सम्पर्क

Author: लोकप्रिय समाचार

राजोनिवृत्तिबारे सचेतना, महिला स्वास्थ्य र समुदायस्तरीय योजना निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न

राजोनिवृत्तिबारे सचेतना, महिला स्वास्थ्य र समुदायस्तरीय योजना निर्माणसम्बन्धी कार्यक्रम सम्पन्न

खेलकुद, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
 सुनकोशी–६ थुम्पाखरमा महिलाको स्वास्थ्यसँग जोडिएको महत्वपूर्ण विषय ‘राजोनिवृत्ति (Menopause)’ सम्बन्धी सचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण महिला सिर्जनशील परिवार (GMSP) को आयोजनामा २०८३ भदौ ९ गते (२५ अगस्ट २०२६) सुनकोशी गाउँपालिका–७, थुम्पाखरमा ‘राजोनिवृत्ति (Menopause) सवालमा अभिमुखीकरण तथा सशक्तीकरण कार्यक्रम’ सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन तथा संयोजन कार्यक्रम संयोजक टीका देवी थापाले गर्नुभएको थियो। कार्यक्रमको सभाध्यक्षता ग्रामीण महिला सिर्जनशील परिवार (GMSP) कार्यसमिति सदस्य तथा निवर्तमान अध्यक्ष जयन्ती खड्काले गर्नुभएको थियो भने सुनकोशी गाउँपालिकाका वडा अध्यक्ष चक्रबहादुर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा थुम्पाखर स्वास्थ्य चौकीकी प्रमुख जुली आले र GMSP की टीका देवी थापाले सहजीकरण गर्नुभएको थियो।  राजोनिवृत्ति के हो? कार्यक्रममा महिल...
तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढीआयो सतर्कता अपनाउँन अनुरोध

तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढीआयो सतर्कता अपनाउँन अनुरोध

खानेपानी, जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
चीनको स्वशाषित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूलीमा ठूलो बाढी आएको जनाउँदै जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको बाढी पूर्वानुमान शाखाले रसुवा र नुवाकोटका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गर्दै तटीय क्षेत्रम जोखिम बढेको बताएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले “बाढी मुङ्लिनसम्म पुग्न सक्ने भएकाले नुवाकोट, धादिङ र चितवनका तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक छ । विशेषगरी पृथ्वी राजमार्गलगायत नदी तटीय क्षेत्रमा पर्ने सडकमा आवतजावत बन्द गर्न आवश्यक छ,” भन्नुभयो । बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ९ः१५ बजे तिब्बततर्फबाट आएको ठूलो बाढी भोटेकोसीमा प्रवेश गरेको हो । यस सँगै बाढीको प्रभाव त्रिशूली नदीमा समेत पर्न सक्ने भएकाले मुग्लिनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकोहो ।यसैबीच, ...
श्री मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सार्वजनिक सुनुवाइ गर्दै

श्री मुनलाइट हाइड्रोपावर कम्पनी लिमिटेडले सार्वजनिक सुनुवाइ गर्दै

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
बागमती प्रदेश अन्तर्गतको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा बलेफी ए जलविद्युत आयोजना(पाङताङ सबस्टेसन ३३ के.भी. विद्युत प्रसारण लाइन आयोजना निर्माणको प्रस्ताव गरि काम हुने भएको छ। भदौ १७ गते वडा नं ४को थापाडाँडामा बिहान १०बजे सार्वजनकि सुनुवाइ हुने भएको छ। करिब ९ किलोमिटर लम्बाई भएको ३३ के.भी. क्षमताको डबल सर्किट विद्युत प्रसारण लाइन जुगल गाउँपालिका वडा नं. १ मा अवस्थित बलेफी ए जलविद्युत आयोजनाको स्विचयार्डबाट सुरु भई वडा नं. ५ हुँदै सोही गाउँपालिकाको वडा नं. ४ मा रहेको नेपाल विद्युत प्राधिकरणको पाङताङ सबस्टेसनमा पुगेर टुंगिने भएको छ । वातावरणीय अध्ययन प्रतिवेदन तयारीको सिलसिलामा प्रस्तावको कार्यान्वयनबाट प्रभावित हुने क्षेत्रमा प्रस्तावको बारेमा सार्वजनिक सुनुवाईको आयोजना गरी राय सुझाव संकलन गर्न का लागी सार्वजनीक सुनुवाइ गर्ने भएको छ । आयोजनाले स्थानीय समुदाय लगायत सबै सरोकारवालाहरु...
देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा

देशभर मनसुनी वायुको प्रभाव सक्रिय : मौसम पूर्वानुमान महाशाखा

ब्रेकिङ न्युज १, विचार, समाचार
काठमाडौँ, ९ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यमम्मको वर्षा भइरहेको छ । महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा ...
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मकवानपुर, ८ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले निवेदकका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मुख्यमन्त्रीविरुद्ध उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर भएका दुई छुट्टाछुट्टै रिटमा न्यायाधीश वविता उप्रेतीको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले मुख्यमन्त्री नियुक्तिविरुद्ध छुट्टाछुट्टै रूपमा दायर गर्नुभएको उत्प्रेषण तथा परमादेशसम्बन्धी रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश उप्रेतीको एकल इजलासले यस्तो आदेश गरेको हेटौँडा इजलासका उपरजिष्ट्रार बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो । रिटमा प्रदेश प्रमुखको कार्यालय, बागमती प्रदेशलगायत विभिन्न निकाय र व्यक्तिलाई विपक्षी बनाइएको छ । निवेदकले माग ...
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

खानेपानी, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
काभ्रेपलाञ्चोक, ८ भदौः प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४ वर्षदेखि लगातार कन्यालाई देवीका रूपमा मान्दै पूजा गरिँदै आइएको छ । रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई ‘कन्या–पूजा’ नाम दिइएको यस परम्परालाई यस वर्ष पनि निरन्तरता दिन स्थानीय सनातन कन्या–पूजा प्रबन्ध समितिले तयारी थालिसकेको छ । ‘अमूर्त सांस्कृतिक–सम्पदा’ नामकरण गरी वर्षौँदेखि बनेपाली उक्त पूजामा जुट्दै आएका छन् । विसं १९५९ देखि सांस्कृतिक–सम्पदा जोगाउँदै आएकामा गर्व गर्छन् बनेपाली । यस वर्ष यही भदौ १९ गते पूजाको आयोजना गरिएको छ । परम्पराअनुसार बनेपाको पुरानो बजारमा वर्षैँपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दुई दिन पूजा गरिँदै आएको छ । नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा उक्त पूजा आयोजना गरिन्छ । पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार ५०० कन्या सहभागी हुने गर्दछन् । पछिल्ला वर्षमा यो...
राप्रपाको क्षेत्रीय अधिबेशन स्थगित ,प्रदेस सरकारको बिपक्षमा

राप्रपाको क्षेत्रीय अधिबेशन स्थगित ,प्रदेस सरकारको बिपक्षमा

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार
सिन्धुपानल्चोक जिल्लाको २ नै क्षेत्रीय अधिबेशन स्थगित भएको छ ।७गते ११ः३० देखि ६ः१० सम्म चलेकोले निर्वाचन मनोनयन देखि सर्वसम्मत वा निर्वाचन कार्यक्रम लगायतको बन्दसत्रको लागि समयाभाव भएका कारण अर्को सुचना प्रकाशित नहुन्जेल सम्मका लागि स्थगित भएको राप्रपा निर्बाचन कार्यलयले जनाएको छ । यसअघी राप्रपा अधिबेशनको उद्धघाटन कार्यक्ममा क्षेत्रीय अध्यक्ष तथा बागमती प्रदेश सभामा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले राप्रपा अनुशासीत र बिधी बिधानद्धारा चल्ने पाटी भएकाले पाटीको बिधान बिधी र काननु ठुलो हुने र पाटीमा ब्यक्ती ठुलो नहुाने बताउँनु हुँदै बागमती प्रदेसमा सरकारको बिपक्षमा रहन पाटीको निर्देशन भएकाले सोही अनसार गर्ने बताउँनु भयो । उाहाले भदौ ८ गतेका लागि निर्धारित बागमती प्रदेशका मुख्यमन्त्रीले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न, तटस्थ रहन वा अनुपस्थित रहन आफ्ना प्रदेशसभाका सांसदहरुलाई ह्विप ...