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्र.३–०१–००५ ख ९९३३ न.को बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै बसहरुमा सवार २१ जना मानिसहरु घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रनाउ वस्नेतका अनुसार घाईतेहरुलाई तत्काल उद्धार गरि उपचारको लागि विभिन्न अस्पतालहरुमा पठाईएको र घाईतेहरु मध्ये ७ जनाको अवस्था मध्यम रहेको छ भने अन्य १४ जना घाईतेहरु सामान्य रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको उहाँले बताउनुभयो...

जुगल गाउँपालिकामा भू–सेवा केन्द्र स्थापना

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले भू–सेवा केन्द्र सञ्चालनमा ल्याउनको लागी अनुमती पत्र प्राप्त गरेको छ । एक कार्यक्रमका बिच प्रमुख मालपोत अधिकृत चण्डीप्रसाद कोईराला ले जुगल गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमुख लोकबहादुर विकलाई भु–सेवा केन्द्रको अनुमती पत्र प्रदान गर्नुभयो । मालपोत कार्यालयले दिदै आएको सेवालाई छिटो छरितो तबरबाट सम्पन्न गर्न गाउँपालिका बासी सबैलाई सहयोग पुग्ने प्रमुख प्रशासकिय अधिकृत विकले बताउनुभयो । स्थानीय तहले निवेदन र लिखित फारम भरिसकेपछि मालपोतको अनलाइनमा अपलोड गर्नुपर्नेछ । मालपोत कार्यालयले स्थानीय तहका कर्मचारीहरुलाई भू–सेवाले गर्ने काम गराउनको लागि प्रारम्भिक चरणमा तालिम दिने प्रमुख मालपोत अधिकृत कोईरालाले बताउनुभयो । यसअघी यसअभी पाँचपोखरी गाउँपालिकाले पनि भू–सेवा केन्द्र सुचारु गरेको थियो । मालपोत कार्यालयमा सेवाग्राहीले पाइरहेको झन्झट तथा समस्याहरु कम गर...

काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन मेलम्चीमा हुने

राजनिती, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन यहि मङ्सिर १४ र १५ गते मेलम्चीमा हुनेभएको छ । वडा,नगर,प्रदेश र क्षेत्रीय अधिवेशन सकेको काँग्रेसले जिल्ला अधिवेशन मेलम्चीमा गर्ने भएको पार्टी सभापति विकास लामाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । लामाले सदरमुकाम चौतारामा ब्यबस्थापनमा समस्या हुने भएकाले मेलम्चीमा गर्न लागिएको जानकारी दिनुभयो । उहाँले वडा,नगर,क्षेत्र तथा प्रदेश अधिवेशनमा सहयोग गर्नुहुने निर्वाचन अधिकृत ,शिक्षक एवम् पार्टी सुभचिन्तक हरुमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।...

सिन्धुपाल्चोकमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

ब्रेकिङ न्युज १, समाचार
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चौतारामा पनि सुरु गरिएको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो बर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । दिवसको अवसरमा विभिन्न संघ, सस्था, सरकारी कार्यालयहरुको आयोजनामा बिहीवार चौतारा नगरपालिका टुडिखेलबाट निस्किएको ¥यालीले मुख्य बजार परिक्रमा गदै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गरेको छ । ¥यालीमा सहभागीहरुले घरेलु हिंसाको अन्त्य गरौं ,हिंसा रहित समाजको निर्माण गरौं ,महिला हिंसा विरुद्धको अभियानमा एकजुट हौं ,छोराछोरी बराबरी,महिला कुट्नु अपराध हो ,खुलेर छोरी विभेद रोकौँ लगाएतका नारा लेखिएका प्लेकार्ड बोकेर बजार परिक्रमा गरेका थिए । ¥यालीमा चौतारा नगरपालिकका उपप्रमुख , जिल्ला प्रसाशन प्रमुख , प्रहरी प्रमुख , सामाजिक संघसस्थाहरु साथै पत्रकारहरुको सहभागिता रहेको थियो । यो दिवस हरेक वर...

प्रेस सेन्टर सिन्धुपाल्चोकको अध्यक्षमा दुलाल

समाचार
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनले दिनेश दुलालको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको छ ।कार्यसमितीको बरिष्ठ उपाध्यक्षमा दिपक खत्री, समावेशी उपाध्यक्षमा अश्मी स्याङतान, सचिवमा सुन्दर शिरिष, सह– सचिवमा अर्जुन शर्मा र सम्झना कार्की, कोषाध्यक्षमा निर्मल वस्नेत चयन हुनुभएको छ । सदस्यहरुमा भने रश्मी खत्री, राजेन्द्र रानामगर, सुप्रिन्स कसजु, कल्पना श्रेष्ठ, दुर्गा श्रेष्ठ, मोनिका विक, निर्मल माझी, सुमित्रा श्रेष्ठ, स्वस्तिका सापकोटा र बासुदेव गिरी चयन हुनुभएको छ । अधिवेशनले सुरेश कसजु, जीवन श्रेष्ठ, विदुर गिरी र टीका दाहाललाई केन्द्रीय प्रतिनिधीमा छनोट गरेको छ । त्यसैगरी प्रदेश प्रतिनिधीहरुमा अशोक पराजुली, केदार माझी, लालकाजी तामाङ, रमेश पराजुली, चन्द्रकला खत्री र बुद्धीप्रसाद आचार्य छनोट हुनुभएको छ । अधिवेशनले सुरेश कसजुकको सँयोजकत्वमा जिवन श्रेष्ठ ...

चौतारामा सातौ उघोग दिबस मनाईयो

बिजनेस, ब्रेकिङ न्युज १
नेत्रबहादुर बस्नेत घरेलु तथा साना उघोग कार्यालय चौताराको आयाजनामा स्वदेशी उघम र उत्पादन दिगो अ‍ौधोगिक पुर्नउत्थानको नारा सहित सातौ उघोग दिबस मनाईएको छ । उघोग दिबसको अबसरमा घरेलु तथा साना उद्योग कार्यालयका उधोग अधिकृत रामशरण गौतमले उघोगिहरुलाई प्रोत्साहन दिनु र उपभोक्ता हरुको हित र सँरक्षण एवम उपभोक्ता सँरक्षणका लागी उपभोक्ता हरु पनि सचेत रहन जरुरी देखिएको बताउनुभयो । उहाँले सामान खरिद गर्दा बिल लिनु पर्ने र बिल अनुसार सामान छ कि छै तौल कति छ हेर्न पनी उपभोक्ताहरु सचेत हुनपर्ने बताउनुभयो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले उद्योग गर्ने उद्योगिहरुको आफ्नै समस्या रहेको बताउँदै जस्तोसुकै समस्या भएपनि उपभोक्तालाई सहज हुने काम गर्नुपर्ने बताउनुभयो । श्रेष्ठले उद्योग गर्दा नाफामुलक र उत्पादनमुलक हुनुपर्ने बताउनुभयो । उहाले सकेसम्म तत्काल न...