मिडिया काउन्सिल बिधेयकका सम्बन्धमा भन्नैपर्ने केही कुरा
डा. केशव देवकोटा
नेकां र माओवादी केन्द्रसहितको बर्तमान सरकारले आगामी मंसिर चारगतेका लागि आफैले निर्वाचनको मिति घोषणा गरेर आफूलाई काम चलाउ बनाइसकेको अवस्थामा देशलाई दीर्घकालीनरुपले असर गर्ने ऐन कानून बनाउन र बिभिन्न निर्णयहरुगर्न सक्रिय रहेको देखिएको छ । जसले जनमानस र राजनीतिक क्षेत्रमासमेत राम्रो सन्देश दिइरहेको छैन । यो लोकतन्त्रको विश्वब्यापि मूल्य, मान्यता र आदर्श बिपरितको कुरा हो । सरकारमा बस्नेहरुले आफ्ना काम, कर्तब्य र अधिकारहरुलाई नजरअन्दाज गरेपनि अरुले त्यसप्रति ध्यान केन्द्रित गरिरहेका छन् । जसको फैसला आगामी चुनावमा नेपाली जनताले गर्ने कुरा हुन्छ । बर्तमान सरकारले चालेकामध्येको पछिल्लो कदम मिडिया काउन्सिल बिधेयक संसदबाट पारित गराउने कुरा रहेको छ । नेपालको संविधान २०७२ ले प्रस्तावनामै ‘पूर्ण प्रेस स्वतन्त्रता’ प्रत्याभूत गरेकाले जुनसुकै नाम दिएर प्रेससँग सम्बन्धित ऐन कानून र संघसं...
