सम्पर्क

Author: लोकप्रिय समाचार

बलेफीमा बिशेष सभाको माग

#, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा –तामागं) सहीतका कार्यपालिका सदस्यहरुले बिशेस गाँउसभाको माग गरेका छन । पालिकाका उपाध्यक्ष लामाले विधीको शासनको पक्षमा संधै पहरेधार गर्नेछौं जनताले दिएको अभिमतको दुरुपयोग गर्न जो कसैलाई छुट छैन । तसर्थ विशेष गाउँसभा अधिवेशनको माग सहित हामी ४२ जना मध्ये ३७ जना गाउँसभा सदस्यहरुको एक्यवद्धता सहित निवेदन बलेफी गाउँकार्यपालिकाको कार्यालयमा पेश गरेका छौं भन्नु भएको छ ।    बिशेष सभा बोलाउँन का लागी पालीकामा निबेदन समेत दर्ता गरिएको छ । निबेदनमा आधारभुत तथा माध्यमिक शिक्षा सञ्चालन कार्यविधि २०७४ सम्बन्धमा, आ.व. २०७९÷८० को श्रोत सुनिश्चित नभई विनियोजित बजेट कार्यान्वयन गरिएको सम्बन्धमा, प्रकाशित भइसकेको र हुन बाँकी स्थानीय राजपत्र, करार कर्मचारी व्यवस्थापन, कार्यपालिका ÷ गाउँ सभा ÷ पालिका अध्यक्ष ÷ वडा अध्यक्ष ÷ वडा सदस्य ÷ कार्यपालिका सदस्य ...

बहुविवाह मुद्दाका फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज १, समाचार
बहुविवाहको मुद्दामा ८ वर्षदेखि फरार रहेको एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले बहुविवाह मुद्दामा दोषी ठहर गरी कैद भुक्तान तथा जरिवाना तोकेका एक फरार प्रतिवादीलाई चौताराबाट खटिएको प्रहरी टोलिले मंगलबार चौतारा बजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका वडा नं. ०२ बस्ने ३९ वर्षीय राम कुमार भन्ने ईन्द्र बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकको मिति २०७१ माघ २२ गतेको फैसला आदेशले बहुविवाह मुद्दामा भण्डारीलाई ११ महिना ११ दिन र जरिवाना रु.५,०००।– सजाय भई फरार रहेको थियो । निजलाई सिन्धुपाल्चोक जिल्ला अदालतमा पेश गरी अदालतको आदेशानुसार तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार चौतारा पठाइएको प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो ।...

नेबिसङ्घ ल क्याम्पस इकाइले गर्यो दिप प्रज्वलन

ब्रेकिङ न्युज २, समाचार
पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा नेबिसङ्घ ल क्याम्पस इकाई समितिले दिप प्रज्वलन गरेको छ । सोमबार काठमाडौंको ल क्याम्पसमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् । शोकसभामा इकाईका सभापति मुकेश सेन्चुरिले नेपालमा जहाज दुर्घटना नौलो नभयकाले यसमा सरकार गम्भिर हुनुपर्ने बताउनु भयो । सरकारले बिमान दुर्घटनामा कुनै चासो नदेखाएको समेत बताउनु भयो । दुर्घटनाका सम्बन्धमा र आगामि समयमा नेपालमा जहाज दुर्घटना न्यूनीकरणका लागि नेबिसङ्घ ल क्याम्पस इकाइले उक्त दिप प्रज्जवलन तथा शोकसभामा सरकार समक्ष आधा दर्जन मागहरु समेत राखेको छ । जसमा घटनाको उचित छानबिन गरि दोषीहरुलाई अधिकतम सजाय गरियोस् । नेपालका सबै विमानहरुको नियमित प्राबिधिक परिक्षण गरियोस् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक यथाशिघ्र पारित गरियोस् । .हवाई सुरक्षाकालागि अन्तरास्ट्रिय नागरिक उड्डयन प्राधिकरण(IC...

पत्रकार महासंघ बागमतीको साधरण सभा स्थगित

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिति २०७९ माघ ६ र ७ गतेको लागि दोलखाको जिरीमा तय भएको तेस्रो साधारणसभा अर्को निर्णय नभएसम्मको लागि स्थगित भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिकामहासचिब कृष्ण सारुमगरले बिज्ञेप्ती प्रकाशन गरी यस्तो जानकारी दिनु भएको हो ।जारी प्रेस विज्ञप्तीमानेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति स्तब्ध र मर्माहत भएको छ । मिति २०७९÷१०÷०१ गते बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको हो । पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले उ...

भोटेकोशी गाँउपालिकामा निशुल्क शिबीर

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकाकाले आफ्ना नागरिकका लागी निशुल्क स्वास्थ्य सेवा दिने भएको छ । पलिकाले माघ ३ र ४गते मार्मीगं स्वास्थ्य कार्यलय मार्फत निशुल्क स्वास्थ्य परिक्षण गर्न लागेको भक्त लामाले जानकारी दिनुभयो ।

यती एयरलाइन्सको विमान दुर्घटना ,आज सार्वजनीक बिदा

ब्रेकिङ न्युज १, समाचार
  आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको कारण देस शोकमय भएको छ । यस दुखद घढीमा सरकारलेसोमबार आज बिदा दिने नर्णय गरेको छ ।  

सिन्धु प्रअ समाजमा यादव

ब्रेकिङ न्युज २, समाचार
सिन्धु पाल्चोक जिल्ला सामुदायक बिद्यालयको प्रधानध्यपक हरुको भेलाले सिद्धीगणेश माध्यमिक बिद्यालयका प्रधानध्यापक राज कुमार यादवलाइ अध्यक्षमा निर्वाचित गर्दै आफ्नो सातौ अधिबेशन सम्पन्न गरेको छ । प्रअ समाजको सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्ष मा कुन्जरमणि भट्टराई ,सचिवमा बासु जि सि,सह–सचिव मा टंक पन्त ,कोषाध्यक्ष मा यम बहादुर ज्योती सदस्यहरुमा कृष्णप्रसाद घिमिरे , पूण्यप्रसाद गजुरेल कृष्ण खनाल राधे बन्जारा घनश्याम पौडेल देवी श्रेष्ठ बजिर सिंह भण्डारी कृष्णप्रसाद दंगाल धर्मदत्त सापकोटा चेतनाथ पराजुली मानबहादुर कार्की तिलक खत्री निर्वाचित हुनु भएको छ । शुक्रबार र शनीबार चौतारा बहुमुखी क्याम्पसमा भएको भेलाले काइृ समितीको निर्वाचन सम्पन्न गरेको हो । निर्वाचित भए पछी अध्यक्ष यादवले खाश गरी सामुदायक बिद्यालयहरुमा शिक्षा सिकाइका बारेमा प्रधानध्यापकहरुलाइ परेका समस्याका बारेमा समेत समाजले सहजीकरण गर्दै...

गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मलेखु, १ माघ (रासस) : माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् । विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ १ गते धादिङ, नुवाकोट र रसुवाको ठाउँठाउँमा गोरु जुधाइ मेला मनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने उद्देश्यले धादिङ जिल्लाका मैदीकोट, धुवाकोट, सल्यानटार, खाल्टेलगायत ऐतिहासिकस्थलमा गोरु जुधाइएको छ । सुरुका वर्षमा नेपाल पर्यटन बोर्डले चासोका साथ प्रचार थालेको गोरु जुधाइ मेलालाई अहिले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनको एउटा पाटोको रूपमा लिएको छ । धादिङ ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्याल भन्नुहुन्छ, “पर्यटन प्रवद्र्धनसँ...

यती एयरलाइन्सको विमान दुर्घटना

ब्रेकिङ न्युज १
आइतबार पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । उहाँका अनुसार अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलको बीचमा ९एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो ।सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खाँेचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ । पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको ...

बाह्रबिसे नगरपालिकाको १२ औ नगरसभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले आफ्नो १२ औ नगरसभा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न १२ औं नगरसभाले नगर बिकासका लागी बिभिन्न निर्णय हरु गरेको छ । नगर सभामा उपप्रमुख मन्जु तामाङले आर्थिक बर्ष २०७९।०८० को श्रावण देखि पौष २८ गतेसम्मको अर्धबार्षीक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख बालकृष्ण बस्नेतले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउनुभयो । विशेषगरी कृषि स्वास्थ्य, र शिक्षालाइ पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सुरु गरिरहेको समेत बताउनुभयो । नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिका उपप्रमुख मन्जु तामाङ प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी , ९ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, लगायतको सहभागीतामा रहेको थियो । कार्यक्रमको लोकप्रिय नेत्रज...