जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले २० बर्ष कैद सजाय भएको फरार अपराधी पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालत सिन्धुपाल्चोक मिति ०७३ साल जेठ १७ गतेको फैसलाले वहुविवाह मुद्दामा १ वर्ष कैद र रु ५०००।–(पाँच हजार) जरिवाना भई फरार रहेको मुद्धामा २० बर्ष कैद सजाय भई हाल सम्म फरार सुचीमा रहेको सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गा.पा.५ बस्ने फुर्पा तामाङको कान्छी श्रीमती वर्ष २७ कि मिरा भन्ने निर माया तामाङलाइ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ । फैसला कार्यान्वयनको लागी सिन्धुपाल्चोक जिल्ला अदालत सिन्धुपाल्चोकबाट पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो । यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ का रामकृष्ण भन्ने टिकादत्त दुलाल २० वर्षपछि पक्राउ परेका छन् । फैसला कार्यान्वयन अन्तर्गत सिन्धुपाल्चोक जिल्ला अदालतबाट मिति २०५९ जेठ २ गतेको फैसलाले वहुविवाह मुद्दामा १ महिना कैद र एक हजार रूपैयाँ जरिवाना सजाँय भई फरार रहेका थिए । दुलाललाई प्रहरी टोलीले मिति २०७९ भदौ ३ गते पक्राउ गरि अदालतबाट कैद जरिवाना असुलका लागि जिल्ला कारागार चौतारा चलान गरीएको लामिछानेले बताउनुभयो ।
