मेलम्चीमा बेलिब्रिज बन्ने, स्थानीयबासी हर्षित
सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा बेलिब्रिज निर्माण हुने भएको छ । मेलम्ची नदीमा बेलिब्रिज निमार्ण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । गत २०७८ साल असार १ गते आएको बाढीले पक्कि पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका थिए । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुनेगरेको स्थानीयले बताउनुभएका छन् । बुधबार नेपाली सेनाको प्राविधिक टोलिले प्रारम्भीक अध्ययन गरेको छ ।
चुनावका समयमा जेठ मशान्तभित्र बेलिब्रिज निमार्ण गर्ने प्रतिबद्धता गरे पनि केहि समय ढिलो गरेर बेलिब्रिज निमार्ण हुन लागेको बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ (समीर)ले जानकारी दिनुभयो । सांसद तामाङले अब बेलिब्रिज निमार्ण प्रक्रिया तत्काल अगाडी बढ्ने बताउनुभयो । यस भेगको समस्यालाई मध्यनजर गर्दै विगत धेरै लामो समयदेखिको प्रयास अब सफल हुन लागेको उहा...

