शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रधानाध्यापकहरुसँग अन्तरक्रिया
शिक्षा बिकास तथा समन्वय ईकाई सिन्धुपाल्चोकको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जिल्लाको माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । शुक्रबार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा बहुमुखी क्याम्पसमा जिल्लाको माध्यामिक तहको प्रध्यानाध्यापकहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले शिक्षकले पढाउने कसरी भन्ने ध्यान हुन जरुरी भएको बताउनुभयो । उहाँले जिल्लाकोे सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै राम्रो भएकोमा खुशि व्यक्त गर्नु हुँदै प्रजिअ खनालले जिल्लाभित्र संचालित माध्यमिक विद्यालयले हालसम्म गर्दै आएका राम्रा अभ्यासहरुको प्रस्तुतीले थप उर्जा दिएको बताउनुभयो । साथै दीर्घकालिन योजना बनाएर शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढ्नुपर्ने धारणा समेत उँहाले व्यक्त गर्नुभयो । यसैगरी का...
