सम्पर्क

Author: लोकप्रिय समाचार

सालकलाई मकवानपुरको “गौरबको प्राणि” घोषणा गरिँदै

समाचार
बिश्वराम अधिकारी/मकवानपुर बिश्वमै दुर्लभ अवस्थामा रहेको वन्यजन्तु सालक (प्यांगोलिन) लाई मकवानपुर जिल्लाको “गौरबको प्राणि” घोषणा गरिने भएको छ । मकवानपुरको करीब हरेक क्षेत्रमा पाईने शान्त एवम् लजालू स्वभावको स्तनधारी जनावर सालकको संरक्षण गर्ने उदेश्यका साथ गौरबको प्राणिका रुपमा घोषणा गर्ने तयारी गरिएको हो । विश्वमै सालक प्रजातिहरू गम्भीर जोखिममा परेकाले संसारभर फेब्रुअरी महिनाको तेस्रो शनिबार सालक दिवस मनाइन्छ । यसै दिन पारेर आगामी फागुन ६ गते डिभिजन वन कार्यालय राप्तीको अगुवाईमा जिल्ला समन्वय समिति मकवानपुरको अभिभावकत्व एवम् स्थानीयतहहरुको व्यवस्थापकिय सहयोगमा गौरबको प्राणि घोषणा गर्न लागिएको डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले बताउनुभयो । अन्तराष्ट्रीय सालक दिवसका अवसरमा एक कार्यक्रमका विच सालकलाई जिल्लाको गौरबको प्राणिको रुपमा घोषणा गर्ने तयारी भएको उहाँले बताउनुभय...

सियाले खोलामा झोलुङ्गे पुल निर्माण हुने

ब्रेकिङ न्युज २, समाचार
सुनकोशी गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेको सियाले खोलामा झोलुङ्ग पुल निर्माण हुने भएको छ । विगत लामो समयदेखि वर्षामा पुल नहुदा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका दुवै वडाका स्थानीयलाई आवतजावत र खेतीपाती गर्न जान समस्या हुदै आएको थियो । सुनकोशी गाउँपालिका र स्थानीय झोलुङ्गे पुल कार्यक्रम मार्फत उक्त खोला माथी स्टील बिज्र निर्माण हुने भएपछि दुवै वडाका स्थानीय खुसी भएका छन् । चालु आर्थिक वर्ष भित्रै निर्माण सम्पन्न हुने झोलुङ्गे पुलको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले शिलन्यास गरेका छन् । सुनकोशी ३ को पुरानागाउँ र ४ को भिरकुले बस्ती जोड्ने पुल जम्मा ९६ मिटर लामो हुने सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । ५६ लाख ७८ हजार १३७ रुपियाँको लागतमा निर्माण हुने झोलुङ्गे पुलका लागि आवश्यक पर्ने स्टील पार्टसको १५ लाख ४७ हजार ४८५ रुपिया...

पुर्व मन्त्रि उप्रेतीको प्रतिमा बन्दै

राजनिती, समाचार
एकराज श्रेष्ठ/दोलालघाट जन्म देखि जिवन्त काल सम्म आफ्नो सोच हरु उधेश्य प्राप्तीको लागि अहोरात्र मिहिनेत गर्ने, आत्मा सन्तुष्टीको लागि निस्वार्थ रुपमा समाजको हितको निमित आफ्नो सम्पुर्ण जीवन जनतामा समर्पण गर्ने कुनै समय काभ्रेको बाघ भनेर चिनिने जिल्लाको राजनिती धरोहर कायम गर्ने निडर ब्यक्तित्वको रुपमा चिनिने पुर्व श्रमराज्य मन्त्रि गोबिन्द नाथ उप्रेतीको जिउदो छदै सम्मान गर्नु पर्छ भन्ने उद्देश्यका साथ प्रतिमा (शालिक) बनाउने अभियान दुलालेश्वर क्लवले चालेको छ । अरनिको यातात प्रा. लि का पुर्व अध्यक्ष एंव संस्थाका सल्लाहकार श्याम ब लामाबाट अभिप्रेरित भई उहाँबाट नै प्राप्त पच्चिस हजारबाट गरिएको शुरुवाती सहयोग हालसम्म दुई लाख भन्दा बढि जम्मा भई सकेको संस्थाका अध्यक्ष अष्ट बहादुर श्रेष्ठले संस्थाको २८ औ साधारणसभामा बताउनु भयो ।   कार्यक्रमको सभापतित्व गर्दै अनुमानित आठलाखमा तयार हुने उक्त प्रतिम...

शिक्षक भलिबलको उपाधी राजेश्वरीलाई

खेलकुद, ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
ईन्द्रावती गाउँपालिका भित्रका विद्यालयमा अध्यापन गराउने शिक्षकहरु बिच भएको पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी राजेश्वरी माध्यमिक विद्यालयले सिपापोखरेले जितेको छ । प्रतियोगितामा दोस्रो हुन सफल श्री ऐसेलुखर्क माध्यमिक विद्यालय भने तेस्रो हुन सफल इन्द्रावती –११ को श्री भिमेश्वरी माध्यमिक विद्यालयले कप,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथी पुर्व जिल्ला सभापति विकास लामा ,विशेष अतिथि पुर्व जिल्ला सचीव बिल बहादुर तामाङ लगायतले विजयी टिम सहित दोस्रो ,तेस्रो स्थान हासिल गरेको टिमलाई बधाई तथा शुभकामना दिनुभएको थियो । नेपाल शिक्षक संघ इन्द्रावती गाउँपालिकाको आयोजनामा शनिवार र आईतबार प्रतियोगिता भएको प्रतियोगितामा पालिका भित्रका बिभिन्न विद्यालयका ९ ओटा विद्यालयले सहभागीता जनाएको थियो । नेपाली कांग्रेस महासमिति सदस्य वशंलाल तामाङले शनिवार उद्घाटन गर्नुभएको थियो भने खेल ऐसे...

कागेश्वरी माबिले मनायो ७० औ वार्षिकोत्सव

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
पृथ्वीजंग पाण्डे /पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं.१ घर्थलीमा रहेको कागेश्वरी माबिले ७० औ वार्षिक उत्सव तथा अभिभावक दिवस सनिवार मनाएको छ।प्रमुख अतिथि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले वार्षिक उत्सव समारोहको उदघाटन गर्नुभएको थियो।उक्त कार्यक्रममा विद्यालयले विविध कार्यक्रम सहितको अभिभावक भेला सम्पन्न गरेको छ। कार्यक्रममा विद्यार्थीले मौलिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीहरुलाइ पुरस्कृत समेत गरिएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता नेपाल ,वडा न ६ का अध्यक्ष तथा पालिका प्रवक्ता रमेश बोहरा , वडा न १ को वडा अध्यक्ष सिताराम थापा ,शिक्षा शाखा प्रमुख सालिकराम घिमिरे वडा सदस्यहरु, चन्दादाता लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयको अक्षयकोषको ब्याजबाट प्राप्त रकमले विभिन्न बिधामा विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो।...

पुर्व सभापति थापाको पहलमा विद्यार्थीलाई छात्रवृत्ति वितरण

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे /बाह्रबिसे नेपाली काँग्रेसको पुर्व जिल्ला सभापति भुपेन्द्रबहादुर थापाको पहल र समन्वयमा बाह्रबिसे र त्रिपुरासुन्दरी गाउँ पालिकाको विभिन्न विद्यालयमा न्यानो कपडा ,झोला ,जुत्ता र स्टेशनरी सहिदको छात्रवृत्ति वितरण गर्नुभएको छ । लुथर वेलफेयर एसोसिएसनको सहयोगमा थापाले बाह्रबिसेको क्षमादेवी माध्यमिक विद्यालयमा ७२ जना विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति वितरण गर्नुभयो । बाह्रबिसेकै बाह्रदेबी आधारभुत विद्यालय,बागेश्वरी आधारभुत विद्यालय, नारायण आधारभुत विद्यालय, किलेश्वरी आधारभुत विद्यालय र बालुवाको गणेश आधारभुत विद्यालयमा गरि कुल ३१० जना विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको हो । त्यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका ४ पिस्करमा रहेकोे सेतिदेबी आबिमा अध्ययनरत ३० जना सीमान्तकृत थामी जातीका विद्यार्थीहरुलाइ शुक्रबार समाजसेवी देविराज श्रेष्ठ को समन्वयमा वडा अध्यक्ष टेकबहादुर गुभाजुको उप...

१२ वर्षदेखी फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
भ्रष्टचार मुद्दामा १२ वर्षअघि सजाय सुनाइएका उद्धव राज अर्याल पक्राउ परेका छन् । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ६ बस्ने वर्ष ४४ वर्षीय अर्याललाई फरार रहेको १२ वर्ष पछि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको हो । २०६७ मंसिर १४ गतेको फैसलाले भ्रष्टचार मुद्दामा कैद ६ महिना सजाय भई फरार रहेको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । शुक्रबार काठमाण्डौको दक्षिण ढोका स्थितबाट पक्राउ गरी सिन्धुपाल्चोक जिल्ला अदालतले कैद असुल उपरका लागी उनलाई जिल्ला कारागार चौतारा चलान गरेको बुढाथोकीले बताउनुभयो ।...

सोनाम ल्होछारमा सिन्धुपाल्चोकको तिन स्थानिय तहमा विदा

मनोरन्जन, समाचार
सिन्धुपाल्चोकका ३ वटा स्थानिय तहले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने भएका छन् । जिल्लाका लिसँखुपाखर गाउँपालिका, हेलम्बु गाउँपालीका र पाँचपोखरी थाङपाल गाउँपालिकाले सार्वजनिक बिदा दिने भएका हुन् । तामाङ जातिहरुको विशेष चाड २८५७ औं सोनाम ल्होछार पर्व ३ दिन सार्वजनिक बिदा दिने निर्णंय भएको सम्बन्धीत पालीकाले जनाएका छन् । तामाङ जातिको बाहुल्य क्षेत्र भएकाले आउँदो माघ ८,९ र १० गते सोनाम ल्होछार मनाउनका लागि भन्दैसार्वजनिक बिदा दिइएको हो । विदाको दिन गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु र विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । पाँचपोखरी थाउँपालिकाले सुचना जारी गर्दै गाउँपालिका मातहात रहेका पाँचपोखरी प्राथमिक अस्पतालका सबै,स्वास्थ्य चौकि,स्वास्थ्य ईकाईबाट प्रदान गरिदैं आएको अत्यावश्यक सेवा तथा प्रसुती सेवा निरन्तर प्रदान...

ज्ञान मन्दिर ४७ औँ वर्षमा

ब्रेकिङ न्युज २, समाचार
हिरा ठकुरी चौतारा साँगाचोकगढी नगरपालिका –७ मेलचौरमा रहेको ज्ञान मन्दिर नमुना माध्यमिक विद्यालयले ४७ औं बार्षिकोत्सव तथा २७ औँ अविभावक दिवस भब्य रुपमा मनाएको छ । वार्षिकोत्सबको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेश सभा सदस्य युवराज दुलालले गर्नुभएको हो । दुलालले विद्यालयका भौतिक संरचना लगायत अन्य क्षेत्र सुधारका लागि प्रदेश सरकारमार्फत आफ्नो पहलबाट सकेअनुसारको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा सम्बोधन गर्दै दुलालले विद्यालयको उन्नति र प्रगतिको लागि आफुले सक्दो पहल गर्ने जानकारी गराउनुभयो । कार्यक्रमका विशेष अतिथी चौतारा नगरका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सिता थापा, जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कृष्णप्रसाद सुवेदीले वार्षिकोत्सको सम्बोधन गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दँगालको सभापतित्वमा भएको कार...

जटिल रोगका बिरामीहरुलाई औषधी उपचारका लागि मासिक ५ हजार

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिले दिर्घरोगका बिरामीहरुका लागि औषधी उपचारमा सहयोग गर्ने उदेश्यले मासिक ५ हजार दिन सुरु गरेको छ । नेपाल सरकारले यी चार रोगका बिरामीहरुलाई उपचारमा सहयोग गर्ने उदेश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय सरकारहरुलाई अनुरोध गरेको थियो । मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ अनुसार सुनकोशी गाउँपालिकाले ३८ जना यो सँग सम्बन्धी बिरामीहरुलाई ६ महिनाको ३० हजारका दरले सम्बन्धीत बिरामीको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । गाउँपालिकाले उक्त कार्यविधि अनुसार सार्वजनिक सूचना मार्फत सबैलाई निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणीत हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिएको गाउँपालिक...