सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङले अब माओवादी जनजातीको पार्टी नरहेको बताएउँनुभएको छ।
माओवादी जनजातीको पार्टी नरहेकोलेनै आफुले माओवादी छोडेर एमालेलाई समर्थन गर्न लागेको बताउँनाु भयो । उाहाले एमालेले जनजाती लगाएत सबै लाइ समाबेशी ढङ्गले प्तिनिधीत्व गराएकोले एमालेलाइ समर्थन गरेको स्पक्ष्ट पार्नु भयो।
एमालेको केन्द्रिय समितिमा सिन्धुपाल्चोकबाट ४ जनामा २ जना तामाङ समुदायको र २ जना खस आर्य समुदाय भएको तर माओवादीको केन्द्रिय समितिमा ८ जना रहेकोमा सबै खसआर्यबाट मात्रै रहेको उदाहरण दिनुहुँदै माओबादी जनजातीको पाटी नभएको बताउँनु भयो ।
जनजातीको सवालमा माओवादी भन्दा एमालेको धारणा, हेराइ उपयुुक्त रहेको बताएका छन । साथै केन्द्रिय समितिको पदाधिकारी चयनकोमा पनि जनजाती, दलितकोको सहभागिता अत्यन्तै न्यून रहेकोले पनि माओवादी केन्द्र जनजातिको पार्टी नरहेको पुष्टि हुने बताउँनु भयो । माओवादी भित्र बिना पेशा नव धनाढ्य रहेको, पदको निम्ति जस्तोसुकै हर्कत गर्ने, सत्ताको निम्ति जस्तोसुकै राष्ट्रघात गर्ने गरेकोले आफुले माओवादी छोडेको बताउँदै नाकाबन्दीको बेला देखि एमाले माओवादी भन्दा बढी राष्ट्रवादी रहेको स्पष्ट पार्नु भयो । नाकाबन्दीको सामना, चुच्चे नक्सा प्रकाशन, चीन सङ्गको पारबहन सम्झौता , आदि बिषयले एमाले प्रती आफू आकर्षित भएको बताउँदै तामाङ्गले एमालेले ४८–४९ सालदेखि नै शान्तिपुर्ण प्रतिस्पर्धालाई स्वीकार गरेको तर माओवादी एमालेको लाइनमा १५ बर्ष पछि अर्थात ६३ सालबाट मात्रै आएको र एमालेकै बाटोमा आउनु थियो, काङ्ग्रेस सङ्ग यतिधेरै लम्पसार पर्नु थियो भने ५२ सालदेखी युद्ध किन गरेको ? उहाँको प्रश्न रहेको छ ।
माओवादी ले सबै गरिब जनताको जीवनमा परिवर्तन ल्याउन लडेको भनिएपनी सिमित नेताहरुको जीवनमा मात्रै परिवर्तन आएको तर आम जनसमुदायको जीवनमा कुनै परिवर्तन नआएको ,जुन वर्गको विरुद्ध २०५२ सालमा लडाइ लडियो अहिले माओवादी त्यही बर्गको पुच्छर भएर राष्ट्रघाती काम गर्दै आएको आरोप समेत तामाङ्गले लगाउँनु भयो ।
उँहाले एमसीसी पास, नागरिकता बिधेयक पास जस्ता राष्ट्रघात माओवादीले सत्तामा टिकिरहन गरेको पनि उहाँले बताउँनु भयो । राजनीतिक रूपमानै माओवादी बिचलित भएकोले माओवादी छोडेकोबताउँदै कतिपय संचरमाध्यमहरुले पद नपाएर, एकपक्षले हेपेको पेलेकोले अमानसिंले माओवादी छोडेको भन्ने कुरालाइ अस्वीकार गर्दै आफुले माओवादी छोड्नुमा र एमालेमा लाग्नुमा कुनै पदको सवाल नरहेको बताउँनु भयो । उँहाले एका मैले ३८ बर्ष दुःख गरेको पार्टीले त केही दिएन, केही भएन ३८ मिनेट पनि कुनै दुःख नगरेको पार्टीले केहि दिन्छ भन्ने छैन भन्नु भयो ।
