सम्पर्क

Author: लोकप्रिय समाचार

मतदाता परिचयपत्रमा नागरिक समाजको ध्यानाकर्षण

ब्रेकिङ न्युज १, समाचार
हराएका मतदाता परिचय पत्र सम्बन्धी निर्वाचन आयोगले गरेको पछिल्लो व्यवस्था त्रुटीपुर्ण छ भन्दै नागरिक समाज सञ्जाल सिन्धुपाल्चोकले जिल्ला प्रशासन मार्फत निर्वाचन आयोगलाई सोमबार ज्ञापन पत्र बुझाएको छ । जिल्लामा क्रियाशिल नागरिक समाजका प्रातिनिधि संस्थाहरुले संयुक्तरुपमा हस्ताक्षर गरि उक्त ज्ञापन पत्र बुझाइएको हो । नागरिक समाज संञ्जालको संयोजक तथा गैरसरकारी संस्था सिन्धुपाल्चोकका अध्यक्ष गोविन्द सापकोटाको नेतृत्वमा गएका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाललाई उक्त ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्र बुभ्mदै प्रामुख जिल्ला अधीकारी खनालले यो महत्वपुर्ण विषयमा नागरिक समाजको यो कदम प्रसंशनिय रहेका बताउनु भयो । यसबारे सबै क्षेत्रको प्रयाप्त दवाव रहनुपर्ने समेत बताउनु भयो । यसै क्रममा नागरिक समाज सञ्जालका संयोजक गोविन्द प्रसाद सापकोटाले यस बारेमा नागरिक समाजका प्रतिनिधिहरुको मात्रै होइन यस ...

सिन्धुपाल्चोक कांग्रेस सभापतिमा बस्नेतको समूहबाट डा. प्रेमध्वज लामाको उम्मेदवारी

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरुमा अधिवेशन धमाधम भइरहेको छ । त्यसमध्ये बाँकी रहेको जिल्ला सिन्धुपाल्चोकमा आगामी फागुन २७ र २८ गते अधिवेशन हुँदैछ । सो क्रममा सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गर्नुभएको छ । पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा आउनुभएका लामाको संस्थापनबाट उम्मेदवारी दिन लाग्नुभएको हो । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँलगायत नेताहरु डा. लामाको पक्षमा देखिएका छन् । २०२६ माघ २६ मा जन्मिनुभएका लामा २०४३ सालदेखि नै नेविसंघको सदस्यता लिनुभएको थियो । २०४६ को जनआन्दोलनमा सक्रिय सहभागी हुनुभएको उहाँ २०४७ मा नेविसंघको स...

सिन्धुपाल्चोकमा वंश दाई जित्नुहुन्छ, उहाँले मात्र जिल्ला हाँक्न सक्नुहुन्छ ः गगन थापा

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतीमा वंशलाल तामाङको सानदार बिजय हुने बताउनुभएको छ । सिन्धुपाल्चोक जिल्ला हांक्न सक्ने एक मात्र उमेदवार वंशलाल तामाङ भएको थापाले बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित, नेपाली कांग्रेस १४औं जिल्ला अधिवेशन, सुदृढ संगठन गतिशील नेतृत्व बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले उक्त कुरा बताउनुभएको हो । ’वंशलाल दाइको बिजयले समग्र सिन्धुपाल्चोक लाई स्थानिय चुनावमा नेपाली कांग्रेस लाई बिजय गराउन सफल हुने बताउँदै महामन्त्री थापाले तामाङको नेतृत्व बिजय भएको खण्डमा मात्रै स्थानिय चुनावमा कांग्रेस पहिलो हुने धारणा राख्नुभयो । महामन्त्री थापाले वैशाख ३० मा हुने निर्वाचनमा नेपाली कांग्रेससँग हार्न एमाले तयार भए हुने समेत बताउनुभयो । वैशाख ३० गते घोषणा गरिएको न...

८० प्रतिशत सकियो मेलम्ची मुहानको मर्मत

ब्रेकिङ न्युज २, समाचार
२०७७ गते असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ८० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायी रुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी वितरण विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुँगा विष्फोट गराएर नदी सफाइ गर्ने काम ८० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायी रुपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको समेत पन्तले जानकारी दिनुभयो । गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरु भएको छ, बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्नेगरी तयारी थालिएको उहाँले बताउनुभयो । मुहानमा खसेका ढुँगा माटो सफाइको काम सकिएक...

एमाले छाड्नुभएका गाउँपालिका अध्यक्ष कांग्रेस प्रवेश गर्दै

ब्रेकिङ न्युज १, राजनिती
नेकपा एमाले परित्याग गर्नुभएका सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गर्दै हुनुहुन्छ । क्षेत्रीसहित उहाँका भाइ व्यावसायी कृष्ण क्षेत्री पनि आज कांग्रेस प्रवेश गर्न लाग्नुभएको हो । एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै क्षेत्रीले चौतारामा पत्रकार सम्मेलन गर्दै केही समयअघि नेकपा एमाले छाडेको घोषणा गर्नुभएको थियो । क्षेत्री एमाले जिल्ला अध्यक्षका दाबेदार हुनुहुन्थ्यो । जिल्ला अध्यक्षमा यसअघिका सचिव कमल नेपाल चुनिएपछि क्षेत्रीले एमाले छाड्ने घोषणा गर्नुभएको हो । लामो समयदेखि एमालेका विभिन्न कमिटीमा रहेर काम गर्नुभएका क्षेत्री २०७४ सालको निर्वाचनमा बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । सिन्धुपाल्चोकका अर्का नेता सुवास कर्माचार्य पनि एमाले केन्द्रीय सदस्य हुन नपाएपछि नेकपा एसमा लाग्नुभएको छ ।...

नेकपा (एकिकृत समाजबादी ) बलेफीको अध्यक्षमा थापा

राजनिती
नेकपा (एकिकृत समाजबादी ) बलेफी गाउंपालिकाको अध्यक्षमा डि. बि. थापा निर्विरोध निर्वाचित हुनुभएको छ । नेकपा (एकिकृत समाजबादी ) पार्टीका केन्द्रीय अध्यक्ष तथा पुर्ब प्रधान मन्त्री माधब कुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्य समिती समेत निर्माण गरेको छ । त्यसैगरी युवा संघमा बिनोद तामाडको अध्यक्षतामा ३५ सदस्यीय कमिटि तथा अनेम संघ कमरेड छत्र कुमारी नेपालको अध्यक्षतामा २५ सदस्यीय कमिटि गठन भएको छ । भेलालाई सम्बोधन गर्दै केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई इण्डोप्यासिफिक रणनीतिको अंग बनाएर सिध्याउने काम गरेको तर आफूहरुले बचाएको दावी समेत गर्नुभयो ।...

मेलम्चीमा ७१ जनाले गरे रक्तदान

ब्रेकिङ न्युज १, स्वास्थ्य
मेलम्चीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन । सिन्धु विकास बैंक मेलम्ची शाखाको आयोजनामा आईतबार भएको कार्यक्रममा सर्वसाधारण, प्रहरी, कर्मचारी, व्यवसायी लगायत ७१ जनाले रक्तदान गरेका हुन । नेपाल रेडक्रस सोसाईटि सिन्धुपाल्चोक, भक्तपुर रक्त संञ्चार सेवाको समन्वय तथा प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको सिन्धु विकास बैंक मेलम्चीका प्रवन्धक सिताराम दुलालले जानकारी दिनुभयो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएकोमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको दुलालले जानकारी दिनुभयो ।  ...

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा दोर्जे लामाले पनि उम्मेदवारी दिने

ब्रेकिङ न्युज २, राजनिती
नेपाली कांग्रेसकोे सिन्धुपाल्चोकको सभापतिमा नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्षसमेत रहनुभएका दोर्जे लामाले पनी उम्मेदवारी दिने बताउनुभएको छ । लामा सिन्धुपाल्चोक जिल्लामा राजनीतिका साथै सामाजिक कार्यमा समेत क्रियाशिल हुनुहुन्छ । लामा तरूण दललाई जिल्लामा उत्कृष्ट नेतृत्व दिन सफल भएका प्रभावशाली युवा नेताका रुपमा समेत परिचित हुनुहुन्छ । लामाले अधिवेशन नजिकिदै जाँदा सभापतिको उम्मेदवारको रुपमो प्रचार प्रसारलाई तीब्र बनाउनुभएको छ । लामाले सिन्धुपाल्चोकमा नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर आगामी चुनावमा युवालाई परिचालन गर्दै तीनै तहको चुनावमा पार्टीलाई सशक्त रुपमा अगाडी बढाउने उदेश्य बोकेर जिल्ला सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो । सभापतिका दावेदार इन्द्रावती गाउँपालिका अध्यक्ष बंशलाल तामाङ र दोर्जेलाई संस्थापन ईतर समूहका नेतका रुपमा जिल्लामा चिनिन्छ । सँस्थापन समुहबाट भने जँगवहादुर लामा र प्...

खेलकुदमा गरेको लगानी अपुग– पुर्व मन्त्री बस्नेत

खेलकुद, ब्रेकिङ न्युज १
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले खेलकुद बिकासका लागि तीनै तहका सरकारको खेलकुदमा गरेको लगानी अपुग भएको बताउनुभएको छ । शनिबार रुपन्देहीमा भएको कन्चन गोल्ड कप–२०७८ को फाइनल खेललाई सम्बोधन गर्दे बस्नेतले खेलकुदमा तीनै तहका सरकारले उचित ध्यान दिन आग्रह गर्नुभएको छ । राज्यले समग्र खेल क्षेत्रमा प्रर्याप्त बजेट बिनियोजन गरी खेलकुदमा ब्यबसायीकरण गर्नु पर्ने पूर्व मन्त्री बस्नेतले जानकारी दिनुभयो । खेलकुदका लागि खेल मैदानका साथै पूर्वाधार निमार्णमा केन्द्रीय, प्रदेश र स्थानीय सरकार प्राथमिकताका साथ लाग्न पनि उहाँले आग्रह गर्नुभयो । खेलकुदले नै मुलुकलाई बिश्वमा चिनाउने हुदाँ सरकार यसतर्फ जिम्मेवार भएर लाग्नु पर्नेमा बस्नेतको जोड छ । नेपाली काँग्रेस खेलकुद बिभाग प्रमुख समेत रहेका बस्नेतले आफूले सिन्धुपाल्चोक र अन्य जिल्लामा सबै खेल क्षेत्रका लागि प...

चुनावको मुखमा योजना बोकेर गाउँ छिरे प्रदेश सांसद

ब्रेकिङ न्युज २, समाचार
गाउँ–शहरमा स्थानीय तह निर्वाचनको माहोल सुरु भयो । सरकारले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेपछि दल दर्ता सकिएको छ भने मतदाता नामावलीमा भएका त्रुटी सच्याउने अवधि चलिरहेको छ । राजनीतिक दलहरुले पनि चुनाव लक्षित संगठनात्मक कार्यक्रम चलाउन थालेका छन् । यही बेला प्रदेश सांसदहरु भने ‘निर्वाचन क्षेत्र विकास’ को बजेट बोकेर गाउँ–नगरमा पसेका छन् । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकबाट प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमको बजेट निकासा दिने निर्णय गरेको छ । ‘सांसद विकास कोष’को नाम बदलेर ‘प्रदेश पूर्वाधार विकास कार्यक्रम’ बनाएपछि सांसदहरुका लागि बजेट दिन लागिएको हो । बाग्मतीले वर्षमा २ अर्ब ४२ करोड रुपैयाँ यो कार्यक्रमका नाममा खर्चन्छ । प्रत्यक्ष निर्वाचितलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ दिइन्छ । संसदहरुले बजेटको ५० प्रतिशत भौतिक पूर्वाधार, ३० प्रतिशत शिक्षा र २० प्रतिशत स्वा...